गैरकानुनी रूपमा नेपाल भित्रिएका पाँच अफगान नागरिक निष्कासन, दक्षिण अमेरिकी मुलुक मेक्सिको प्रस्थान - Naya Online

गैरकानुनी रूपमा नेपाल भित्रिएका पाँच अफगान नागरिक निष्कासन, दक्षिण अमेरिकी मुलुक मेक्सिको प्रस्थान

काठमाडौं, १५ कात्तिक । गैरकानुनी रूपमा नेपाल भित्रिएका पाँच अफगान नागरिकलाई निष्कासन गरी अन्यत्र पठाइएको छ । अध्यागमन विभागले दिएको जानकारी अनुसार एकै परिवारका ५ जना निष्कासनसँगै श्रीलंकाको राजधानी कोलम्बो हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको प्रस्थान गरेका छन्  । बाँकी रहेका ६ जनामाथि केही दिनमै उपयुक्त निर्णय लिइने अध्यागमन स्रोतले जानकारी दिएको छ  ।

उनीहरू आइतबार साँझ श्रीलंकन एयरबाट कोलम्बो हुँदै त्यसतर्फ उडेका हुन्  । गृह मन्त्रालय स्रोतका अनुसार विभागले एकै परिवारका ४१ वर्षीय मोहम्मद जामराई स्तानिकजाई, उनकी पत्नी ३८ वर्षीया नाजिफा, छोरीहरू १७ वर्षीया मिसबाह जैनाव र १२ वर्षीया नुरुल हाया तथा ८ वर्षीय छोरा मोहम्मद रायनलाई उनीहरूकै रोजाइमा मेक्सिको पठाइएको हो  ।

अफगानिस्तानमा तालिवानले सत्ता लिएसँगै भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल भित्रिएका उनीहरू बिना भिसा नेपाल प्रवेश गरे पनि साथमा वैध राहदानी रहेको खुलेको छ ।

अफगास्तिानबाट चार महिनाअघि उपचारका लागि भन्दै हवाईमार्गबाट दिल्ली आएका उनीहरु कार्तिक ४ मा काठमाडौं आइपुगेका थिए ।

उनीहरुलाई नेपालमा रहँदाको अवधिलाई वैध बनाउन विभागले अनअराइभल भिसा उपलब्ध गराएको थियो  ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...