तेह्रथुम जिल्लाको मियङलुङ बजारमा युमा धर्म लेख्नेबारे छलफल - Naya Online

तेह्रथुम जिल्लाको मियङलुङ बजारमा युमा धर्म लेख्नेबारे छलफल

तेह्रथुम, ११ कात्तिक । राष्ट्रिय जनगणनामा युमा धर्म लेख्ने बारे तेह्रथुम जिल्लाको मियङलुङ बजारमा युमा साम्यो महासभा नेपाल जिल्ला तदर्थ समिति तेह्रथुमका अध्यक्ष लालकुमार पयाङ्गुको अध्यक्षतामा एक सम्मेलन सम्पन्न भएको छ ।

युमा साम्यो महासभा जिल्ला तदर्थ समिति तेह्रथुमको आयोजनामा सम्पन्न उक्त सम्मेलनमा मियङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जय तुम्बाहाङ्फेको प्रमुख आतिथ्यता र लालीगुराँस नगरपालिकाका नगरप्रमुख एवं मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङको विशेष आतिथ्यता रहेको थियो ।

नेपाली कांग्रेसका सभापति केदार ढुङ्गाना, नेकपा माओवादी केन्द्र, तेह्रथुमका प्रतिनिधि तेजमान कन्दङवा, आदिवासी जनजाति महासंघ तेह्रथुमका अध्यक्ष बलदेव तुम्बाहाङ्फे, तेह्रथुम बहुमुखी क्याम्पसका उप प्राध्यापक देवप्रकाश कन्दङवा, तुम्याहाङ लोकबहादुर फुदोङ, युमा साम्यो महासभाका कार्यालय सचिव भीमसेन लिङदमको पनि आतिथ्यता रहेको सम्मेलनमा याक्थुङ लिम्बूहरुले मानिरहेका विभिन्न धर्महरुको चर्चा–परिचर्चा गरिएको थियो ।

मन्तव्यका क्रममा सम्मेलनका प्रमुख अतिथि सञ्जय तुम्बाहाङफेले आफू राजनीतिक नेता भएकोले सबै धर्महरूप्रति बराबर सम्मान राख्ने गरेको भएतापनि आफ्नो मौलिक धर्म नत्यागेको बताउनु भयो ।

कुनै पनि शोधकर्ताले याक्थुङ खोजे पेगिफाङसामहरूले फलाक्दै ल्याएको मुन्धुमहरूमा भेटिने तर किरात खोजे हिन्दू धर्मका संस्कृत ग्रन्थहरूमा पाइने बताउँदै किरातको तथ्याङ्क बढी देखाएर सरकारी–गैरसरकारी देशीविदेशी परियोजनाहरू हात पारी जागिर खान र राजनीतिमा भोट बटुल्न किरातको पक्षमा चुम्लुङका विद्वानहरूले वकालत गर्ने गरेको जिकिर कार्यक्रमका विशेष अतिथि मुन्धुमविज्ञ अर्जुनबाबु माबुहाङले गरेका थिए ।

आदिवासी जनजाति महासंघका प्रतिनिधि बलदेव तुम्बाहाङफेले याक्थुङ लिम्बू जातिको मौलिक धर्म युमा नै भएकोमा अलमलिन नहुने बताए । त्यसैगरी तेह्रथुम बहुमुखी क्याम्पसका उपप्राध्यापक देवप्रकाश कन्दङवाले किरात हाम्रो शब्दकोश र मुन्धुममै नभेटिने हुनाले याक्थुङ र युमाले नै हामीलाई गर्व एवं आत्मसन्तुष्टी मिल्ने आशय व्यक्त गरेका थिए ।

हामी याक्थुङहरूको धर्म त युमा हो भन्दा तँ एक्लै हुन्छस् भन्ने गरेको विगतको घटना भूपू जिल्ला सभापति पृथ्वीबहादुर तुम्बाहाङ्फेले आफ्नो मन्तव्यका क्रममा सम्झना गराए ।

नेपाली कांग्रेसका प्रतिनिधि केदार ढुङ्गानाले याक्थुङ लिम्बूहरुले मौलिक पहिचान बोक्ने धर्मको खोजी गर्नु सकारात्मक भएको बताएका थिए भने माओवादीका प्रतिनिधि तेजमान कन्दङबाले राजनीतिमा जे भएपनि आफू युमा धर्मी नै रहेको बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...