धनुषामा पाँच दर्जनभन्दा बढी व्यक्तिहरू जसपामा प्रवेश - Naya Online

धनुषामा पाँच दर्जनभन्दा बढी व्यक्तिहरू जसपामा प्रवेश

धनुषा, २६ कात्तिक । संगठन सुदृढीकरण तथा जन जागरण (सुज) अभियान अन्तर्गत धनुषा, गणेशमान चारनाथ नगरपालिका वडा न. ५ चिसापानीमा विभिन्न पार्टी परित्याग गरि पाँच दर्जनभन्दा बढी व्यक्तिहरू जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । प्रवेश कार्यक्रममा उक्त वडाको गुण्डाही र सखुबनि टोलबाट पनि प्रवेश गरेका थिए ।

नव प्रवेशीहरूलाई संघीय परिषद सदस्य श्यामनारायण यादवले अबिर लगाएका थिए भने केन्द्रीय सदस्य दिपक कार्की (बाबा)ले माला लगाई सदस्यता प्रदान गरि जसपा पार्टीमा स्वागत गरेका थिए । उक्त कार्यक्रम स्थानिय जुझारु, जागरुक युवाद्वय सनम लामा र सुदिप माझीले संयुक्त रूपमा संयोजन गरेका थिए भने कार्यक्रमको अध्यक्षता जसपा धनुषा जिल्ला समन्वय समिति सदस्य अहेव मनोजकुमार भट्टराई गरेका थिए ।

विशेष अतिथि संघीय परिषद सदस्य श्यामनारायण यादव, अतिथिहरूमा जिल्ला सदस्य राम चलितर यादव, स्थानिय अग्रज नेता केदार खड्का, धनुषा क्षेत्र न.१ कि उपाध्यक्ष कृष्णकुमारी लामा, गणेशमान चारनाथ नगर अध्यक्ष रामएकवाल शार्मा (बाली), गणेशमान चारनाथ नगर कार्यपालिका सदस्य तथा नगर प्रवक्ता रामनरेश राउत, जसपा ५ न. वडा अध्यक्ष बाबुराम थापा, ग.चा. न. पा.निर्वाचित वडा सदस्य मो. जोहर राईन, वडा न. १ का सचिव कमरुदिन राईन, स्थानीय नेता उपेन्द्र महतो, युवानेता राजु यादव रहेका थिए भने जसपा केन्द्रीय सदस्य दिपक कार्की (बाबा) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएका थिए ।

उक्त कार्यक्रममा नव प्रवेशी मध्यकी दिलकुमारी भुजेलले हामीलाई ठुला पार्टीहरूले आश्वासन मात्र दिने, झुक्याउने, भोटबैंकको रूपमा मात्र प्रयोग गरेकोले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको बताए ।

कार्यक्रममा सनम लामाले स्वागत मन्तव्य राखेका थिए भने अतिथिहरूले पनि मन्तव्य दिएका थिए साथै विषेश अतिथि श्यामनारायण यादवले मन्तव्यकै क्रममा जस्तो परिस्थिति आए पनि जनताको सुख, दुःखमा साथ रहने प्रतिवध्दता जाहेर गर्दै जसपामा जुट्न, जुटाउन अपिल गरे । प्रमुख अतिथि दिपक कार्की (बाबा)ले नवप्रवेशीहरूलाई स्वागत गर्दै बधाई तथा शुभकामना दिँदै अन्य पार्टीहरूभन्दा जसपा नेपाल प्रगतिशील, अग्रगामी र वैकल्पिक पार्टी भएकाले सबैजना एकवद्ध भै शक्ति निर्माण गरि देशको नेतृत्व गरे मात्र नेपाल समृद्ध बन्ने बताए ।

देशको पटक पटक नेतृत्व गरेका पुराना पार्टीहरूले आफुले आफैलाई ठूलो पार्टी भनि स्वघोषणा गर्ने पार्टीहरूले सरकारी उधोग, कलकारखाना ध्वस्त पारी वेरोजगारी सिर्जना गरि देशका उर्वर युवाहरूलाई विदेशमा रोजगारीमा जान वाध्य पारी युवा पलायन बनाएको आरोप लगाए साथै युवाहरूलाई पलायन बनाएर देश समृद्ध नहुने बताए । देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्न सरकारसँग अपिल गरे ।

अन्तमा, उक्त कार्यक्रमको पहल र उद्घोषण जसपा नेपालका संघीय परिषद सदस्य रितबहादुर श्रेष्ठ कृष्णले गरेका थिए । कार्यक्रम २०७८ कार्तिक २२ गते भएका थिए । कार्यक्रमको अन्तमा उपस्तिथ सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्षता गर्नुभएका धनुषा जिल्ला समन्वय समितिका सदस्य अहेव मनोजकुमार भट्टराईले समापन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...