मच्छेनारायण दिपावली साँझ २०७८ हुने - Naya Online

मच्छेनारायण दिपावली साँझ २०७८ हुने

काठमाण्डौं, १३ कात्तिक । नेपालीहरूको महान चाड दिपावलीको शुभ अवसरमा मच्छेनारायण दिपावली सांझ हुने भएको छ ।

एमआरएस जादु इन्टरटेण्टमेन्टको प्रस्तुतिमा रवि अधिकारी र राजु थापाको संयुक्त आयोजनामा यही कार्तिक १६ गते किर्तिपुरको मच्छेगांउको चम्पादेवी बसपार्क, अधिकारी टोलमा दिनको ११ बजे देखि हुन लागेको कार्यक्रममा १०० भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताईएको छ ।

आफ्नो कला, संस्कृतिको सम्मान, जगेर्ना गर्नुपर्छ भन्ने मुल उद्देश्यका साथ नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको कार्यक्रममा १०० भन्दा बढी राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुतिसँगै शुभकामना आदानप्रदान कार्यक्रम, कलाकार, समाजसेवीलाई सम्मान तथा जलपान कार्यकम पनि समावेश रहेको कुरा आयोजकद्वय रवि अधिकारी तथा राजु थापाले जानकारी गराउनु भयो ।

कायक्रममा चर्चित गायकहरू हरी कर्माचार्य, रवि रिमाल, कमल खत्री, सपन श्रेष्ठ, नवराज घोरासैनी, प्रकाश कटुवाल, कर्णराज गिरी, गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ, राजेश विष्ट, मञ्जु गौतम, रुबिसा श्रेष्ठ, सबिता थापा, एलिसा श्रेष्ठ लगायतको प्रस्तुति रहेन आयोजकले बताउनु भयो ।

कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजन र मेरो एम टिभी युट्युब च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछ भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी राधा रिमाल र गायक तथा प्रस्तोता रमेश श्रेष्ठ मेलोडी, गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ तथा चर्चित हाँस्य कलाकार तथा महादेव त्रिपाठीले गर्नेछन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...