शुद्ध हुनुपर्छ भरिएको घडा - Naya Online

शुद्ध हुनुपर्छ भरिएको घडा

आश्मा अर्याल

आयो दशैँको बेला अरे । के आएकै हो त दशैँ? तिथि, मिति, गते सबै हेर्दा मिलेकै छन् कुराहरूसँग । तर, यहाँ वास्तविक समय न शरदको शीतलतासँग मिलेको भान हुन्छ न त जिन्दगीसँग । अनि जब जिन्दगीले बाँच्ने समय खोज्नुपर्ने हुन्छ, तब जीवन्तताको प्रश्नले छट्पटी झनै बढेको महसुस भैरहेछ क्यालेण्डरको समयले फुर्सद दिएको यतिबेला ।

हामीले केही खुशीहरू बाँचेका छौँ र केही बाँच्नेवाला छौँ यो पक्का हो । तर, हाम्रा अधिकांश खुशीहरूको आयतन किन यति साँघुरो? “भ्यागुतो जति उफ्रे पनि कुवैमा” भन्दै त्यो निर्दोष जनावरको प्राकृुतिक सामाथ्र्यलाई मजाक बनाएर आफूलाई बुद्धिमान ठान्ने हामी मान्छेको पारिवारिकता र आफन्तको परिभाषा देखेर नै ती जनावरहरू पनि हामीजस्तै गरेर हाँस्थे भने हामीले अझ केके पो गथ्र्यौँ होला तिनलाई?

सोच्दा पनि डर लागेर आउँछ ।
यही दशैँकै कुरा गरौँ । आफन्तको नाममा आडम्बरको खातामा वर्षैपिच्छे केही रूपैयाँ दक्षिणा जम्मा गरेर आशीर्वादको वहानामा कतै हामी आफ्नै सत्ता र शक्ति स्थापना गरिरहेका त छैनौँ ? यदि छैनौँ भने भेटघाट गरौँ, रमाइलो गरौँ तर देखाउने र त्यही मौकामा आफ्ना विचारहरू थुपारेर आफन्त अर्थात् आफ्नोपनको बेइज्जत नगरौँ ।

वर्षभरि देखादेख पनि नभएको किन नहोस् आफन्त हुनुको ख्याल जताउन या अधिकार जमाउन नभनौँ, “सन्तानले डाँडा–काँडा ढाकुन्”, “खुट्टाको पानी छिटै खान पाइयोस्”, “ठूलो मान्छे बनेर हाम्रो इज्जत राख्नू”….. आदि, यस्तै खै केके ।

यस्ता इच्छाहरू हाम्रो शीरका लागि आशिष् हुन् कि दबाब त्यो छुट्याउने अधिकार हामी सबैको हुँदा–हुँदै पनि समाज अझै सहज हुन सकेको छैन । निधार, कान र टाउकोमा बोकाउन हर सम्भव कोशिश गरिन्छ आशीर्वादरूपी ढोङ जसको लागि मानौँ यति बोलिदिए पुग्छ, “हामी त आफन्त ! आफ्नो मान्छे !”

आफ्नोपनलाई मर्दा–पर्दा चाहिने भनिरहेका हामी आफ्ना भनिनेहरूले गरेका घातहरूलाई लुकाएर कुण्ठामा जल्ने र जलाउने खेल खेलिरहेका हुन्छौँ । तर, कुण्ठाको स्वभाव नै पोखिनु हो र त्यो तँछाड–मछाड गर्दै जब पोखिन्छ, जिन्दगीमा भेटिएका भावनात्मक सम्बन्धहरू पनि मात्र त्यो आवेगको एक किस्सा बन्न पुग्छन् किनकि मनभन्दा धेरै गहिरो, साँचो र संवेदनशील हुन्छन् भावनाहरू ।

भावनाले न लिएको पत्तो पाउँछ न त दिएको हिसाव नै राख्छ । तर, भरिएको घडाबाट पोखिएका आशीर्वादहरू लिँदा र दिँदा भने हामी कति धेरै कन्जुस्याइँ गरिरहेका हुन्छौँ । अत; हाम्रो सोच नै सानो छ । यही सानो सोचले गर्दा हामी जात, नातेदार, रगतको साइनो भन्नेजस्ता कुराहरूबाट माथि उठ्न सकिरहेका छैनौँ । यही विषाक्त बोटले नै हरेक दिन समाजमा उधुम मच्चाइरहेको छ । आफ्नो, अर्काको, ठूलो, सानो, धनी, गरिव भन्नेजस्ता दुर्गन्धित फूलहरू शीरमा राखेर हामी हाम्रो जिन्दगीको समय बाँचिरहेका छैनौँ । यस्तो बेलाको दशैँले समाज बन्ने त दुरको कुरा भयो हामीलाई पनि खुलेर बाँच्न दिँदैन । अब त बदल्नु छ पारिवारिकता र आफ्नोपनको परिभाषा । गाँस्नु छ मनको नाता अनि मनाउनु छ खुल्ला चाड, जहाँ सबैले सम्बन्धहरू खुलेर गाँस्छन् । व्यवहारको जमरा उमार्छन् र दिलबाट आफूले माया गर्ने मान्छेहरूको लागि प्रार्थना गर्छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...