'अजम्बरी अक्षरहरु'को चर्चा - Naya Online

‘अजम्बरी अक्षरहरु’को चर्चा

पान्थर, ५ मंसिर
सरस्वती दुमी राई र मधुराज केरुङ द्वारा संकलित, सम्पादित प्रदेश-१, का नारी श्रष्टाहरूकाे संयुक्त कविता संग्रह `अजम्मरी अक्षरहरु´ को शनिबार फिदिममा चर्चा गरिएको छ ।

याक्थुङ लेखक संघकाे आयोजनामा चर्चा कार्यक्रम सम्पन्न भएको हो । कृतिमाथि बोल्दै साहित्यकार प्रेम ओझाले `अजम्मरी अक्षरहरु´ भित्र उत्कृष्ट कविताहरु रहेको बताए । साहित्यकार ओझाले प्रदेश-१, का केहि नारी श्रष्टाहरू कृतिमा छुटेकाले आगामी संकलनमा छुटेका श्रष्टाहरूलाई समेट्न सुझाब दिए ।

कार्यक्रममा पाठक प्रतिक्रिया राख्दै राधा स्मृतिले कृतिभित्रका कविताहरुले महिलाका समस्या र संवेदनालाई उजागर गरेको बताइन् । पाठक प्रतिक्रिया राख्दै श्याम नयनले कृतिभित्र केहि बाहेक उत्कृष्ट र शक्तिशाली कविताहरु हरेको प्रतिक्रिया दिए ।

संकलक, सम्पादकको तर्फबाट आफ्ना कुरा राख्दै सरस्वती दुमी राईले `अजम्मरी अक्षरहरु´ मा यसपटक छुटेका प्रदेश-१, का नारी श्रष्टाहरूलाई अर्को भागमा समेटिने बताइन् । कार्यक्रममा दर्जन बढी पाँचथरे श्रष्टाहरूले रचना वाचन गरेका थिए ।

कार्यक्रम याक्थुङ लेखक संघका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...