सुसाङमा स्मृति अक्षयकोषबाट ६० जना जेहेन्दार विद्यार्थीलाई स्कुल ड्रेस वितरण - Naya Online

सुसाङमा स्मृति अक्षयकोषबाट ६० जना जेहेन्दार विद्यार्थीलाई स्कुल ड्रेस वितरण

पदम सुखी सम्बाहाम्फे

पाँचथर, २९ कात्तिक । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा रहेको अमृत आधारभूत बिधालयका ६० जना जेहेन्दार विद्यार्थीलाई पाचौ सुसाङमा फेवदेन स्मृति अक्षयकोषबाट यस बर्ष पनि पुरस्कार वितरण गरेको छ ।

२०७३ साल देखि संचालनमा रहेको उक्त अक्षयकोषबाट यस पटक पनि २७ हजार बराबरको विद्यार्थीलाई स्कुल ड्रेस पुरस्कार बितरण गरिएको कुरा अक्षकोष सञ्चालक समितिका अध्यक्ष पदम फेवदेनले बताएको छ ।

स्वः सुसाङमा फेवदेनका बुबा अम्बर बहादुर फेवदेन र आमा देविन्द्रकुमारी शेर्मा फेवदेनको सस्थापनमा रहेको उक्त सुसाङमा फेवदेन स्मृति अक्षयकोषको मुलधन ३ लाख रुपैयाँ रहेको पनि जनाइएको छ ।

२०५९ माघमा २० गते झापामा जन्म भई २०६८ कार्तिक १२ गते उपचारका क्रममा ९ बर्षको कलिलो उमेरका सुसाङमा बेलायतको निजि निवासमा उनको निधन भएकोले उनको सम्झनामा सो अक्षयकोष स्थापना गरिएको परिवार श्रोतले जनाएको छ ।

अक्षयकोषमा रहेको रकमको ७५ प्रतिशत ब्याजले विद्यार्थीलाई बार्षिक रूपमा पुरस्कार बितरण गरिदै आएको र २५ प्रतिशत बाकी रहेको उक्त रकम भने मुलधनमा जोडिदै जाने अक्षयकोष संचालक समितिका अध्यक्ष फेवदेनले बताएका छन् ।

अमृत आधारभूत बिधालयको विद्यार्थी समेत रहेको सुसाङमालाई स्मरण गर्दै सिद्धदेवी माध्यमिक बिधालयका प्रधानध्यापक नरेन्द्र सम्बाहाम्फे समाजसेवी मानबहादुर शेर्मा पृथ्वी माध्यमिक बिधालयका प्रधानध्यापक ऋृषिराम गजुरेल यासोक क्याम्पस प्रमुख कर्ण लावती यसैगरी कुम्मायक गाउपालिका वडा न, १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावती समाजसेवी सुर्यबिक्रम चेम्जोङ र टि एन सम्बाहाम्फे लगायतको उपस्थितिले अबको युगमा आफ्ना आफन्तको स्मृतिमा पाटिपौवा र धर्मशाल निर्माण गरेर पैसाको दुरुपयोग गर्नभन्दा मृतकका नाममा अक्षयकोष स्थापना गरि जेहेन्दार विद्यार्थीलाई पढाइमा थप हौसला प्रदान गर्नु नै महान कार्य भएको बताएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

प्रेस चौतारी नेपाल, रसुवामा बलराम घिमिरे

रसुवा, २२ पुस । प्रेस चौतारी नेपाल, रसुवाको तेस्रो जिल्ला कमिटी अधिबेशनबाट बलराम घिमिरेको...