काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को छनोट समितिले ६० जनाले आवेदन दिएको जानकारी दिएको छ ।
डेभ वाटमोरले राजीनामा दिएपछि खाली रहेको प्रशिक्षक पदका लागि क्यानले कात्तिक १ मा लागि दरखास्त आह्वान गरेको थियो । वाटमोरले सम्झौता अवधि नसकिँदै गत महिना राजीनामा दिएका थिए ।
क्यानले प्रशिक्षकका लागि इसीबी÷सीए लेभल–३ कोर्ष गरेको, आइसिसीको स्थायी सदस्य वा एसोसिएट सदस्य वा पहिलो श्रेणीको टिमका लागि पाँच वर्ष प्रशिक्षण गरेको अनुभव भएको प्रशिक्षकले दरखास्त दिन सक्ने जनाएको थियो ।
समितिले केही दिनमा सर्टलिस्ट गर्ने र सर्टलिस्टमा परेकालाई अन्तर्वार्ता लिने जनाएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।