तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता पाएको छ ।
नयाँ वनेको कार्य समितिमा अध्यक्ष केशवकुमार भट्टराई, उपाध्यक्ष तारा कार्की गुरूङ, सदस्यहरू नरेन्द्र कुमार ईङनाम, गोविन्द बहादुर सोदेम्वा, प्रविण मोते, पवित्रा कार्की, सुमन सेने, ममता कुरूङवाङ चयन भएका छन् ।
नयाँ बनेको कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई म्याङलुङ नगरपालिकाको तर्फबाट नगर प्रमुख मेयर सञ्जयकुमार तुम्वाहाम्फे, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोपाल कृष्ण लिम्बु, जिल्ला सहकारी संघ तेह्रथुमका अध्यक्ष छत्र रिमाल, राष्ट्रिय रेफ्रि तथा प्रशिक्षक टिका खुलाल लगायतले समितिलाई स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।