शुभद्रा मदन फाउण्डेशनको निम्तोमा प्रदेश १ प्रमुख खोटाङमा - Naya Online

शुभद्रा मदन फाउण्डेशनको निम्तोमा प्रदेश १ प्रमुख खोटाङमा

खोटाङ, ९ मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङको खोटाङ यात्राको क्रममा आज गाइघाट, कटारीमा भेटघाट र हलेसीको दर्शन गरेर दिक्तेलस्थीत शुभद्रा मदन फाउण्डेशनसम्म पुगेको छ ।

गाइघाटस्थीत जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवबाट छोटो भेटघाट कार्यक्रम भएको थियो । जिल्लाका सबै प्रमुखहरु र स्थानीय संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा परिचय आदानप्रदान गरिएको थियो । प्रदेश प्रमुख माननीय परशुराम खापुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट सलामी पनि अर्पण गरिएको थियो । यात्राको क्रममा गरिएको स्वागतलाई प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा प्रशंसा भएको थियो ।

जिल्ला प्रशासन कार्यालयको कार्यक्रमपश्चात चारदिन अगाडिमात्रै पुत्रशोकमा पर्नुभएका त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई समवेदना दिन प्रदेश प्रमुख खापुङ पुगेका थिए । मेयरका छोरा डा. मनोज चौधरीको पिकनिक खाइरहेको बेला चौडण्डीगढीस्थीत देवधार खोलामा पौडी खेल्दा डुबेर निधन भएको थियो । समवेदना प्रकट गर्दैै परिवारमा धैर्यधारण गर्न र मृतआत्माले शान्ति पावोस् भन्ने कामना गरेका थिए ।

उदयपुरको डम्पिङ साइटमा बनेको शान्ति बाटिका र त्रियुगा वैद्धिक गुरुकुलम्को प्रदेश प्रमुख खापुङद्वारा अवलोकन भएको छ । संस्कृतको पठनपाठन भइरहेको गुरुकुलम्मा विद्यार्थीहरुले मन्त्रोचरण गरेर स्वागत गरेका थिए ।

उदयपुरको कटारीमा शुभेच्छुकहरुसँग भेटघाटपश्चात खोटाङको हलेसीधाममा पुगेका थिए । हलेसीधाममा त्रिधार्मिक केन्द्र (बौद्ध, हिन्दू र किराँत)ले स्वागत तथा सम्मान गरेको थियो । त्रिधार्मिकले सबैलाई जोड्नसकेको प्रदेश प्रमुख खापुङले बताए।

मंसिर १० गते सुभद्रा मदन फाउण्डेशनले गर्ने कार्यक्रममा प्रदेश प्रमुख खापुङ सरिक हुने कार्यक्रम छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । कांग्रेस...

फेदापको ऐतिहासिकता र स्थानीय खाम्बोङबा लुङबोङबासाहरू

राजेन्द्र सुक्वाबा फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान...

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न साहित्यिक संस्था सक्रिय

काठमाडौँ, २३ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही मंसिर २५ गते आयोजना गर्न लागेको ३८...

गजल: बिमल खेवाछाली सुलभ

अति उत्तम बिचार तिम्रो, मान्छे मन परिसक्यो, कस्तो सुन्दर संस्कार तिम्रो, मान्छे मन परिसक्यो...

फेरि भेटौला कार्यक्रममा गाउपालिकाका दुई कर्मचारीको बिदाई

-पदम सुखी सम्बाहाम्फे कुम्मायक, ११ फागुन । कुम्मायक गाउपालिकाको कार्यलय प्रमुख प्रशासकीय अधिकृत गणेश...

ज्योति माविमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ हुने

मकवानपुर, ३ पुस । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं...

नोगेन लिम्बुको लिम्बु भाषाको जागृतिमुलक गीत सार्वजनिक

काठमाडौ, १८ मङ्सिरलिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार ...

शुभद्रा मदन फाउण्डेशनको निम्तोमा प्रदेश १ प्रमुख खोटाङमा

खोटाङ, ९ मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङको खोटाङ यात्राको...

यात्रा संस्मरण: माइली !

यात्रा, यात्रा भन्ने वित्तिकै कति मन तरङ्गित अनि रोमान्चित हुन्छ है ? कहिले विशेष...

प्रमिश तुम्खेवाको पहलमा मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई आर्थिक सहयोग

काठमाडौ, ११ असोज । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको...