भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार बिहान देहरादुनस्थित चकराता–त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको हो ।
बिबिसी हिन्दीका अनुसार बोलेरो गाडीमा १५ जना सवार थिए । जसमध्ये दुई जनाको उद्धार गरिएको छ । गम्भीर अवस्थामा रहेका उनीहरूको देहरादुन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार चकराताको बायला गाउँबाट विकास नगर जाँदै गरेका गाडी गाउँबाट हिँडेको केही समयमै अनियन्त्रित भई सडकबाट खसेको थियो ।
जिल्ला अधिकारी आर राजेश कुमारले ओभरलोड भएकाले दुर्घटना भएको बताए ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले यस घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । साथै क्षमताभन्दा बढी भार राखेर गाडी नचलाउन र चलाउनेलाई कारबाही गर्न पनि उनले निर्देशन दिएका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।