बराहक्षेत्रको खोरियामा १३७ औँ फाल्गुनन्द जन्मजयन्ती मनाइँदै - Naya Online

बराहक्षेत्रको खोरियामा १३७ औँ फाल्गुनन्द जन्मजयन्ती मनाइँदै

-प्रकाश दिप्साली राई

नडाहा, १४ कात्तिक । किरात धर्मावलम्बीहरुले बराहक्षेत्र नगरपालिका वडा नम्बर –३ स्थित खोरियामा १३७ औं महागुरु फाल्गुनन्द जन्मजयन्ती कात्तिक २५ गते भव्य रुपमा मनाउने भएका छन् ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तिको अवसरमा विविध कार्यक्रमहरुको आयोजना हुने छन् । जस अन्तर्गत २३ गते सप्तकोशीमा गालीश्राप बगाउने, २४ गते विश्वशान्ति मानव एकताको निम्ति सेवा पूजा र २५ गते महागुरु फाल्गुनन्द १३७ औं जन्मजयन्ती मुल समारोहको समुद्घाटन गरिनेछ । सोही दिन किरात धर्मगुरु तथा गुरुआमाहरुको हस्तबाहुलीबाट माङहिम समुद्घाटनका साथै महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गरिने छ ।

उक्त कार्यक्रममा विविध साँस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिने छ । साथै आशीर्वचन , बेलुकी दिपावली र माङलाङ, केलाङका साथमा साँस्कृतिक कार्यक्रमहरु हुनेछन् भने कार्तिक २६ गते परपाहुना, इष्टमित्रहरुलाई विदाई गरेर यो वर्षको महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम सम्पन्न हुनेछ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको १३७ औं जन्मजयन्ती मूल समारोह आयोजक समितिका अध्यक्ष रानाहाङ एभेङले बताए । “हामी कार्यक्रमको अन्तिम तयारीमा छौँ । कार्यक्रममा टाढा टाढाका पाहुनाहरू आउने क्रम सुरु भैसकेको छ । हामी किरात धर्मावलम्बीहरु कात्तिक २२ गते नै भेला हुनेछांै र हाम्रा गुरुलाई स्वागतका निम्ति तयार हुनेछौं ।“

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...