सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा - Naya Online

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे

पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अबसरमा गाउपालिकाले दिएको सार्वजनिक विदाको अवज्ञा गरेको छ ।

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्था शाखा यासोकका फिल्ड मेनेजर रेवती प्रसाद घिमिरेले सहकारी संस्थाको आफ्नै किसिमका नीति नियम भएकोले स्थानीय सरकारद्वारा गरिएका बिदाहरू मान्य नहुने बताए ।

कुम्मायक गाउपालिका वडा नम्बर ४ स्थित माथिल्लो टोलमा रहेको सप्तरङ्गी सहारा महिला समुहको आज भएको बैठक सञ्चालन गर्ने क्रममा घिमिरेले सो कुरा बताएका हुन् । २०७४ सालमा स्थापना भएको यो संस्था हाल कुम्मायक, तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउपालिकाहरूमा गरि जम्मा १४ सय महिला सदस्यहरूसँग कारोबार रहेको पनि घिमिरेले बताए ।

ऋण लिएको महिना दिनमै साँवाब्याज तिर्न असमर्थ
बाख्रा, बङ्गुर, गाईभैंसी, कुखुरा पालनजस्ता विभिन्न शिर्षकमा ऋण प्रवाह गरेको महिनादिन पुगेपछि ऋणीहरूलाई किस्तामा साँवाब्याज असुलिन्छ तर महिना दिनमै किसानसँग ऋणको किस्ता तिर्न आम्दानी नभएको ऋणी महिलाहरूको गुनासो छ । सोझासाझा किसान तथा महिला बर्गलाई आम्दानी बेगरको ऋण थोपारेर आर्थिक शोषण भइरहेको त छैन भन्ने सवालमा स्थानीय सरकारको पनि ध्यानाकर्षण होस् भन्छिन्, सप्तरङ्गी महिला समुहका सदस्य नरमाया सम्बाहाम्फे ।

सार्वजनिक बिदामा समेत आफुले चलाएको ऋणको किस्ता तिराएर बित्तीय सस्थाहरू दिनका दिन मोटाइरहेका छन् तर ऋणीमहिलाहरूलाई प्रत्यक्ष लाभ पुग्ने र जीवन स्तर उकास्ने के कस्तो योगदान रहन्छ भन्ने कुरामा प्रश्न उठिरहेको अन्य महिला समुहको पनि चासो हुन थालेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...