यात्रा, यात्रा भन्ने वित्तिकै कति मन तरङ्गित अनि रोमान्चित हुन्छ है ? कहिले विशेष अवसर पारी वा कहिले कामको शिलशिलामा थोर बहुद मैले पनि यात्रा गरेको छु । यात्रा गर्न औधि मन पर्छ मलाई । त्यहीअनुसार प्रायः साथीहरूसँग यात्राको योजना म नै बनाईरहेको हुन्छु । साथीहरूसँग लामो, छोटो दुरीमा अवस्थित धेरै ठाउँहरूको भ्रमण अनुभव लिइसकेका छौं । स्वभावको कुरा गर्ने हो भने, प्रायः मलाई एकान्त ठाउँ मन पर्छ । प्रकृतिसँग घण्टौ हराउँछु । धेरैजसो एकान्तमा नै समय व्यतित गर्ने गर्छु । तर, यात्रा भनेपछि त्यो नियम लागु हुदैन म मा । साथी विनाको यात्रा खल्लो नै लाग्छ ।
कोरोना महामारीको कारण घरैमा थुनिएर बस्न मलाई धेरै नै सकस प¥र्यो । पहिलो पटकको लकडाउन खुल्ने वित्तिकै पूर्व जाने योजना बनाए । पूर्व लिम्बुवान तेह्रथुम जिल्लामा मेरो घर पर्छ । सधै वर्षमा एक पटक या २÷३ वर्षमा एक पटक घर जाने म लकडाउन पछिको समयमा पटक पटक घर जाने अवसर पाए । यतिसम्म कि महिनाको ३ पटकसम्म विशेष कामले घर पुगे । ३ पटक पुगे तापनि ३ दिन भन्दा बढी घर बस्न भने पाइनँ । अन्य ठाउँमा महिनाको ३ पटक एकै बाटो, त्यहीँ परिवेश, वातावरण जान कतिको दिक्दार लाग्छ त्यो एकिन भएन तर आफ्नो जन्मभूमि जान पाउँदा जति आनन्द यहाँ शब्दमा उल्लेख गर्न सकिन्न । प्रत्येक पटक नयाँ नयाँ अनुभूति, उमङ्ग, उत्साह हुुन्थ्यो । त्यहाँको हावा, माटो, पानी, चराचुरुङ्गीले मलाई नै स्वागत गरिरहेको हुन्थे । न्यायो स्वगतमा म त्यसै रुमलिन्थे ।
घरको सङ्घार टेक्ने वित्तिकै आमाले छोरी आउँछे भनि पकाएको परिकारको वास्ना आहा… बयान गर्ने शब्द नै छैन । बाबुले घर सरसफाई गरी गरेको स्वागत झन् अति आनन्दीत । दुई जना बुढाबढी मात्र भएको घरमा मेरो प्रवेशसँगै घर कति उज्यालो अनि आमाबुबाको हर्षित मुहार र ती निश्चल आँखाले स्वागत गरिहेका प्रष्ट देखिन्थ्यो । घरमा आमाबाबुलाई भेटे पश्चात माइली भेट्न आतुर हुन्छुु । ‘माइली’ मेरो मिल्ने साथी । साइनोमा मेरो बहिनी तर व्यवहारमा मेरो सबैभन्दा नजिकको साथी । घर पाँच मिनेटको फरकमा छ । म घर पुगे पश्चात पहिला उसको घरमा पुग्छुु ।
परिवारमा जन्मक्रमानुसार माइली बहिनी भएकोले म चाहीँ माइली भनेर नै बोलाउछु । अहिले ‘दुई सन्तान इश्वरको वरदान’ भन्ने मानसिकताको विकास भएपछि या ‘सानो परिवार, खुसी परिवार’ को धारणा आएपछि माइली, साइली, काईली, अन्तरी, जन्तरी, लखन्तरी आदि दुर्लभ भएको छ । माइली शब्द दुर्लभ भएको कारणले गर्दा माइली भनि बोलाउनमा बेग्लै स्वाद छ । माइली शब्द अति प्रिय लाग्छ । माइली भन्दा कहिलेकाही रिसाउछे । माइली भन्दा पनि नामैले बोलान भन्छे । तर अह म माइली नै भनिरहन्छुु ।
हामी जता गए पनि सगैँ जाने, मेलोपातमा पनि सगैँ गर्ने अति नै गहिरो हाम्रो मित्रता थियो । पछिल्लो दिनहरूमा समय र पस्थितिले टाढा बनाए तापनि प्रविधिले नजिकै छौं । वर्तमानमा सगैँ मेलापात गर्ने अवसर नजुरे पनि पहिला व्यातित गरेको समय जीवनकालमा सम्झना योग्य क्षण बनेको छ । यस समय पनि म विशेष कामले गाउँ पुगेको थिए । कामको शिलशिलामा नै दोस्रो भेरियन्टको कोरोना फैलियो । कोरोको कारण घरमा नै बस्ने अवसर मिल्यो । २÷३ दिन मात्र घर बस्ने अवसर पाइरहेको बेला यस समय एक महिनाभन्दा बढी घर वस्ने अवसर पाए । धेरै समयपछि आमाबाबुसँग खेतबारीको काम गर्ने मौका जुर्यो । कामको बावजुद पनि माइली र म कहिले चेत्लुङ पार्क, कहिले पोक्लाबाङ्, त कहिले ताक्लुङ लगायतका ऐतिहासिक ठाउँहरूमा घुम्न जाने अवसर मिलायौँ । यस पटक चाहीँ रिसर्चको शिलशिलामा लालिगुराँस नगरपालिकाको ९ वटा वडामा घुम्न जाने योजना बनाए । मैले जाउँ भनेपछि हुन्न भन्ने शब्द उसको शब्दकोषमा हुदैन थियो । ‘दुई जना छोरी मान्छे मात्र एक्लै बाटोमा हिड्दा कतै अठ्यारो पर्दैन ?’ भन्ने प्रश्न चाहीँ गर्थी ।
मेरो योजना अनुरूप नै हामी यात्रामा निस्कियौं । विकासको कार्यले गर्दा बाटो भने हामीले सोचे जस्तो सहज थिएन । रोडको बाटोले पुरानो बाटोलाई विस्थापित गर्दै लगेको थियो । यात्राको क्रममा कहिले बर र पिपलको फेदमा शितलता लिन्थ्यौ त कहिले ठू–ठूूल्ला ढुङ्गा माथि चढी हावाको स्पर्शमा आनन्दीत हुन्थ्यौं । माइली पालाम गाउँन माहिर । कटुसको पात देख्ने वित्तिकै टिपी पालामको भाका बजाइहान्थी । स्वर पनि उस्तै मार्धुय । उसको पालामसँगै मन चङ्गा भई उठ्थ्यो, थकान सब गायब हुन्थ्यो । लामो दुरीको यात्रा कम भएर हो की हामीलाई हिड्नमा निक्कै सकस प¥र्यो । मलाई पालाम गाउँन नआए पनि सुुन्न औधि रुचाउँछु । कत्ति पटक माइलीसँग सिक्ने प्रयास नगरेको भने होइन तर, अह पिट्टिकै भाका नै टिपिन । मैले पालाम नजानेको ठिकै पनि भयो झै लाग्छ । मैले जानको भए माइलीको त्यति मिठो आवाज कसले सुनिदिन्थ्यो ।
दुईजना लखर–लखर आफ्नै सुरमा । बाटो हिड्ने क्रममा नयाँ व्यक्ति जो कोहीँ साइनो नलाग्ने भनि स्वीको पाएपछि खुब जीस्काउथ्यौ । चाहे बच्चा होस या बुढो जिस्याउन भनेपछि दुबै जना उत्साहित हुन्थ्यौ । उसले मलाई ‘तरेबा (सोल्टीः जो साइनो नलाग्ने व्यक्ति) को अगाडी चाहीँ माइली नभन है’ भनि सुझाउथीन् । खै माइली शब्दबाट किन हो बेलाबेला खुब रिसाउँथी । तरेबा जिस्क्याउन सुरु उसले गर्थी मैले त्यसमा साथ दिन्थे । माइलीमा एक खालको हास्यरस छ । म उसको शब्द शब्दमा हास्थे । म मात्र होइन अरु जो कोही पनि हास्थ्यो । अरुलाई खुसी बनाउन वा हसाउँन गाह्रो कुरा हो तर उसमा उक्त कुराको खुबी छ । उ सानो सानो कुराले दुखि हुन्छे त सानै कुराले खुशी पनि । यात्रा कठिन मानेर होला छिनछिनमा नै रिसाउने गर्थी तर उसको रिसमा पनि मेरो हासो फुथ्र्यो ।
यात्राको क्रममा सुुङ्नाम पल्लो छेउ पुग्यौ । दिनभरी सुङ्नाम रहने र साझ पख केबुकमा बास बस्ने भन्ने मेरो योजना थियो । त्यहीँ अनुरूप सुङ्नामको भ्रमण सकेर केबुकतिर लाग्यौ । समय साझ ९÷१० बजेको थियो । सुङ्नामबाट केबुकको बाटो जानेक्रममा माइलीको अनुहार थकित त थियौ नै साथमा त्रासित पनि थियो । म पछि पछि माइली अघिअघि । जति साझ पर्दै गयो उति माइली मौन हुदै गइन । म भने यस साझलाई पनि रमाइलो तरिकाले विताउने मनसायले माइलीलाई जिस्याइरहे तर उ भने मौन थिइ । बाटो घोर जङ्गलको थियो । ‘चुप लागि हिड’ भन्ने त्रासित स्वर अनि आतिए जस्तो स्वरमा बेलाबेला आदेश दिइरहन्थिन् । म भने ‘माइली किन रुन लागेकी’ भन्दै जिस्क्याथे । उसको हिडाइ र बोलाइमा गहिरो रहस्य लुके जस्तो लाग्थ्यो । उ चुपचाप हिडिरही । अध्यारोले छपक्क छोपिसकेको थियो । हामी मोबाइल बालेर अगाडी बढी रहयौ । वर्षातको समयमा ठूला–ठूला खोलानाला, खोल्साहरू पार गर्दै निरन्तर यात्रामा नै थियौँ । दिनको हिडाइको रप्तार भन्दा माइलीको हिडाइ १० गुणाले बढी थियो । त्यो देखेर यस जङ्गलमा रहस्यमय केही घटना पो भएको छ कि ? भनि मलाई पनि मनमा चिसो लाग्यो । किराफठ्याग्राको आवाज र हामीले लगाएको जुत्ताको आवाजबाहेक केही थिएन त्यहाँ । मलाई चाहीँ दिनभर घाममा हिडेकोले जङ्गलको शितलताले मन प्रसङ्न थियो तर माइलीको मौनताले कताकता डर पनि थियो । उ भने अघि फटाफट हिड्थी म भने घरिघरी पछाडी हेर्दै हिड्थे । पछाडी हेर्नुको अर्थ भने माइलीको अघि नडराएको अभिनय गरे पनि भित्रभित्रै मेरो मनमा डरले बास जमाइसकेको थियो ।
लगभग २ घन्टाको हिडाइ पश्चात केबुक निश्कियौ । माइलीले लामो सास फेरी । लाग्थ्यो उसले ठूलै युद्ध पार गरिन् । केबुक पुछारमा नै २÷४ वटा लिम्बूको घर रहेछ । त्यस घरमा बास माग्ने निधो गर्यौ । संयोगले त्यस घर हाम्रो गाउँको छोरी पर्नेको रहेछ । लिम्बू चलनअनुसार छोरीको घर रित्तो हात पुग्नु बढो सरमको कुरा हो । तर माइलीले बेलिविस्तार लगाई बासको पक्का गरिन् । बासको पक्का भए तापनि माइलीकोे मौनता म सँग भने कायम नै थियो । विरानो ठाउँमा त्यसै माथि थकान र भोकले नबोलेको होला झै लागेर मैले उसलाई बोलाउन उचित ठानिन । खाना पश्चात उसले नै मलाई सोध्यो ‘तलाई त्यो जङ्गलमा डर लागेन ?’ मैले भने ‘अह, किन डराउनु ? आफ्नै गाउँठाउँ त हो नि । कि तेलै केही देखिस ?’ भन्ने शंकालुु भावले सोधे । तलाई थाहा छैन त्यो जङ्गलमा भन्दै मात्र के थिई मैले ‘कि जङ्गलमा भूत देखिस्’ भन्ने गिज्याउने तरिकाले प्रश्न गरिहाले । उसले डरको भावमा नै भनि ‘त्यो जङ्गलमा त मान्छे मारेर फालेको हो नि कुनै समय ।’ माइलीको कुरा नसकिदै मेरो मुखबाट ठूलो हासो फुर्यो । माइलीले मलाई आश्चार्यले हेर्दै भनि ‘नपत्याएको ?’ मैले हासोमा नै पत्याए, तैले भनेको कुरा पनि मैले कसरी नपत्यउनु भनी जिस्किने भावमा भने । उसले मेरो हासोलाई बेवास्ता गरिन । उ अझै गम्भीर नै थिइन । उसको अनुहारमा डर अझै पनि प्रष्ट नै झल्किन्थ्यो । मैले भने ‘अहिलेको जवाना पनि मरेकोसँग डराउने हो र ? डर त जीउदो मान्छेसँग पो मान्ने हो त । तैले आजसम्म मरेको मान्छेले बलात्कार गरेको, लुटेको सुनेको छस् ?’ भनि प्रश्न गरे । ‘चुप लाग्’ भन्ने प्रतिक्रिया दिई निदाइन् । मेरो मनमा भने प्रश्न नै प्रश्नको थाक लाग्यो । कसले मारेको ? किन मारेको ? कहिले मरेको ? उक्त घटना रहस्यमय नै रहयो ।
विहान चियासँगै हिजो बेलुकीको जङ्गलको यात्रा माइलीलाई स्मरण गराए । उ भित्रको डर भने सबै निस्किगएको थिएन । उसले स्मरण नगराउँन अनुरोध गरिन् । एउटा घटनाले किन सम्पूर्ण यात्रा खल्लो पार्नु भनि मैले पनि उसलाई त्यसबारे पुनः स्मरण नगराउने प्रतिज्ञा गरे । यात्रा केबुकको धार्मिक, स्थल, ऐतिहासिक स्थलको भ्रमण गर्दै अघि बढ्यौ । बाटोमा अनेकन जङ्गल, खोलानालाहरू आउँथे । जङ्गल भन्ने वित्तिकै माइली डराएको अनुुहारमा प्रष्ट झल्किन्थ्यो । उसले हरेक जङ्गललाई एउटा घटनासँग तुलना गरेर हेर्थी । सकेसम्म मैले उसलाई जङ्गल नआउँने बाटो गरी अघिअघि हिडाउने कोशिस गर्थे । खुल्ला ठाउँमा भने पालाम र गीत गाएर यात्रा स्मरणमय बनाउँथी । बाटोमा भेटेको प्रत्येक व्यक्तिलाई सोल्टीले सम्बोधन गर्थी । सोल्टी भन्ने शब्द प्रयोग गर्ने वित्तिकै जिस्याउने मनसाय रहनु भन्ने हो । हाम्रो यात्रामा बेलाबेला केहीँ समयको लागि सहयात्रा गर्ने सोल्टीहरू भेट हुन्थ्यो । मैले जिस्याउने भावमा नै ‘माइली अविवाहित हो है’ भनि सोल्टीहरूलाई स्मरण गराउँथे । त्यस बेला माइली खुब रिसाउथी । उ पनि के कम ‘म भन्दा यो जेठी हो भनी’ तर्क गर्थी । बारुलाको गोलोलाई बिच्क्याएर स्वतन्त्र हुन खोज्थे तर, अन्त्यमा आएर मलाई नै चिल्थ्यो ।
दाँगपाको उकालो बाटो, टन्टलापुर घाम त्यसैमाथि दुई दिनको हिडाइको थकान । थकाइलाई कुनै प्रवाह नै नगरी यात्रालाई रमाइलो बनाउने जति सक्दो प्रयास गर्थे । उकालोमा माइली हिड्न अलि सक्दिन थि । माइलीको हिडाइ बढाउँनलाई केही जङ्गलको प्रसङ्ग, भूतको प्रशङ्ग निकादिउकी झै लाग्थ्यो तर माइलीको अनुहारको थकाइ देखेर त्यसो गर्न मन मानेन । उ भूतप्रेतमा हदैसम्मको विश्वस राख्थी । उकालोमा माइलीलाई थकाइ महशुस नहोस भनि विहेको प्रशङ्ग निकाले । मैले भने ‘माइली विहेमा चट्ट सारी, गरगहना लगाएर बसिस भनेत क्या राम्री देखिन्छस् होला नि ?’ उसको थकानले भरिएको अनुहार म तिर फर्काइ एकछिन लामो सास तानी । भनिन् ‘उम, विहे मलाई धुमधाम गर्नु छैन । हैसियत हेरी विहे गर्ने विचार गरेको छु । सादय, कलेजी कलरको ढाकाको सारी, हल्का गरगहना । दुईतिरको विहेलाई यती सामानले नै व्यवस्थापन गर्छु ।’ त्यति भनि एकछिन मौन भइन । तत्कालै तलाई पाउने त कति भाग्यमानी होलानी भनि फुक्र्याउने मन थियो तर केहीँ प्रतिक्रिया दिइन । कल्पनामा भए तापनि उसको विहेमा रमाउन दिए । केहीँ समयको मौनता पछि बोलिन् ‘विहेको सम्पूर्ण तयारी त गरियो तर अब, बाँकी मन मिल्ने केटा खोज्नु छ ।’ उसको दुखेसो पोखि सक्दा नसक्दा मलाई गजब्बको हासो मेरो मुखबाट फुत्कीयो । म निकै बेर हासे । लाग्छ म उसको दुखमा रमाइरहेको छु । मेरो हाँसोमा उ गम्भीर भइन । उसको मौन हेरइसँगै मेरो हासो पनि रोकियो ।
माइली फोटो खिच्न एकदम सौखिन, नयाँ नौलो कुरा देख्ने वित्तिकै फोटो खिच्न लगाइ हाल्थिन । उसको इच्छा अनुरूप फोटो खिचिदिन्थे । उसको थकान मैले महसुस गर्थे भने उसले मेरो थकानलाई जानि जानि बेवास्था गरी फोटो खिच्न आग्रह गर्थिन । कुनैबेला ‘धेरै फोटो खिच्ने मान्छेको आयु छोटो हुन्छ’ भनि उसको आग्रहलाई कुरैमा टारिदिन्थे । मृत्युदेखि डराएर हो कि चुप लागेर हिड्थी । मलाई आज पनि सम्झना छ, मामली जाँदा होस् या कुनै ठाउँमा पाहुना जादा १÷२ घन्टाको उकालो बाटोमा अनगिन्ती चौताराहरू हुन्थे । चौतारामा बर र पिपलको जोडीले हजारौँ यात्रीहरूलाई शितलता प्रदान गथ्र्यो । ठाउँठाउँमा बाँसको पधेरो, कुवा । जसबाट हजारौँ प्यासीहरूले करर्कलाको पातको माध्यमबाट प्यास मेट्थे । अह, अहिले त्यो कुराहरू अतित बनेका छन्, सपना भएका छन् । त्यत्रो २ घण्टाको उकालोमा एक ठाउँ चौतारा या धारा भेटिएन । यातायातको सुविधाले पैदल यात्री बाटोमा विरलै भेटिन्थे । मुल बाटोका निसानाहरू विस्तारै मेटिदै थिए । समयसमयमा माइली पनि मैले गाडीमा ल्याइन भनेर खुब गाली गर्थी । माइलीको रिसाइबाट मान्छेहरूमा हिड्ने बानी सवारी साधनले विस्तारै विस्थापित गर्दै लगिरहेको छ भन्ने कुरा प्रष्ट देखिन्छ ।
हासी माजाक, ख्याल ठट्टा गर्दै उकालो पनि पार भयो । अब कस्को घरमा बास बस्ने भनि मनमा विभिन्न परिचित व्यक्तिहरूको नाम सम्झिन थाले । झट्ट नाम सम्झि एकजना परिचित मान्छेको घरमा बास बस्ने निधो भयो । माइलीलाई जङ्गल, खोलानाला, साँझ बाहेक उसलाई केहीको पनि पीर थिएन । हामी उमेरले २÷३ महिना फरक भए तापनि मलाई अभिभावक जस्तै सम्झिन्थी । उ मेरो आडमा निर्धक्क हिड्थी । म विभिन्न मान्छेसँग भेट्थे, कुरा गर्थे उ चुपचाप लागेर सुनिबस्थी । बेलाबेला भन्थि ‘तेरो सङ्गतले म पनि आफूलाई नेता भएको महशुस गरिरहेको छु ।’
यो पटक चाहीँ बेलैमा बास बस्ने निधो गरियो । बस्ने घरमा पुगिसके पश्चात पाहुँना सत्कारको लागि सुगुरको मासु र तोङ्बा चाजोपाजो गरेको घरवालाको हाउभाउँबाट बुझे । हामीलाई स्वागत गर्न आउँनुभएको घरवालालाई दाजुुको सम्बोधनमा ‘दाजु, हामी त तोङ्बा र सुगुरको मासु खादैनौं भनी मुख खोलिहाले । मेरो कुरा राम्रो सकिन नपाउँदै ‘हटै, सुगुुरको मासु र तोङ्बा नखाने पनि लिम्बूूनी हुन्छन्’ भन्ने गतिलो जवाफ आयो । हामी मौन बस्यौँ । सुगुरको मासु नखाने भएपछि कुखुरा काट्न घरको अर्को सदस्यलाई संकेत दिनुभयो । मैले तत्कालै हामीलाई कुखुरा पनि चल्दैन भन्ने प्रतिक्रिया दिए । दाजु अचम्म मान्दै बाहिर निस्कनुभयो । दाजुको पाइला दैलोको बाहिरी संघारमा मात्र के परेको थियो माइलीले मलाई रिसको भावले आँखा तरिन् । ‘तलाई इच्छा नलागे पनि मेरो बारेमा त सोच्नु पर्दथ्यो’ भन्दै खुब नराम्रोसँगले चिडिइन् । हामीलाई सुगुरको मासु नचले पनि कुखुराको मासु चाहीँ काइदाले चल्थ्यो । एकदिन आएको पाहुँनाले यत्रो दुःख नदिउ झै मेरो मनमा उब्जीयो । तर, लिम्बू समूदायमा पाहुँनालाई सत्कार गर्नु मुख्य संस्कृतिमा नै पर्दछ । उक्त सत्कारलाई सम्मान गर्न नसक्नु मेरो बाध्यता नै थियो । भोलिपल्ट बाटोमा माइलीलाई कुखुराको मासुको प्रशंग निकाल्दै जिस्क्याउनुको मज्जाको फाइदा पनि लुट्न भ्याइसकेको थिए ।
साझपख बास बस्ने स्थानमा पुग्यौ । बाटोबाट फोन गर्दा नै आज गोरुको मासु खानु पर्छ है भन्ने आग्रह आएको थियो । मैले गोरुको मासु सानो छदा एक पटक घर बाहिर छुट्टै ठाउँमा पकार खाएको सम्झना छ तर त्यसको स्वाद भने मरिगए सम्झना आएन । फोनको आग्रहलाई सहजै हुन्छ भनि स्वीकारे तर यो कुरा माइलीलाई चाहीँ भनिन । गोरु गाउँमा खासै खाने चलन छैन । कानुुनले पनि यो कुरालाई अवैध गरेको छ । हाम्रो गाउँतिर गोरु खाने चलन अनौठो मानिन्छ । उसलाई पनि अनौठो लाग्न सक्ला भनेर सुइको दिइन । खाना खाने क्रममा सुकुटी आयो । उसले टेवलमा सुकुटी देख्न साथ ‘के को मासु’ भनि प्रश्न गरीहालिन् । मैले जवाफमा ‘रागाको हो’ भने । उसले मेरो कुरामा खासै विश्वास गरिनन् । ‘गन्ध त गोरुको जस्तो आउँछ त गोरुको सुकुटी त होइन ?’ भनि प्रश्न गरिन् । उसले सुकुटी देख्ने वित्तिकैको छुुट्टै प्रकारको प्रतिक्रिया जनाइरहेकी थिइन । उसको अनुहारको प्रतिक्रियाले हासो थाप्न सकिन । मेरो हासोबाट नै बुझि पक्का पनि गोरुको मासु हो भनि । मैले पनि ‘अ….गोरुको मासु हो औषधी हुन्छ खा’ भनिदिए । मैले उसलाई एक पिस चाख्न अग्रह गर्दै जिन्दगीमा यति मिठो चिज केहीँ हुन्न झै गरी सुकुटीको बयान गरिदिए । उसले तत्कालै म भन्दा अलि पर सरी मलाई पनि निकै पर जान अनुरोध गरीन् । म भने उसलाई जसरी पनि खुवाउने तरखरमा अलि नजिक गए । उसले मेरो प्रस्तावलाई अस्वीकार गरी । मैले त्यो भन्दा धेर कर गरिन । मैले पनि पहिलो पटक स्वाद पाएको भएर त्यति मनैदेखि भने आत्माले स्वीकारेको थिएन तर दिमागमा भने यो औषधि हो, औषधी तितो नै भए पनि जवरजस्ती खानु पर्छ भन्ने सोचले खाए । मेरो भागमा परेको जति सुकुटी सबै खाए तर उसले भने खाना पनि खान सकिनन् ।
सुत्ने बेला घरको सम्झना गर्थिन् । घरबाट निस्किएको पनि ३ दिन भएको थियो । २ दिनसम्म त घरकोसँग सम्र्पक हुदैँ थियो ३ दिनको दिनमा एनसेलको नेर्टवक नआउने ठाउँमा पुगेछौँ क्यार घरकोसँग सम्र्पक हुन सकेन । सम्र्पक नभएकोमा उ चिन्तित देखिन्थि । म भने घरबाट ८÷९ वर्ष पाखा लागेको र धेरै कठिन यात्रा गरिसकेको अनुभवले खासै चिन्तित थिइन । उ ‘भन्थि हामी छोरी मान्छे गाउँबाट निश्किएको ३÷३ दिन भइसक्यो समाजले के भन्नलान् ? यसरी यहाँ अरुको गाउँगाउँ हिड्दा यहाँको समाजले के सोच्लान्’ लगायतका अनेकन प्रश्नले घेरा हाल्थिन् । मैले मेरो तर्फबाट सोच्दा यो आज पनि कुन जवाना रहेछ झै लाग्थ्यो, महिला घरमा नै कुन्ठित भएर बस्नुपर्छ भन्ने मान्यतालाई हामीले नै तोड्नु पर्छ भन्ने विद्रोह पलाएर आउथ्यो । म पनि त्यहीँ समाजको जहाँ उ हुर्केको थियो । उसमा आर्दशपन आउथ्यो भने, म मा विद्रोहपन । मैले उसलाई विद्रोहपन देखाइन । ‘केहीँ हुन्न राम्रो सोच र सत्य मार्गको बाटो हिडे कसैले पनि औला उठाउन सक्दैन’ भनि सम्झाउथे । खै मेरो कुरा कति बुझ्थी बुझे झै गरी निदाउँथी ।
यात्राको क्रममा कहिले पानीको समस्या आउथ्यो त कहिले खाना, खाजा खानेको निश्चित समय हुदैँन थियो । जति दुख, कष्ट परे पनि एकअर्कामा जिस्कीने, दोस्रो व्यक्तिलाई जिस्याउन भने छोडेनौँ । यात्रामा दुईजना भए पनि हदैसम्मको रमाइलो गथ्र्यौ । बाटोमा कतिपटक कुकुरले नराम्रोसँग झम्टन्थ्यो । कुकुरको रङ्ग हेरी कालो भए काले, सेतो भए सेते भनि परिवारकै सदस्य झै मायाले बोलाउथ्यौ । टोक्नलाई नै झम्टेको कुकुरलाई पनि तत्कालै मायाले पकाल्थ्यौ । माया नै रहेछ संसारमा सबैभन्दा शक्तिशाली । मलाई हप्तौं या महिनौ दिन लगाएर प्राकृतिक सुन्दरताले भरिएको रमणिय स्थानहरूको भ्रमण गर्न मन थियो । तर, माइलीको घरको तिर्सना, समाजको डरले गर्दा ५ दिनको दिनमा घर फर्कियौँ । छोटो दुुरीको यात्रा कयौँ पटक गर्यौ । जिन्दगी भनेको यात्रा नै त रहेछ । यात्राको क्रममा आएको अवरोधलाई कहिले सहज तरिकाले छिचोल्यौ त कहिले कठिन तरिकाले सामना गर्यौ । तर जसरी भए पनि गन्तव्यसम्म पुग्ने अठोत गरी अघि बढ्ने यस यात्राबाट शिक्षा लियौं ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।