तायाहाङमा राईको स्वरमा ‘हिमाली शिरमा’ सार्वजनिक (भिडियोसहित) - Naya Online

तायाहाङमा राईको स्वरमा ‘हिमाली शिरमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १३ कात्तिक । नेपाली गायनका क्षेत्रमा डेढ दसकदेखि निरन्तर लागिपरेकी गायिका तायाहाङमा राई अब्बल गायिका हुन् । उनै गायिकाको स्वरमा रेकर्ड भएको पछिल्लो गीत ‘हिमाली शिरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतकार टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र विकास चौधरीको सुमधुर सङ्गीत रहेको उक्त गीतको छायाङ्कन सुन्दर नगरी पोखरा र धम्पुस क्षेत्रका रमणीय स्थान गरिकाले दृश्यहरूले दर्शकलाई लोभ्याउँछन् ।

नायिका मिरूना मगरको कुशल अभिनय रहेको म्युजिक भिडियोलाई गीतकार चन्द्र लामा ‘अनुराग’ले निर्माण गरेका हुन् । भिडियोमा उनले अभिनयसमेत गरेका छन् । वरिष्ठ छायाँकार शिव ढकालले म्युजिक भिडियो खिचेका छन् ।

युवा नृत्य निर्देशक सुमित गुरूङको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने प्रसिद्ध नृत्य निर्देशक कमल राईको निर्देशन कौशलता प्रस्तुत भएको यस म्युजिक भिडियो हरेक पक्षबाट अब्बल बनेकाले हरेक स्तरका स्रोता दर्शकको मन जित्ने देखिन्छ ।

https://www.youtube.com/watch?v=Qu5W2GO8XgI

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...