चौविसे गाउँपालिकामा नेपाली कांग्रेसको पहलमा राहत वितरण - Naya Online

चौविसे गाउँपालिकामा नेपाली कांग्रेसको पहलमा राहत वितरण

राज कुमार लिम्बु

मोरङ, १७ कात्तिक । दशैको रमझम सकिन नपाउदै कार्तिक २ गतेदेखि लगातार ३८ घण्टा भएको अविरल वर्षाको कारण देशब्यापी रुपमा बाढी पहिरोले सयौं जनाको ज्यान तथा करोडौका बालिनाली नष्ट गरेको थियो ।

वर्षाले धनकुटाको चौविसे गाउँपालिका वडा नं. १ छ नम्बर बुधबारेमा पहिरोमा परी जनधनको क्षति भएको थियो । पहिरोमा पर्ने पिडितहरुलाई कातिक १५ सोम्बार पिडितहरुको घर घरमा गएर नुन, तेल, चामल आदि खाध्यन्न सामाग्रीहरु सँगै ओड्ने ओछ्याउने सामाग्रीहरु वितरण भएको छ ।

चौविसे गाउँपालिकामा नेपाली कांग्रेसका सभापतीहरुको उपस्थितिमा राहत बितरण गरिएको छ ।

राहत पाउनेहरुमा बीरबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, दिपक कुमार श्रेष्ठ, दिलकुमारी श्रेष्ठ, शान्ती श्रेष्ठ, टीका पिठाकोटे, नरेन्द्र कुमार श्रेष्ठ, मोहन श्रेष्ठ, तिलक श्रेष्ठ, कृष्ण बिक, नवीन बिक, ओमप्रकाश बिक, नरमाया बिक, दिलिप बिक, भिमबहादुर बिक, खगेन्द्र श्रेष्ठ, तिलक श्रेष्ठ, मृतक भिमबहादुर श्रेष्ठ, टुल्कु तामाङ ट्ङकमाया तामाङ रहेका छन् ।

नेपाली कांग्रेस चौविसे गाउँपालिकाको विशेष पहलमा क्वीक रेस्क्यु टिम नेपाल इटहरी सुनसरीको सहयोगमा र सो संस्थाको अध्यक्ष बिक्रम येक्तेन लिम्बू र चौविसे पालिकाको नेका सदस्य सुवर्णमाया मगर, ८ वटै वडाका नेका सभापति र पदाधिकारीहरुको प्रत्यक्ष उपस्थितिमा राहत वितरण कार्यक्रम सन्चालन गरि सहयोग गरिएको सामाजिक अभियन्ता हृदय थेगिमले बताए ।

सहयोगी संस्था र ने.का चौविसे गाउँपालिकाको तर्फबाट मृतकको परिवारलाई समबेदना पत्र अर्पण गर्दै शोक सभा समेत मनाएको थेगिमले नयाँ अनलाइनलाई जनकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...