१३७ औँ फाल्गुनन्द जन्मजयन्ती मुल आयोजक समारोह समितिले गर्यो पत्रकार सम्मेलन - Naya Online

१३७ औँ फाल्गुनन्द जन्मजयन्ती मुल आयोजक समारोह समितिले गर्यो पत्रकार सम्मेलन

-प्रकाश दिप्साली राई

नडाहा । किरात धर्मगुरु आत्मनन्द लिङ्देनको विशेष उपस्थितिमा १३७ औ महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइने आयोजक समितिकी सचिव सविता चोम्बाङले जानकारी दिइन् । सोही अवसरमा माङहिम परिसरमा निर्मित दुई भव्य मन्दिर (माङ्हिम) उद्घाटन गरिने छ साथै माङहिम परिसरमा निर्माण गरिएको माहागुरु फाल्गुनन्दको पूर्णकदको शालिक अनावरण गरिने अध्यक्ष रनाहाङ लिम्बूले जानकारी दिएका छन् ।

आइतबार माङहिम परिसरमा आयोजित पत्रकार सम्मेलनमा आगामी २५ गते हुने कार्यक्रमबारे जानकारी गराइएको छ । झण्डै १ करोडको लागतमा निर्माण गरिएको मन्दिरका लागि हङकङ, बेलायत, भक्तजन शुभेच्छुक , शुभचिन्तकहरुसङ्ग आर्थिक सङ्कलम गरिएको समिति सदस्य सुजन लिम्बूले जानकारी दिए । स्थानीय रुपमा मन्दिर निर्माणमा बराहक्षेत्र ३ नम्बर वडा कार्यालयको ३ लाख, तत्कालिन पर्यटन मन्त्री भीम आचार्यले २ लाख, क्याप्टेन नवीन थाङ्देनको स्मृतिमा श्रीमती बबिमायाले ८ लाख र जनश्रमदानबाट २ लाख सङ्कलन गरिएको निर्माण समिती अध्यक्ष बखतबहादुर लिम्बूले जानकारी दिए । २०४८ सालमा स्थापना भएको माङहिम क्षेत्रमा कच्ची रुपमा दुई मन्दिर निर्माण गरिएको थियो । मन्दिरहरु जीर्ण भएपछि पक्की संरचना निर्माण गरिएको हो । माङहिम परिसरमा कम्पाउण्ड वाल, प्रवेशद्वारसमेत भक्तजनले निर्माण गरेका छन् ।

यसै गरि सोहि पत्रकार सम्मेलनमा आयोजकले सो कार्यक्रम सफल पार्न अन्य इच्छुक सहयोगी मनहरुलाई सहयोगको अपेक्षासमेत गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...