सरकारमा सहभागी हुँदैमा मुद्दा समाप्त हुँदैनः चाम्लिङ - Naya Online

सरकारमा सहभागी हुँदैमा मुद्दा समाप्त हुँदैनः चाम्लिङ

पथरी, १८ कार्तिक । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का प्रदेश नम्बर १ अध्यक्ष प्रवीण चाम्लिङले गठबन्धन सरकारमा सहभागी हुँदैमा आफूहरुको मुद्दा र आन्दोलन समाप्त नहुने बताएका छन् ।

बुधबार जसपा पथरी शनिश्चरे नगर समितिले आयोजना गरेको दशैं, तिहार, छठ, उधौली लगायत चाडपर्वहरूको अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष चाम्लिङले यस्तो बताएका हुन् ।

मुलुकमा विद्यामान राजनीतिक समस्याहरूको समाधान गर्दै र प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै अघि बढ्ने दिशामा गठबन्धन दल अघि बढेको भन्दै चाम्लिङले भने –‘सरकारमा जादैँमा हाम्रो आन्दोलन सकिएको छैन, हिजो पनि हामी जनताका लागि सडकमै थियौं र आजपनि त्यही छौं ।’ उनले पहिचानसहितको सङ्घीयताको लागि निरन्तर राजनीतिक संघर्ष जारी रहेको स्पष्ट पारे ।

पार्टी सरकारमा हुँदा भएका निर्णयहरूलाई विश्लेषण गरेर ठीकलाई साथ समर्थन र गलतलाई प्रतिवाद गर्ने आलोचनात्मक चेतनाको विकास पार्टीको आधारभूत तहका समिति र नेता कार्यकर्ताहरूमा हुनुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य समेत रहेका चाम्लिङले आम नेपालीका सबै चाडपर्व र संस्कृतिको संरक्षणमा राज्यको दायित्व हुने बताए ।

उनले धार्मिक, भौगोलिक, साँस्कृतिक, शैक्षिक, वर्गीय र लंैगिक समानता भएमात्र समृद्ध समाजवादको सुरूवात हुनेमा जोड दिएका थिए । कार्यक्रममा जसपा प्रदेश १ सचिव एवम् केन्द्रीय सदस्य भरत दाहालले हाल बनेको गठबन्धन सरकारले देशलाई दुर्घटनाबाट बचाएको टिप्पणी गरे ।

सिरिजङ्गा धार्मिक वन, पथरी शनिश्चरे १ मा सम्पन्न कार्यक्रम जसपा पथरी शनिश्चरे नगर अध्यक्ष फिपराज बेगाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...