कविता: आखिर कहिलेसम्म ? - Naya Online

कविता: आखिर कहिलेसम्म ?

अंगीता राई

ए नछो ! त्यो पानी छोएको खान हुन्न
पर आँगन छ खाली
त्यहीँ बस्
ए हजुर संविधानमा लेखेको छ नि भेदभाव नगर्नु भनेर
तर मै हुँ भन्नेहरूको दम्भ
“लेखेर हुन्छ ? पुर्खादेखि चलेको चलन हो
आखिर सानो जात भनेको सानै हो
बाजेबोजु फलानी फलानो”

एक्काईसाँै शताब्दिमा छौँ
आधुनिक जमाना भैसक्यो फेरि
हेर्ने नजर किन बद्लिएन ?
बाहिर खुब आदर्शको कुरा छाड्छौ
अनि बिरालोले बाटो काट्यो भने अझै पनि
त्यो बाटो काट्दैनौ
आखिर कहिलेसम्म ?

पहिला खुलेआम भेदभाव गरिन्थ्यो
अहिले भित्रभित्रै गरिन्छ
छेपारोले आखिर रङ्ग बदल्छ नै
चाहे त्यो रातो होस् वा निलो
त्यस्तै छ आखिर भेदभावको दुनियाँ
बाहिर न्याय दिदै हिड्नेले भित्र नोकरलाई गर्छ भेदभाव
आखिर कहिलेसम्म ?
गरिदिएको काम फलाएको अन्न
अनि मिठो पकाएको खान, लाउन हुने
दलितले बनाएको मुर्ति पुज्न हुने
तर
तर जसले बनाएको उ स्वयं चाहीँ
अछुत गनिने
आखिर कहिलेसम्म ?

उनीहरूबिना हाम्रो घरको समानदेखि लिएर
मरणसम्मको यात्रा अधुरो रहन्छ
उसलाई नै किन पर ?
सासबिना शरीरको के महत्व ?
तर बुझेको खोइ ?
बुझेर नि बुझ पचाउँछन्
आखिर कहिलेसम्म ?

धनकुटा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...