खत्रीको नियात्रा सङ्ग्रह ‘उडेको आकास डुलेको धर्ती’ सार्वजनिक - Naya Online

खत्रीको नियात्रा सङ्ग्रह ‘उडेको आकास डुलेको धर्ती’ सार्वजनिक

काठमाडौं, ६ कात्तिक । साहित्यकार गीता खत्रीको नयाँ पुस्तक ‘उडेको आकास डुलेको धर्ती’ बजारमा आएको छ । बिहीबार संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नै निवासमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरका सदस्यहरुका बीच पुस्तकको विमोचन गरेका हुन् । पुस्तक नियात्रा सङ्ग्रह हो ।

विमोचनको क्रममा संस्कृतिविद् जोशीले ‘हाम्रो पालामा महिला साहित्यकार भेट्नै मुस्किल हुन्थ्यो, पदमा पुग्ने महिला त कता हो कता ! अहिले अनेसासमा महिला पदाधिकारी हुनु र पुस्तककार बढ्नु राम्रो उदाहरण भएको छ ।’ भनेका थिए ।

अमेरिकामा रहेर नेपाली भाषा र साहित्यलाई संसारभरि पु¥याउन संगठनात्मक भूमिका खेलिरहेकी गीता खत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा, बोर्ड अफ ट्रस्टी छन् । अनेसासको आजीवन सदस्यदेखि कार्यकारी अध्यक्ष हुँदै अहिले उनी ट्रस्टी अध्यक्ष छन् । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी कुशल संगठनकर्ता मानिन्छन् ।

कार्यक्रममा अनेसासकी केन्द्रीय सचिव विमला निरौला, सदस्य डा. रेणुका थापा सोलु, नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडी, बोस्टर्न च्याप्टरका अध्यक्ष दीपा राई पुनः उपाध्यक्ष सरिता अर्यालको नाम सुनेपछि वक्ताहरू बोल्दा बोल्दै शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई अनौपचरिक बनाएका थिए ।

कविता, कथा, गीत, नाटक जस्ता बहुविधामा कलम चलाउने गीता खत्रीले ‘सत्यमोहन जस्तो शताब्दी पार गर्नुभएका विशिष्ट व्यक्ति प्रमुख अथिति हुनु भएको कार्यक्रममा भीड जम्मा गर्नु अहिलेको अवस्थामा अपराध हो । उहाँको दीर्घ र स्वस्थ जीवनका लागि पनि सानो कार्यक्रम गर्नु बाध्यता थियो । यो बाध्यताका लागि क्षमा गरिदिनुहुन मेरा सबै मित्रसँग अनुरोध गर्दछु,’ भनेर थोरै उपस्थितिका बिच कार्यक्रम गर्नुपरेको बाध्यता बताएकी थिइन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुईँटेल, निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसी मदन पुरस्कार विजेता नियात्राकार एवं अनेसासका आजीवन सदस्य युवराज नयाँघरे लगायतको उपस्थिति थियो ।

पुस्तक रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँकार्य समितिको अधिवेशन

तेह्रथुम, ११ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँकार्य...

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङबाट शुभम ट्रेडिङ...

कुम्मायक गाउँपालिकामा एकहप्ते मालपोत घुम्ती शिविर सञ्चालन हुँदै

पदमसुखी सम्बाहाम्फे पाचथर, ७ मंसिर । कुम्मायक गाउँपालिकामा गत आइतबारदेखि जिल्ला मालपोत कार्यलयद्वारा एकहप्ते...

समाजवादी युवा संघ धरानको पुनर्गठन

धरान, ६ मंसिर । जनता समाजवादी पार्टी, नेपालको जनसङ्गठन समाजवादी युवा संघ धरान उपमहानगरको...

माओवादी केन्द्र, ताप्लेजुङ काठमाडौं सम्पर्क समितिको आठौ अधिवेशन सम्पन्न

काठमाडौं, ६ मंसिर । नेकपा माओवादी केन्द्र, ताप्लेजुङ काठमाडौं सम्पर्क समन्वय जिल्ला समितिको आठौ...

माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश संखुवासभा काठमाडौ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बसले  मोटरसाइकललाई क्कर दिँदा २३...

कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ मंसिर । कुम्मायक गाउँपालिकामा नेपाल नेत्रज्योती संघको ३ दिने...

खजुम समाज सेवाबाट मृत्यु राहत सहयोग प्रदान

-प्रकाश दिप्साली राई धनकुटा , ५ कात्तिक । धनकुटा चौविसे गाउँपालिका वडा नं. ८...

अजम्बरी अक्षरहरूमाथि चर्चा

पदमसुखी सम्बाहाम्फे पाचथर, ५ मंसिर । पाँचथरस्थीत फिदिममा शनिबार सरस्वती दुमी राई र मधुराज...