आफ्नो भूगोलप्रतिको अगाध प्रेम ‘ओयाम एक तस्बिर’ - Naya Online

आफ्नो भूगोलप्रतिको अगाध प्रेम ‘ओयाम एक तस्बिर’

प्रकाश दिप्साली राई

कवि एवं लेखक सुजन सेलिङ लामो समय परदेशमा पसिना बगाएर स्वदेश फिरे । परदेशको अध्याय थालनी गर्नु अघि देशमा नि साहित्य सिर्जना, आयाम र अनेक गतिविधिमा क्रियाशील त थिए नै अब्बल पनि उत्तिकै । हामी श्रम पोख्न परदेश गएका हुन्छौँ न कि सिर्जना गर्न । यो अर्थमा पनि स्वभावैले परदेश घरदेशजस्तो हुँदैन । तर पनि बचेखुचेको समय उबार्दै उनी परदेशमा नि कहिले खाली बसेनन् । परदेशमा रहँदा उनले भने जस्तो गतिविधि गर्न पाएनन्, आफ्नो सोच जस्तो सिर्जनालाई बुट्टा भर्न पाएनन् तर सपनाहरू प्रशस्तै सजाएका थिए । परदेशबाट फर्केर आफु जन्मेर हुर्के बढेको थातथलो साविक ओयाम गाविसमा पाइला राखे तब हिजोको ओयाम राज्यको पुनसंरचनाको मापदण्डमा निचोरिएर याङ्वरक वडा नम्बर ३ मा परिणत भएको थियो । बिस्तारै ओयामको अस्तित्व नै नामेट हुने चिन्ताले सेलिङको मन कुँडिएको हुनुपर्छ र नै ओयामलाई जीवन्त बनाउन कम्मर कसे । जसको उपज ‘ओयाम एक तस्बिर’ स्मारिकाको रूपमा प्रकाशन गरे ।

 

यो पुस्तकले ओयामलाई नजिकबाट चियाउने जमर्को गरेको छ । यसका निम्ति सम्पादक तथा प्रकाशक सुजन सेलिङले धेरै कलमी पसिना बगाएका छन् । यो पुस्तक भावी पुस्ताको खातिर खोजको एउटा पाटो समेत हुनेछ । ओयामको विविध पक्षलाई उजागर गर्ने चेष्टा गरेको देखिन्छ । हामी कवि लेखकहरूले आफ्नो थातथलोलाई शिरमा राख्नु भनेको हाम्रो धर्म पनि हो । हामीलाई कवि लेखक बनाउने आफु जन्मेको कुर्केको थातथलो नै हो । हाम्रो पहिलो सिर्जना सायदै हाम्रो थातथलोकै या त थातथलोको परिवेशले नै हुने गर्दछ । यो पुस्तक एउटा दस्तावेज हो । यो दस्तावेजले भूगोलको एउटा विन्दुमा रहेको ओयामको नालीबेली आम नेपालीभाषीमाझ पुराएको छ । हरेक दृष्टिले पुस्तकलाई वजनदार बनाउने चेष्टा गरिएको छ । ऐतिहासिक, साँस्कृतिक, साहित्यिक, धार्मिक, राजनैतिक, सामाजिक, आर्थिक, भौगोलिक पक्षको सारै मिहिन ढङ्गले उठान गरिएको छ । ओयामलाई हरेक दृष्टिले बुझ्न, महसुस गर्न सकिने आधारहरू लेखक वा संकलकहरूले लेख तथा खुरकहरू तयार पारेका छन् । यो पुस्तक हेर्दा लाग्छ यसको चाँजोपाँजो वा मेसो निक्कै पहिलेदेखि मिलाइको हुनुपर्छ । र नै यो पुस्तक सह्रानीय बनेको छ । ओयामको न्वारानको किंवदन्तीदेखि लिएर गणतन्त्रप्राप्ति पश्चातका उतारचढावहरू समेटिनुले पुस्तक ओयामेलीहरूको निम्ति थप चासो बनेको छ भने त्यसभन्दा बाह्यका पाठक वा माथि उल्लेखित हरेक पाटोका अध्येताहरूलाई थप रुचिको विषय बन्न सक्छ । पछिल्लो समय माटोलाई प्राथमिकतामा राखेर कलम चलाईदैँछ । यो पुस्तकले तथ्यहरूसहित ओयामलाई चिनाउन खोजेको छ । इतिहाँसलाई पुनः पठनसमेत गराएको छ । ‘ओयामका हिजोदेखि आजसम्मका जनप्रतिनिधिहरू’, ‘नेपाली क्रान्तिको प्रजातान्त्रिक सेनानी’(जुन लेख प्रजातान्त्रिक आन्दोलनका योद्धा पदम सिं राईको बारेमा लेखिएको छ ।) महत्वपूर्ण लेख हो । यो लेखले अहिलेका पिँढीलाई प्रजातन्त्र प्राप्तिमा ओयामको पनि योगदान रहेछ भन्ने कुराको बारेमा जानकारी गराउँछन् । ‘पदमबहादुर चौहान र ओयामको विकास’ लेखले ओयामको विकास निर्माणले कसरी फड्को मा¥यो भन्ने कुराको नालीबेली बुझ्न सकिन्छ । ओयामको शैक्षिक क्षेत्रको उजागरको निम्ति दुर्गाप्रसाद खरेलहरूले गरेको योगदान स्वरूप तयार पारिएको ‘शिक्षाको विरुवा रोपेर ओयाम छाडेका दुर्गाप्रसाद खरेल’ शीर्षकको लेखले ओयामको शैक्षिक इतिहासलाई छर्लङ्ग बनाइदिएको छ । ‘लिम्बुवानको जिउँदो बाघ चन्द्रप्रसाद योङ्या’ यस्ता लेखहरूले यो समाज र आफ्नो निम्ति भए नि केही गरौँ भन्ने हुट्हुटी लगाउँछ ।

ओयामको कला साहित्य र संगीतको अवस्था कस्तो थियो ? र कस्तो छ ? यसको खोज पनि सराहनीय छ । प्रख्यात साहित्यकार भानुभक्त पोख्रेलदेखि लीला सेलिङ मावोसम्मका सर्जकरुलाई अटाइएको यो खण्डमा ओयामका कला साहित्य र संगीतको इति वृत्तान्त प्रस्तुत गरिएको छ । त्यहाँको अग्रणी नारी हस्ताक्षर मीना राईको बारेमा लेखिनु अहिलेका नारी सर्जकहरूलाई प्रोत्साहन हो । एउटा गीतले भने जस्तो ‘एक जुगमा एक दिन आउँछ’ यस्ता दिनहरू । सुजन सेलिङहरू पनि त्यस्तैमध्येमा पर्छन् । यस्ता दस्तावेजहरू बारम्बार लेखिदैनन् । अर्को यस्तो दस्तावेज लेखिन दशकौँ दशक कुर्नु पर्ने हुन्छ । जि के पोख्रेल, टंक सेलिङ, श्र,वण योङ्याहरू यस्ता पुस्तकमा लेखोट हुनु भनेको भावि सन्ततिहरूको निम्ति कला, साहित्य, संगीतसँगै खोज अनुसन्धानका निम्ति बाटो फराकिलो हुनु हो ।

त्यस्तै त्यहाँको पर्यटकीय स्थलहरूलाई पनि पुस्तकमा समेटेर ओयामको पर्यटनसँगै विकास र समृद्धिको सम्भावनाहरू औँल्याइएको छ भने अर्कोतिर महत्वपूर्ण त्यस्ता क्षेत्र र पुरातात्विक तत्वहरू अवहेलना भइरहेको तर्फ पनि सचेत रहँदै सम्बन्धित निकायप्रति खबरदारी गरेका छन् । ‘पूर्वाधार पर्खदै चरिभञ्ज्याङ’ लेख सम्बन्धित निकायलाई खबरदारीको एउटा उदाहरण नै हो । आँपडाँडा, खानाक्ला झरनाको व्यथा पनि उस्तै नै छ । वेवास्ता र ओझेल परेको गुनासो छँदैछ । यसको संरक्षण, संवर्धन र विकास गर्ने हो भने ओयाम पर्यटनमा संमृद्ध हुने ठहर छ यो पुस्तकका लेखकहरूको । पुस्तकमा शिक्षामा ठुलै अध्याय राखिएको छ । ओयामको शैक्षिक गतिविधि, ओयाम शिक्षित हुनुमा के कस्ता उतारचढावहरू आयो भन्ने कुराहरूको दृष्टिगोचर गर्न सकिन्छ ।

यो पुस्तकमा साँस्कृतिक पक्ष र खेल जगतचाहिँ संक्षेपमा मात्र भएको जस्तो महसुस हुन्छ । खेलकुद भन्दा साँस्कृतिक पक्ष यहाँको मजबुत जरुर छ । यो पक्षलाई अलि बेलीविस्तार गर्न पाएको भए हुन्थ्यो कि भन्ने लाग्छ । यहाँ जे जति छ त्यो अपुग भयो कि भन्ने आभाष हुन्छ । खेल खेलाडीसम्बन्धमा पनि अरु खोजीमेली गर्न पाएको भए पुस्तकमा सुगन्ध थपिन्थ्यो होला कि भन्ने पनि उत्तिकै लाग्छ । खोज अनुसन्धान पक्ष कठिन काम हो । भने जस्तो सहज पक्कै छैन । हामी सदा सकारात्मक विचार र निरन्तर क्रियाशील बनेको खण्डमा हाम्रो सामु कुनै काम असम्भव छैन भन्ने प्रमाण हो यो पुस्तक । कवि तथा लेखक सुजन सेलिङ दाईको यो मिहिनेत जति नै तारिफ गरे नि कम नै हुन्छ । साविकको ओयाम गा.वि.स.हालको याङ्वरक गाउँपालिका वडा नम्बर –३ ले यो बुकलाई मुल्याङ्कन तुलोमा कसरी जोख्ने हो ? यो उसैको धर्म हो । एउटा असल लेखक जन्मनु भनेको एउटा युग जन्मनु पनि हो । ‘ओयाम एक तस्बिर’ एउटा युग हो भन्दा फरक पर्दैन । जसको जोखिम सुजन सेलिङले मोलेका छन् ।

अन्त्यमा ‘ओयाम एक तस्बिर’ सबैको तस्बिर बनोस् । यस्ता दस्तावेज अथवा स्मारिका प्रकाशनलाई सम्बन्धित निकायले पनि निस्वार्थ रूपले अनुशरण गरोस्, अनुकरणीय कार्यको निम्ति प्रिय दाई कवि÷लेखक तथा यस पुस्तकका सम्पादक सुजन सेलिङलाई यो ऐतिहासिक कामको निम्ति हार्दिक बधाईका साथ ओझेलिन्छु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...