‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो - Naya Online

‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो

२०७४ सालमा निशाम तुम्बापोको आफ्नै घरमा एउटा चलचित्रको छायांकन भयो । त्यसअघि चलचित्र हेरेको तर छायांकनलाई नजिकबाट देखेको थिइनन् । त्यस छायांकनयता निशामलाई अभिनयमोह जाग्न शुरु भएछ ।

निशामको त्यो मोह ४ वर्ष पछाडि पूरा भएको छ । हालसालै बनेको चलचित्र ‘थिम’मा नायिकाको रुपमा पर्दापण गरेकी छिन् । सागर केरुङको लेखन र यलम्बर खम्बुको निर्देशनमा बनेको चलचित्र ‘थिम’मा निशामले अभिनय गरेकी हुन् ।

रमेश तुम्बापो र मनिकुमारी तुम्बापोको कोखबाट २०५८ सालमा पाँचथर फिदिममा जन्मिएकी निशामको गर्न सके र अवसर पाए यहि क्षेत्रमा अगाडि बढ्ने योजना छ । “यस क्षेत्रमा पाइला मात्र टेकेकी छु, भविष्य यहि पनि हुन सक्छ, अरु नै केही पनि हुन सक्छ” निशामले संक्षिप्तमा बताइन् । साथै पढाईलाई पनि निरन्तरता दिइरहेको के गर्ने भन्ने सोच्न नभ्याएको पनि उनको भनाई थियो ।

निशामबाहेक चलचित्र ‘थिम’मा राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, विवस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई, राजकुमार इम्बुङ, मनि हाङ इम्बुङ, राम कुमार चाम्लिङ, मनाहाङ खेवाङ, लक्ष्मीमाया बेघा खुदाङ, डिल्लीराम खुदाङ, धनबहादुर खुदाङ, बलबहादुर खुदाङ, जितबहादुर खुदाङ्ग लगायतको अभिनय रहेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चलचित्र चे हङकङमा प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक अर्को एउटा श्रव्यदृश्य...

बबिना भट्टराईको स्वर संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक

काठमाडौः बबिना भट्टराईको स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक...

अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी’ सार्वजनिक भएको...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

‘कोइली बनैमा’ गीत सार्वजनिक

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ । डम्बर...

फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि

काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुँदैछ...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...