‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो - Naya Online

‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो

२०७४ सालमा निशाम तुम्बापोको आफ्नै घरमा एउटा चलचित्रको छायांकन भयो । त्यसअघि चलचित्र हेरेको तर छायांकनलाई नजिकबाट देखेको थिइनन् । त्यस छायांकनयता निशामलाई अभिनयमोह जाग्न शुरु भएछ ।

निशामको त्यो मोह ४ वर्ष पछाडि पूरा भएको छ । हालसालै बनेको चलचित्र ‘थिम’मा नायिकाको रुपमा पर्दापण गरेकी छिन् । सागर केरुङको लेखन र यलम्बर खम्बुको निर्देशनमा बनेको चलचित्र ‘थिम’मा निशामले अभिनय गरेकी हुन् ।

रमेश तुम्बापो र मनिकुमारी तुम्बापोको कोखबाट २०५८ सालमा पाँचथर फिदिममा जन्मिएकी निशामको गर्न सके र अवसर पाए यहि क्षेत्रमा अगाडि बढ्ने योजना छ । “यस क्षेत्रमा पाइला मात्र टेकेकी छु, भविष्य यहि पनि हुन सक्छ, अरु नै केही पनि हुन सक्छ” निशामले संक्षिप्तमा बताइन् । साथै पढाईलाई पनि निरन्तरता दिइरहेको के गर्ने भन्ने सोच्न नभ्याएको पनि उनको भनाई थियो ।

निशामबाहेक चलचित्र ‘थिम’मा राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, विवस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई, राजकुमार इम्बुङ, मनि हाङ इम्बुङ, राम कुमार चाम्लिङ, मनाहाङ खेवाङ, लक्ष्मीमाया बेघा खुदाङ, डिल्लीराम खुदाङ, धनबहादुर खुदाङ, बलबहादुर खुदाङ, जितबहादुर खुदाङ्ग लगायतको अभिनय रहेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...