‘सी चिनफिङः चीनको शासन व्यवस्था’ पुस्तकको दोस्रो खण्ड प्रकाशित - Naya Online

‘सी चिनफिङः चीनको शासन व्यवस्था’ पुस्तकको दोस्रो खण्ड प्रकाशित

काठमाडौँ, ८ कात्तिक । चीन अध्ययन केन्द्रले ‘सी चिनफिङः चीनको शासन व्यवस्था’ नामक पुस्तकको दोस्रो खण्ड प्रकाशित गरेको छ । नेपाली भाषामा अनूदित गरी प्रकाशन गरिएको उक्त पुस्तक मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले विभिन्न अवसरमा दिनुभएका प्रवचन, निर्देशन, अन्तर्वार्ता एवम् दस्तावेजहरूको सँगालो हो । उक्त पुस्तकको पहिलो खण्ड चार वर्षअगि नै केन्द्रद्वारा प्रकाशित भइसकेको छ । पुस्तकको दोस्रो खण्डको विमोचन हालै राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्नुभएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् चीन अध्ययन केन्द्रका कोषाध्यक्ष गङ्गाप्रसाद उप्रेतीले ‘सी चिनफिङः चीनको शासन व्यवस्था’ नामक पुस्तकले चीनको शासन व्यवस्था र विकास एवम् समृद्धिको मोडेललाई बुझ्न सहयोग पु¥याउने बताउनुभयो । “यस पुस्तकको अध्ययनबाट हामीले धेरै ज्ञान हासिल गर्न सक्छौँ । पुस्तकले चीनले प्राप्त गरेका समृद्धि–सफलताका आधारहरू र चीनको शासन व्यवस्थाका मूलभूत आधारहरूबारे महत्त्वपूर्ण जानकारी दिन्छ ।”

चीन अध्ययन केन्द्रका का.वा. अध्यक्ष सुन्दरनाथ भट्टराईले सी चिनफिङ विचारधाराको नयाँ युगको चिनियाँ विशेषतासहितको समाजवादको प्रारुप आँकलन गर्न र यसको गहनता एवम् नवीनताबारे ज्ञान हासिल गर्न चाहने सबैका लागि पुस्तक उपयोगी हुने बताउनुभयो ।

‘सी चिनफिङः चीनको शासन व्यवस्था’ नामक पुस्तकमा राष्ट्रपति सी चिनफिङले विभिन्न अवसरमा सन् २०१४ देखि सन् २०१७ सम्म दिनुभएका ९९ ओटा प्रवचन, उद्घोषण, अन्तर्वार्ता एवम् दस्तावेजहरू २९ ओटा विषयसम्बन्धित तस्बिरहरू समावेस गरिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँकार्य समितिको अधिवेशन

तेह्रथुम, ११ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँकार्य...

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङबाट शुभम ट्रेडिङ...

कुम्मायक गाउँपालिकामा एकहप्ते मालपोत घुम्ती शिविर सञ्चालन हुँदै

पदमसुखी सम्बाहाम्फे पाचथर, ७ मंसिर । कुम्मायक गाउँपालिकामा गत आइतबारदेखि जिल्ला मालपोत कार्यलयद्वारा एकहप्ते...

समाजवादी युवा संघ धरानको पुनर्गठन

धरान, ६ मंसिर । जनता समाजवादी पार्टी, नेपालको जनसङ्गठन समाजवादी युवा संघ धरान उपमहानगरको...

माओवादी केन्द्र, ताप्लेजुङ काठमाडौं सम्पर्क समितिको आठौ अधिवेशन सम्पन्न

काठमाडौं, ६ मंसिर । नेकपा माओवादी केन्द्र, ताप्लेजुङ काठमाडौं सम्पर्क समन्वय जिल्ला समितिको आठौ...

माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश संखुवासभा काठमाडौ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बसले  मोटरसाइकललाई क्कर दिँदा २३...

कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ मंसिर । कुम्मायक गाउँपालिकामा नेपाल नेत्रज्योती संघको ३ दिने...

खजुम समाज सेवाबाट मृत्यु राहत सहयोग प्रदान

-प्रकाश दिप्साली राई धनकुटा , ५ कात्तिक । धनकुटा चौविसे गाउँपालिका वडा नं. ८...

अजम्बरी अक्षरहरूमाथि चर्चा

पदमसुखी सम्बाहाम्फे पाचथर, ५ मंसिर । पाँचथरस्थीत फिदिममा शनिबार सरस्वती दुमी राई र मधुराज...