देउसी खेलेर मृगौला पीडितलाई आर्थिक सहयोग - Naya Online

देउसी खेलेर मृगौला पीडितलाई आर्थिक सहयोग

– कबिन तुम्बापो

धनकुटा, २७ कात्तिक । मिम्जिफुङ प्रेजेण्ट मिडियाको आयोजनामा २०७८ सालको दिपावलीमा देउसीभैलो खेलेर मृगौला पीडितलाई सहयोग गरिएको छ । देउसी खेलेको रकमले चौविसे गाउँपालिका वडा नं. ८ सम्मेवा निवासी मृगौला पीडित एलिना लिम्बूलाई नगद रकम रु. ४५,०००÷– मिडियाको जम्बु टिमले शुक्रबार हस्तान्तरण गरेको हो ।

मिम्जिफुङ प्रेजेण्ट मिडियाका अनुसार धनकुटाको चौविसे गाउँपालिका डाडाबजार, राजारानी, लोकफादेन, गिद्धे, थाप्रोङ, हाङ्फाबुङ, आइतबारे र मोरङको जेफाले, प्रतिभा लेचाङगो लगायत स्थानहरुमा देउसीभैलो खेल्ने क्रममा दक्षिणा रकम रु. ९५६५१ रुपैया संकलन भएको थियो । जसमध्ये विविध आवश्यक खर्च कटाई रु.४०५०० रुपैयाँ मिडियाको कोष निर्माण गर्न श्री चौविसेसमाज कल्याण कृषि सहकारी संस्था लि. मा १२% ब्याजदरले आवधिक बचतमा राख्ने र रु ४५००० रुपैयाँ बिरामिलाई प्रदान गरिएको हो ।

उक्त रकम एलिना बचाउ सहयोग समितिको संयोजक भिम कार्की, सचिव हृदय थेगिम, सदस्य टेकबिर युङ्साहाङ, सदस्य दिपेन्द्र खजुम, सदस्य भिमा लिम्बु, सदस्य शान्ती चेम्जोङ, मिडियाका राजेश किराँती, श्रीमान खजुम, सर्गम खजुम, कबिन लिम्बू, र सहभागी आराम थेगिम, कृष्ण खजुम,कमला तुम्बापो, दिलकुमार लिम्बु लगायतको उपस्थितिमा चौविसे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष धनबहादुर खजुमको हातबाट बिरामीलाई हस्तान्तरण गरिएको छ ।

एलिना लिम्बू विगत ७ बर्षदेखि एसएलइ नामक रोगबा ग्रसित हुनुका साथै दुवै मृगौला फेल भएपछि उनी दैनिक औषधि शेवन गर्दै आइरहेकी छन् । उनलाई माषिक औषधि उपचारको लागि २० हजार बराबरको खर्च हुन्छ । उपचार खर्च अभियन्ता तथा सहयोगी मनहरुबाट जटाइरहेको मृगौला पिडित एलिनाले जानकारी दिइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...