कुम्मायक गाउँपालिकामा एकहप्ते मालपोत घुम्ती शिविर सञ्चालन हुँदै - Naya Online

कुम्मायक गाउँपालिकामा एकहप्ते मालपोत घुम्ती शिविर सञ्चालन हुँदै

पदमसुखी सम्बाहाम्फे
पाचथर, ७ मंसिर । कुम्मायक गाउँपालिकामा गत आइतबारदेखि जिल्ला मालपोत कार्यलयद्वारा एकहप्ते घुम्ती शिबिर सञ्चालन भइरहेको छ । उक्त शिविरमा अंशबण्डा, धनीपुर्जा बितरण, नामसारी, वकसपत्र, दृष्टिबन्धक, भोग बन्धकी, लिखित पारित जग्गा धनिको विवरण सम्बन्धि सम्पुर्ण सेवा सुबिधा नागरिकले पाएका छन् । सो शिविर गाउपालिकाको आर्थिक समन्वयमा र जिल्ला मालपोत कार्यलयको प्राबिधिक सहयोगमा मङ्सिर ५ गते देखी ११ गते सम्म संचालन हुने बताइएको छ ।

मालपोत कार्यलयले प्रबिधि युक्त घुम्ती शिबिर सेवा नेपालमै पहिलोपटक पाँचथर जिल्लाबाट सुरुवात गरिएको कुरा घुम्ती शिविरका अधिकृत बाबुराम पोखरेलले बताएका छन् । मालपोत कार्यलयमा पुग्न नसक्ने अशक्त, अपाङ्ग, वृद्ध आदि सेवाग्राहीलाई लक्षित गरि प्रबिधि युक्त प्रणाली र सिस्टमको सेवा सुबिधा गाउँस्तरमा दिइएको पनि पोखरेलको भनाइ छ । वहाँका अनुसार कार्यलयको भौतिक सुधार तथा जग्गा प्रशासन प्रक्रियालाई छोटो, छिटो र छरितो बनाउने साथै घुम्ती सेवा लिएर जनताको काम गर्दै शिविर संचालनबाट उल्लेखनीय राजस्व वृद्धिको पनि काम भएको जनाइएको छ । मालपोत असुली तथा घर कायम गर्दा लाग्ने दस्तुरले गाउँपालिकामा समेत राजस्व वृद्धि भएको आंकलन गरिएको छ ।

यसअघि जिल्लाको तुम्बेवा गाउँपालिकामा बर्षको १ लाख रुपैयाँ राजस्व नउठेको तर मालपोत घुम्ती शिविर सञ्चालनका क्रममा तुम्बेवा गाउँपालिकामा ३ लाख रुपैयाँ र मिक्लाजुङ गाउँपालिकामा १० लाख रुपैयासम्म उल्लेखनीय राजस्व वृद्धि भएको कुरा अधिकृत पोखरेलले नयाँ अनलाइनलाई जानकारी दिएका छन् । यसैगरी कुम्मायक गाउँपालिकामा एकिन तथ्यांक आइनसकेको तर सोचेभन्दा बढी राजस्व संकलनमा मालपोत घुम्ती शिविरबाट टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यो शिविरबाट थोरै खर्च र अधिक समयको सदुपयोग भइ नागरिकले प्रशस्तै लाभ लिन पाएको सेवाग्राहीहरु बताउछन् । नागरिकलाई फाइदा पुग्ने यस्ता घुम्ती शिबिरहरु समय समयमा सञ्चालन गरिरहने कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले नागरिकलाई प्रतिबद्धता जाहेर गर्नु भएको छ भने उपाध्यक्ष सीता आचार्य र वडा नं. १ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले पनि जनताको समस्याप्रति सबै जनप्रतिनिधिहरु उत्तरदायी बनेर काम गर्नुपर्ने बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँकार्य समितिको अधिवेशन

तेह्रथुम, ११ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँकार्य...

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङबाट शुभम ट्रेडिङ...

कुम्मायक गाउँपालिकामा एकहप्ते मालपोत घुम्ती शिविर सञ्चालन हुँदै

पदमसुखी सम्बाहाम्फे पाचथर, ७ मंसिर । कुम्मायक गाउँपालिकामा गत आइतबारदेखि जिल्ला मालपोत कार्यलयद्वारा एकहप्ते...

समाजवादी युवा संघ धरानको पुनर्गठन

धरान, ६ मंसिर । जनता समाजवादी पार्टी, नेपालको जनसङ्गठन समाजवादी युवा संघ धरान उपमहानगरको...

माओवादी केन्द्र, ताप्लेजुङ काठमाडौं सम्पर्क समितिको आठौ अधिवेशन सम्पन्न

काठमाडौं, ६ मंसिर । नेकपा माओवादी केन्द्र, ताप्लेजुङ काठमाडौं सम्पर्क समन्वय जिल्ला समितिको आठौ...

माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश संखुवासभा काठमाडौ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बसले  मोटरसाइकललाई क्कर दिँदा २३...

कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ मंसिर । कुम्मायक गाउँपालिकामा नेपाल नेत्रज्योती संघको ३ दिने...

खजुम समाज सेवाबाट मृत्यु राहत सहयोग प्रदान

-प्रकाश दिप्साली राई धनकुटा , ५ कात्तिक । धनकुटा चौविसे गाउँपालिका वडा नं. ८...

अजम्बरी अक्षरहरूमाथि चर्चा

पदमसुखी सम्बाहाम्फे पाचथर, ५ मंसिर । पाँचथरस्थीत फिदिममा शनिबार सरस्वती दुमी राई र मधुराज...