जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवले सांसद प्रदीप यादवलाई सोधे स्पष्टीकरण - Naya Online

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवले सांसद प्रदीप यादवलाई सोधे स्पष्टीकरण

काठमाडौं, १५ कात्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीका सांसद प्रदीप यादवलाई स्पष्टीकरण सोधेको छ । आफ्ना समर्थकबाट पार्टी र पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध नारावाजी गरेको आरोपमा जसपाले सांसद यादवलाई स्पष्टीकरण सोधेको हो ।

असोज २२ गते मन्त्रिपरिषद् विस्तार हुँदा जसपाबाट चारजना मन्त्री नियुक्त भएका थिए । त्यसमा सांसद प्रदीप यादवको नाम नपरेपछि उनी निकट युवाहरुले अध्यक्ष यादवको पुत्ला जलाएको थिए भने पार्टीको बोर्ड तोडफोड गर्नुको साथै पार्टीको झण्डा पनि जलाएका थिए ।

मन्त्री नपाएको रिसमा गरिएको उक्त आन्दोलन पर्साबाट सुरु भई आन्दोलन काठमाडौंसम्म आइपुगेको थियो । पार्टीका केही कार्यकर्ताले ललितपुरको बालकुमारीमा रहेको पार्टी कार्यालयमा ताल्चा लगाएक थिए भने अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका थिए । यस्तो गतिविधि प्रदीप यादवले नै गराएको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण सोधेको हो ।

आइतबार पर्सामा पार्टीको तर्फबाट आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बनाइएको थियो । अध्यक्ष यादव पर्सा जाने तयारी गरिरहँदा प्रदीप यादव निकट युवाले कालो झण्डा देखाएर विरोध जनाउने योजना थियो । त्यसअघि नै जसपाबाट प्रदीप यादवलाई स्पष्टीकरण सोधिएको हो ।

पार्टी कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षरसहितको स्पष्टीकरण सांसद प्रदीप यादवलाई कात्तिक ११ गते पठाइएको थियो । यादवलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

स्पष्टीकरण मागेपछि प्रदीप यादव समर्थक युवाले अध्यक्ष उपेन्द्र यादवको विरोधमा कुनै पनि कार्यक्रम गरेनन् । उपेन्द्र यादव कात्तिक १४ गते पर्सा पुग्दा प्रदीप यादव स्वागतका लागि एयरपोर्ट पुगेका थिए । तर अध्यक्ष यादवले उनलाई बेवास्ता गरेको एक स्थानीय नेताले जनाए ।

जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा सांसद प्रदीप यादवलाई आमन्त्रणसमेत गरिएको थिएन । उनलाई स्पष्टीकरण सोधिएको कारण जिल्ला, प्रदेश, तथा केन्द्रमा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नगराउन पार्टी अध्यक्ष यादवले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको बताइन्छ ।

सांसद यादवले सोमबार स्पष्टीकरण बुझाउन लागेको बताए । पर्सा तथा काठमाडौंमा भएको आन्दोलनमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै उनले पर्साबाट मन्त्री नबनाएको कारण त्यहाँका जनताले आक्रोशमात्र पोखेको दाबी गरे । अहिले आफू पर्सामै रहेको र काठमाडौ आएर स्पष्टीकरण बुझाउने उनले जानकारी दिए ।

सांसद यादवलाई यसअघि पनि उपेन्द्र यादव नेतृत्वका तत्कालीन समाजवादी पार्टीले स्पष्टीकरण सोधेको थियो । त्यतिबेला लाटभियाको राजधानी रिगामा ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सांसद प्रदीप यादवले पार्टीको नीति विपरीत र पार्टीलाई जानकारी नगराई भाग लिएका कारण उनलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...