गोर्खा वेल्फेयर ट्रस्ट धरानले पाटीगाउँमा गर्यो लाखौ रुपैयाको सहयोग। - Naya Online

गोर्खा वेल्फेयर ट्रस्ट धरानले पाटीगाउँमा गर्यो लाखौ रुपैयाको सहयोग।

राजकुमार लिम्बु

मोरङ, २७ असोज । केराबारी गाउँपालिका वडा नं.१,पाटीगाउँमा गोर्खा वेलफेयर ट्रष्ट धरानले कोभिड–१९, कोरोना भाईरस रोकथामको लागि विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

गोर्खा वेलफेयर ट्रस्ट प्रदेश नं. १, धरानले केराबारी गाउँपालिका १ नं.वडा कार्यालय, स्वास्थ्य चौकी पाटीगाउँ र श्री सरस्वती मा.वि.पाटीगाउँलाई कोरोना रोकथामको लागि हेन्ड वास हिलट्याङ्कसहित विभिन्न स्वास्थ्य सामाग्रीहरु अनुदान स्वरुप सहयोग गरेको छ ।

विद्यालय तथा सार्वजनिक स्थानहरुमा अत्याधिक भिडभाड हुने साथै कोरोना संक्रमणको सम्भावना धेरै हुने भएकोले विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयमा हेन्ड वास हिलट्याङ्क जडान गरिएको हो । यसका साथै सेनिटाईजर, डिटोल, हार्पिक, क्लिनर ब्रस, मास्क, डस्विन, वाल्टिन, हेन्डग्लोव लगायतका दुई लाख दुई सय आठ रुपैया उनन्सय पैसा बराबरका स्वास्थ्य सामाग्रीहरु वडा कार्यालय, स्वास्थ्य चौकी र विधालयलाई एकसाथ गोर्खा वेलफेयर ट्रष्ट धरानका द्यः लक्ष्मण लिम्बु, फिल्ड सुपरभाइजर खड्गबहादुर राई, लक्ष्मी राईको टोलीद्वारा १ नं. वडाअध्यक्ष चन्द्रसिंह लिम्बु, श्री सरस्वती मा.वि.का प्राधानाध्यापक श्रताराकुमारी लिम्बु, स्वास्थ्य चौकीका ईन्चार्ज राजकुमार यादवलाई हस्तान्तरण गरिएको थियो ।

केराबारी गाउँपालिका वडा नं. १ का अध्यक्ष चन्द्रसिंह लिम्बुले आफ्नो छोटोे मन्तव्यसँगै गोर्खा वेलफेयर ट्रष्टलाई सहयोगको लागि धन्यवाद दिँदै वडाकै एक मात्र सरस्वती मा.वि.को भौतिक पुर्वाधार सुधारको लागि थप सहयोगको अपेक्षा राखेका थिए । ट्रष्टका सुपरभाईजर खड्कबहादुर राईले पाटीगाउँ र गोर्खा वेलफेयर ट्रष्टबीच साईनो गासिएको र बाँकी दिनमा सरस्वती मा.वि. लगायत वडाका अन्य विद्यालयहरुमा स्वस्थ्य सरसफाई, पुर्वाधार तथा खानेपानी लगायतको क्षेत्रमा सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारको लागि छनौट

काठमाडौं, ७ कात्तिक । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष...

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माण

काठमाडौं, ३१ असोज । नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्रवास...

अदुवाको भाउमा भारी गिरावट आएपछि किसानहरु मारमा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २७ असोज । अदुवाको भाउमा यश बर्ष भारी गिरावट आएपछि...

गोर्खा वेल्फेयर ट्रस्ट धरानले पाटीगाउँमा गर्यो लाखौ रुपैयाको सहयोग।

राजकुमार लिम्बु मोरङ, २७ असोज । केराबारी गाउँपालिका वडा नं.१,पाटीगाउँमा गोर्खा वेलफेयर ट्रष्ट धरानले...

मोरङमा लुटपाट, तीन पक्राउ

मोरङ, २६ असोज । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट...

दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिको माग

काठमाडौँ, २५ असोज । देशमा करिब २० प्रतिशत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा...

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं: अध्यक्ष रोकामगर

पोखरा, २५ असोज । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई...

नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल’ गठन

काठमाडौ २५ असोज । ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’...

‘हाम्रो नेपाल हामी नेपाली’को शुभकामना आदान प्रदान

ललितपुर २३ असोज । शनिवार हाम्रो नेपाल हामी नेपाली अन्तर्गतको युवा संगठनले वडा दशैंको...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...