परिवार दलको महाधिवेसन सफल बनाउन आव्हान गदै पिस फोर्सको शान्ति र्‍याली - Naya Online

परिवार दलको महाधिवेसन सफल बनाउन आव्हान गदै पिस फोर्सको शान्ति र्‍याली

काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको पूर्वसन्धयामा दल निकट पीस र्फोस नेपालले शान्ति र्याली निकालेको छ । शुक्रबार माईतिघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेको हो । पिस फोर्सको नारामा सेवा, रूपान्तरण र युवा नेतृत्व उल्लेख छ । र्यालीमा सयौं युवाहरूको सहभागिता रहेको थियो ।

परिवर्तनका उपलब्धिहरू संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरूबाट मुक्त गर्न सम्पूर्ण युवाशक्ति एकजुट भएर अघि बढ्नु पर्ने र्यालीमा सहभागि नेपाल परिवार दलका केन्द्रीय सदस्य रूपसिह भण्डारीले बताएका थिए ।

 

पटक पटक जनादेशको अपमान गर्नेहरूलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने उनीहरूको भनाई थियो । पीस र्फोसका अध्यक्ष रबिन्द्र चौलागाईले महाधिवेसन सफल बनाउन र्यालीकोे आयोजना गरेको बताए । उनले भने आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न माग गरे । उनले युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे ।

‘युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ चौलागाईले भने, ‘युवाहरूले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’ युवायुवतीहरूलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेकोे बताए ।

चौलागाईले पार्टीले दिने जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न पिस फोर्स तयार रहेको बताउदै आगामी निर्वाचनमा नेपाल परिवार दलको प्रतिनिधित्व स्थानीय तहदेखि संघिय संसदसम्म सुनिश्चित गरिने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा शान्ति, संवाद र पारस्पारिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउन शान्ति बल नेपालले भूमिका खेल्ने कुरा महासचिव नोइन्द्र खतिवडाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...