कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न - Naya Online

कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

पदम सुखी सम्बाहाम्फे

पाँचथर, ६ मंसिर । कुम्मायक गाउँपालिकामा नेपाल नेत्रज्योती संघको ३ दिने निशुःल्क आँखा शिविर आइतबार सम्पन्न भएको छ । कुम्मायक गाउपालिका र नेपाल नेत्रज्योती संघ जिल्ला शाखा ताप्लेजुङ सेवा फाउण्डेसनको आर्थिक साझेदारी सहआयोजनामा सो शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा २ सय ८८ जना आखाका बिरामीहरुको उपचार भएको र ती मध्ये मोतिबिन्दु लागेका २४ जना आखाका बिरामीहरुको आँखालाई शल्यक्रिया गरिएको कुरा दृष्टि विशेषज्ञ बसन्त लिम्बुले बताएका छन् ।

एक वर्षभन्दा बढी आफ्नो आँखाको दृष्टि बिग्रिएर बसेका कुम्मायक ३ सेपेनीका ७२ वर्षिय रघुनाथ चौलागाईं आँखाको अप्रेसनपछि राम्रोसँग आँखा देख्नसक्ने भएका छन् । यसैगरी कुम्मायक गाउपालिका वडा नं. ४ का ७४ बर्षिय लक्ष्मीप्रसाद सम्बाहाम्फे र अर्का आसारीमाया सम्बाहाम्फे पनि अप्रेसनपछि स्पष्ट राम्रोसँग आँखा देख्न थालेपछि कुम्मायक गाउपालिका र नेत्रज्योती संघको यो आयोजनाप्रति खुशी हुँदै आभार व्यक्त गरेका छन् ।

मङ्सिर २ गते देखि ४ गतेसम्म संचालन भएको निशुःल्क आँखा शिबिरबाट सबै आँखाका बिरामीहरु लाभान्वित भएको भन्दै नागरिक समाज बिद्विजिवि सरोकारवालाले पनि स्थानीय सरकारको यो कदमप्रति प्रशंसा गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

युकेका खुशी लिम्बु बने ग्लोबल युथ लिडरसिप अवार्डको विजेता

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका महासचिव खुसी लिम्बु यस वर्षको ग्लोबल युथ...

लैङ्गिक हिंसाविरुद्ध कुम्मायक गाउँपालिकामा १६ दिने अभियान कार्यक्रम हुँदै

पदमसुखी सम्बाहाम्फे पाँचथर, १० मंसिर । कुम्मायक गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान...

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङबाट शुभम ट्रेडिङ...

‘वर्तमान सन्दर्भमा मानवतावादको महत्त्व’सम्बन्धी विचार–गोष्ठी सम्पन्न

काठमाडौँ, ९ मङ्सिर । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस–२०२१ का अवसरमा बिहीबार...

माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश संखुवासभा काठमाडौ...

मृत अवस्थामा ४ फेला

काठमाडौं, ६ मंसिर । सोलुखुम्बु, खुम्बुपासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ बस्ने ४२ वर्षीय पासाङ छिरी शेर्पा...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बसले  मोटरसाइकललाई क्कर दिँदा २३...

कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ मंसिर । कुम्मायक गाउँपालिकामा नेपाल नेत्रज्योती संघको ३ दिने...

परिवार दलको महाधिवेसन सफल बनाउन आव्हान गदै पिस फोर्सको शान्ति र्‍याली

काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको पूर्वसन्धयामा दल निकट पीस र्फोस नेपालले...

जसपाद्वारा पालिकास्तरीय युवा सङ्गठन निर्माण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ मङ्सिर । कुम्मायक गाउपालिकामा गाउँपालिकास्तरीय जसपा युवा सङ्गठन कुम्मायक...