खजुम समाज सेवाबाट मृत्यु राहत सहयोग प्रदान - Naya Online

खजुम समाज सेवाबाट मृत्यु राहत सहयोग प्रदान

-प्रकाश दिप्साली राई

धनकुटा , ५ कात्तिक । धनकुटा चौविसे गाउँपालिका वडा नं. ८ सोक्रोक्पा बस्ने मृतक धनकुमारी योङ्हाङ (खजुम) लिम्बू र मृतक मनरानी देवान (खजुम) लिम्बुका परिवारलाई खजुम समाज सेवाले मृत्यु राहत रकम प्रदान गरेको छ ।

मृतक धनकुमारी योङ्हाङ लिम्बूको प्रेसरको कारण मृत्यु भएको थियो भने मनरानी देवान कोरोनाको कारण उपचारको क्रममा निधन भएको थियो । उनिहरुको निधनपछि उनिहरुका परिवारलाई समाजको कोषबाट एघार हजारका दरले जम्मा बाइसहजार रुपैयाँ बराबरको राहत रकम मृतकको परिवारलाई प्रदान गरिएको हो ।

विविध कारणबाट मृत्यु भएका खजुम वंशभित्रका सदस्य लगायत चेलीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको खजुम समाजले मृतक राहत कोषबाट यशअघि पनि चौविसे गाउँपालिका वडा नं. ८ सोक्रोक्पा, सारतोक्पा र देउरालीका छ जना मृतक परिवारलाई राहत प्रदान गरिसकेको छ ।

त्यस्तै गरि कोभिड –१९ कारण भएको लकडाउनले शैक्षिक क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै श्री कालिका आधारभूत विध्यालय चौविसे –८ देउराली धनकुटामा अध्ययनरत विध्यार्थिहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको थियो ।

वि.सं. २०७५ मा स्थापना भएको खजुम समाजको दुईवटा शाखाहरु छन् । जसमा सारतोक्पा र सोक्रोक्पा खजुम समाज सन्चालनमा छन् । आफ्नो खजुम वंश उत्थान र विकास गर्न खोलिएको सामाजिक संस्थाले अरु समुदायको लागि पनि परोपकारी कामहरु गर्ने र गर्दै आइरहेको समाजका सचिव श्रीमान खजुमले बताए ।

राहत वितरण कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्द समाजसेवीहरुको उपस्थिति रहेको थियो । राहत समाजका अध्यक्ष कृष्ण खजुमबाट वितरण गरिएको हो । कार्यक्रमको सहजीकरण समाजका सचिव श्रीमान खजुमले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँकार्य समितिको अधिवेशन

तेह्रथुम, ११ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँकार्य...

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङबाट शुभम ट्रेडिङ...

कुम्मायक गाउँपालिकामा एकहप्ते मालपोत घुम्ती शिविर सञ्चालन हुँदै

पदमसुखी सम्बाहाम्फे पाचथर, ७ मंसिर । कुम्मायक गाउँपालिकामा गत आइतबारदेखि जिल्ला मालपोत कार्यलयद्वारा एकहप्ते...

समाजवादी युवा संघ धरानको पुनर्गठन

धरान, ६ मंसिर । जनता समाजवादी पार्टी, नेपालको जनसङ्गठन समाजवादी युवा संघ धरान उपमहानगरको...

माओवादी केन्द्र, ताप्लेजुङ काठमाडौं सम्पर्क समितिको आठौ अधिवेशन सम्पन्न

काठमाडौं, ६ मंसिर । नेकपा माओवादी केन्द्र, ताप्लेजुङ काठमाडौं सम्पर्क समन्वय जिल्ला समितिको आठौ...

माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश संखुवासभा काठमाडौ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बसले  मोटरसाइकललाई क्कर दिँदा २३...

कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ मंसिर । कुम्मायक गाउँपालिकामा नेपाल नेत्रज्योती संघको ३ दिने...

खजुम समाज सेवाबाट मृत्यु राहत सहयोग प्रदान

-प्रकाश दिप्साली राई धनकुटा , ५ कात्तिक । धनकुटा चौविसे गाउँपालिका वडा नं. ८...

अजम्बरी अक्षरहरूमाथि चर्चा

पदमसुखी सम्बाहाम्फे पाचथर, ५ मंसिर । पाँचथरस्थीत फिदिममा शनिबार सरस्वती दुमी राई र मधुराज...