नेपाली लोकरामायणका विविध रूप प्रकाशित - Naya Online

नेपाली लोकरामायणका विविध रूप प्रकाशित

काठमाडौं, ६ कात्तिक । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकरामायणका विविध रूप’ प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्ममा प्रचलित छओटा लोकरामायणलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको हो ।

प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. महादेव अवस्थी सम्पादक रहेको यस कृतिमा नेपाली लोकजीवनमा विभिन्न भाषा, संस्कृति र भूगोलअनुसार प्रचलित सबैखाले रामकथाहरूका बारेमा विस्तृत जानकारी दिइएको छ । ‘नेपाली लोकरामायणका विविध रूप’ कृतिमा डा. बद्री शर्मा बिनाडीद्वारा सङ्कलित ‘चैत रामायण’, प्रा.डा. होमनाथ सापकोटाद्वारा सङ्कलित ‘नचरी रामायण’, डा. मुकुन्द शर्माद्वारा सङ्कलित ‘चरित्र रामायण’, जनकविकेशरी धर्मराज थापाद्वारा सङ्कलित ‘बालुन रामायण’, डा. कुलराज निरौलाद्वारा सङ्कलित ‘सँगिनी रामायण’ र शिवनिधि जोशीद्वारा लिखित ‘सीता भारत’ गरी छओटा लोकरामायणहरू समावेश गरिएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत तयार गरिएको यस कृतिले रामकथाप्रति चासो राख्ने जोकोहीलाई बौद्धिक खुराक प्रदान गरेको छ । लोकवार्ताअन्तर्गत पर्ने सिङ्गो नेपाली लोकजीवनलाई एकै ठाउँमा समेटेर अमर कृतिका रूपमा अभिलेखीकरण गर्ने प्रयास स्वरूप उक्त विभागीय परियोजनाअन्तर्गत यसभन्दा अगाडि नै लोकसाहित्यसम्बन्धी सम्पूर्ण विधाहरू समेटिएको ‘लोकसाहित्य सिद्धान्त’, नेपालका सातै प्रदेश र ७७ ओटै जिल्ला तथा दार्जिलिङदेखि बर्मासम्म प्रचलित नेपाली लोककथाहरूको सङ्कलन ‘प्रज्ञा नेपाली लोककथा’ र आजभन्दा १०६ वर्षअगाडि रेकर्ड गरिएका र जर्मनीको ध्वनिसङ्ग्रहालयमा सुरक्षित सामग्रीलाई टिपोट गरेर ल्याइएको ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ जस्ता ऐतिहासिक महत्त्वका कृतिहरू प्रकाशन भइसकेका छन् भने नेपाली लोकजीवनमा प्रचलित लोकविश्वासहरूलाई सङ्कलन गरी तयार पारिएको ‘नेपाली लोकविश्वास’ र लोकवार्ताअन्तर्गत पर्ने सम्पूर्ण पद वा पदावलीहरूको जानकारी एकै ठाउँमा समेटिएको ‘लोकवार्ताकोश’ प्रकाशनको तयारीमा रहेको जानकारी विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ ।

उहाँले हाम्रो लोकजीवनभित्र प्रवेश गर्ने हो भने अनगिन्ती अमूल्य सम्पत्तिहरू प्राप्त हुने र तिनलाई बाहिर ल्याउन सक्ने हो भने सयौँ वर्षसम्म विश्वलाई पढाउन पुग्ने ज्ञाननिधिहरू हामीसँग रहेको जानकारी दिँदै ‘नेपाली लोकरामायणका विविध रूप’ कृतिको प्रकाशन त्यसैका लागि गरिएको एउटा सफल प्रयासका रूपमा लिनुभएको छ ।

रामायणका कथाहरूलाई विभिन्न शैलीमा प्रस्तुत गरिने नेपाली परम्पराका बारेमा जानकारीसमेत प्राप्त हुने २२४ पृष्ठ र २५० मूल्य रहेको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा प्राप्त गर्न सकिनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँकार्य समितिको अधिवेशन

तेह्रथुम, ११ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको आठराई गाउँकार्य...

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङबाट शुभम ट्रेडिङ...

कुम्मायक गाउँपालिकामा एकहप्ते मालपोत घुम्ती शिविर सञ्चालन हुँदै

पदमसुखी सम्बाहाम्फे पाचथर, ७ मंसिर । कुम्मायक गाउँपालिकामा गत आइतबारदेखि जिल्ला मालपोत कार्यलयद्वारा एकहप्ते...

समाजवादी युवा संघ धरानको पुनर्गठन

धरान, ६ मंसिर । जनता समाजवादी पार्टी, नेपालको जनसङ्गठन समाजवादी युवा संघ धरान उपमहानगरको...

माओवादी केन्द्र, ताप्लेजुङ काठमाडौं सम्पर्क समितिको आठौ अधिवेशन सम्पन्न

काठमाडौं, ६ मंसिर । नेकपा माओवादी केन्द्र, ताप्लेजुङ काठमाडौं सम्पर्क समन्वय जिल्ला समितिको आठौ...

माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश संखुवासभा काठमाडौ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बसले  मोटरसाइकललाई क्कर दिँदा २३...

कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ मंसिर । कुम्मायक गाउँपालिकामा नेपाल नेत्रज्योती संघको ३ दिने...

खजुम समाज सेवाबाट मृत्यु राहत सहयोग प्रदान

-प्रकाश दिप्साली राई धनकुटा , ५ कात्तिक । धनकुटा चौविसे गाउँपालिका वडा नं. ८...

अजम्बरी अक्षरहरूमाथि चर्चा

पदमसुखी सम्बाहाम्फे पाचथर, ५ मंसिर । पाँचथरस्थीत फिदिममा शनिबार सरस्वती दुमी राई र मधुराज...