नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि मृत फेला - Naya Online

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि मृत फेला

काठमाडौं, १५ कात्तिक । अछाममा १४ दिनदेखि बेपत्ता रहेका नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि रेशमराज तिमल्सिना मृत फेला परेका छन् । कमलबजार नगरपालिका–५ कुईकाका ३४ वर्षीय तिमल्सिना गैरिटाँड बजार नजिकै बाँसको झारीमा मृत फेला परेका हुन् । उनी असोज ३१ गतेदेखि गैरीटाँडको एक होटलमा बसेका र त्यसपछि बेपत्ता थिए ।

उनको कात्तिक २ गतेदेखि प्रहरीको टोलीले खोजी कार्य गरे पनि फेला पार्न सकेको थिएन । सोमबार उनी बेपत्ता भएको ठाउँनजिकै मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

मृतकका आफन्तले घटना रहस्मय भएकोले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

तिमल्सिना नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए र भुवनेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

प्रेस चौतारी नेपाल, रसुवामा बलराम घिमिरे

रसुवा, २२ पुस । प्रेस चौतारी नेपाल, रसुवाको तेस्रो जिल्ला कमिटी अधिबेशनबाट बलराम घिमिरेको...