फुलारा लिटरेचर फाउण्डेशनद्वारा ‘राष्ट्रिय मानार्थ सम्मान –२०७८’ सार्वजनिक - Naya Online

फुलारा लिटरेचर फाउण्डेशनद्वारा ‘राष्ट्रिय मानार्थ सम्मान –२०७८’ सार्वजनिक

काडमाण्डौं, २६ आश्विन । ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य–नेपाली मौलिक कला, संस्कृति र साहित्य’ भन्ने मूल नाराका साथ फुलारा लिटरेचर फाउण्डेशन नेपालद्वारा’ राष्ट्रिय मानार्थ सम्मान –२०७८’ प्रदान गरेको छ ।

नेपाली कला, संस्कृति, समाज, भाषा, साहित्य, चलचित्र, पत्रकारितालगायतका विधामा रही विशिष्ठ योगदान दिनुभएका व्यक्तिहरूलाई ‘राष्ट्रिय मानार्थ सम्मान –२०७८’ प्रदान गरिएको आयोजकले बताएको छ । यो सम्मान अनलाइनमार्फत वितरण गरिएको हो । विधागत रूपमा रहेका सम्मानित व्यक्तित्वहरूको नामावली, प्रमाण पत्र र शुभकामना पत्र फेसबुक, इमेल, भाइबर र ह्वाट्सएपमार्फत् सार्वजनिक गरिएको छ ।

३१२ जना व्यक्तित्वहरूलाई संस्थाको तेस्रो बार्षिक उत्सवको अवसरमा सम्मान गरिएको संस्थाका अध्यक्ष भीष्मराज फुलाराले बताउनु भयो । संस्थाका अध्यक्ष फुलाराका अनुसार कोभिड १९ कम हुँदै गएको देखिएता पनि यसको प्रभाव र असरहरू अझै बाँकी रहेकोले अनलाइनमाध्यम मार्फत् सम्मान वितरण गरिएको हो ।

संस्थाले स्वदेश तथा विदेशमा रही लेखन, कलाकारिता, संगीत, पत्रकारिता, सामाजिक सेवा, सौन्दर्य÷फेसन र व्यवसायमा आफ्नो उत्कृष्टता प्रदर्शन गर्नुभएका व्यक्तिहरूलाई राष्ट्रिय मानार्थ सम्मान वितरण गरिएको जनाएको छ । यस अवसरमा लेखनमा ३४ जना, चलचित्रमा ९५ जना, संगीतमा ५१ जना, पत्रकारितामा ४८ जना, सामाजिक सेवामा ३२ जना, सौन्दर्य÷फेसनमा २८ जना, व्यवसायमा ४ जना र अन्तर्राष्ट्रियमा ३० जना गरी ३१२ जना सम्मानित भएका छन् ।

लेखन विधातर्फ नेपाली वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशी, नेपाली महिला लेखिका माया ठकुरी, नेपाली भाषाका साहित्यकार कृष्ण धरावासी, पूर्णकालिक लेखक बुद्धि सागरलयागत नेपाली वाङ्मय साहित्यका प्रखर लेखकहरू भैरव रिसाल, नयनराज पाण्डे, अमर न्यौपाने, रामलाल जोशी, सुविन भट्टराई, जिएस पौडेल, रामकुमार पांडे लगायत ३४ जना सम्मानित हुनुभएको छ । पांडे अन्तर्राष्ट्रिय लेखकसंघ नेपाल च्याप्टरका अध्यक्ष समेत छन् ।

कला र कलाकारिता विधातर्फ अभिनेता, अभिनेत्री, चरित्र अभिनेता, निर्माता, निर्देशक, छाँयाकार, सम्पादक, भिएफएक्स कलाकार, चलचित्र लेखक, मेकअप कलाकार, संगीतकार, गीतकार, नृत्य निर्देशक, द्वन्द्वनिर्देशक, फेसन डिजाइनरलगायतका ९५ जना चलचित्रकर्मीहरूले सम्मान प्राप्त गर्नुभएको छ । सम्मान प्राप्त गर्नेहरुमा नायक राजेश हमाल, निर शाह, भुवन केसी, धिरेन शाक्य, करिश्मा मानन्धर, रविन्द्र खड्का, मोहन निरौला, तीर्थ थापा, दयाराम दाहाल, आकाश अधिकारी, प्रदिप कुमार उदय, छवीराज ओझा, रोज राणा, उज्वल घिमिरे, उमेश खड्का, दिनेश डीसी, सविर श्रेष्ठ, सुचित्रा श्रेष्ठ, निखिल उप्रेती, विराज भट्ट, निता ढुंगाना, नवल खड्का, पुकार भट्टराई, ज्योति काफ्ले, हिमाल केसी, पुष्कर लामा, रेनिश फागोलगायत रहेका छन् ।

संगीत विधातर्फ संगीतकार, गायक, गायिका, गीत रचना, साउण्ड रेकडिट्स, एरेन्जर, म्युजिक भिडियो निर्देशक, मोडल कलाकारलगायत ५१ जना व्यक्तित्व सम्मानित भएका छन् । सम्मान प्राप्त गर्नेहरुमा भजन शिरोमणी भक्तराज आचार्य, शम्भुजित बास्कोटा, सत्यकला राई, राजु सिंह, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, अन्जु पन्त, कृष्ण कंडेल, शिव परियार, चेतन सापकोटा, अर्जुन पोखरेल, धर्मराज उपाध्याय, किशोर थापा, कविराज गहतराज, रामजी लामिछाने, शंकर विसी, शिव विक, क्रान्ति केसी, आदित्य बुढाथोकी लगायत हुनुहुन्छ ।

यसैगरी पत्रकारिता विधातर्फ रेडियो, टेलिभिजन, छापा र डिजिटल मिडियामा रहेर उत्कृष्ट योगदान गर्नुभएका ४८ जना पत्रकारलाई राष्ट्रिय मानार्थ सम्मान प्रदान गरिएको छ । सम्मान पाउने व्यतित्वहरू बालकृष्ण बस्नेत, फुलमान वल, रवी लामिछाने, ऋषी धमला, मनहरी थापा, अनन्त वाग्ले, विदुर गिरी, गीता अधिकारी, कुवेर गिरी, टिबी विरही लगायत रहेका छन् ।

यस अवसरमा सामाजिक सेवामा सक्रिय रही अमूल्य योगदान गरेका ३२ जना व्यक्तित्वले सम्मान प्राप्त गरेका छन् । सामाजिक अभियन्ताहरू यज्ञराज पाठक, मोहन बहादुर केसी, मुकुन्द पौडेल, प्रदिप रिजाल, सानुभाई खड्का लगायतले सम्मान प्राप्त गर्नुभएको छ । सौन्दर्य÷फेसन विधातर्फ इनु थापा, संगीता थापा, रिना शाक्य, छब्बु कार्की, नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, अमृता कंडेललगायतले सम्मान प्राप्त गरेका छन् । यस विधामा २८ जना सम्मानित भएका छन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न पेशा व्यवसायमा सक्रिय रही नेपाली कला, संस्कृति र साहित्य क्षेत्रमा अमूल्य योगदान गर्नुभएका वकिल तथा व्यवसायी लगायतलाई सम्मान गरिएको छ । वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी, राजनीतिज्ञ एवं सामाजिक अभियन्ता आनन्द विष्ट, व्यवसायी वाला घिमिरे, विश्वनाथ बराल संचारकर्मीहरू कृष्ण केसी, संगीता थापा, किरण मरहट्ठा, किशोर पन्थी, तोया दाहाल, विकास न्यौपाने, बिशाल पौडेल तथा गायक कलाकार यम बराल, समाजसेवी मकेन्द्र सिंह, तेजेन्द्र कंडेल लगायत ३० जना व्यक्तित्वहरू सम्मानित भएका छन् ।

आफ्नो स्थापनाकालदेखि नै फुलारा लिटरेचर फाउण्डेशन नेपाल आफ्नो दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति कटिवद्ध रहेको र देश भित्र र देश बाहिर नेपाली मौलिक कला, संस्कृति र साहित्यकोसंरक्षण, सम्वर्धन र विकासमा अगाडी बढिरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष मान बहादुर थापाले बताए । फुलारा लिटरेचर फाउण्डेशन नेपालको संस्थापक संरक्षक तथा कानुनी सल्लाहकार विगत १५ बर्षदेखि अटूट रूपमा अमेरिकामा रहेर कानुनी व्यवसायी तथा सामाजिकरणको अभियानमा सक्रिय बासु फुलारा छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

‘माङ्गेन्ना चो?लुङ्’को छायांकन सम्पन्न

काठमाडौ, ६ कात्तिक । लिम्बू भाषाको पालाम गीत ‘माङ्गेन्ना चो?लुङ्’ को म्युजिक भिडियोको छायांकन...

पञ्च लिम्बूको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, ६ कात्तिक । क्यानडामा रहेर नेपाली गीत संगीत तथा म्युजिक भिडियो उत्पानमा सक्रिय...

सेमिहाङ सिंगकको पारेना पारेना सार्वजनिक

काठमाडौँ, ६ कात्तिक । गीत लेखन र संगीतमा सक्रिय रहेका सेमिहाङ सिंगक गायनमा पनि...

‘सैईया धिरे धिरे’ सार्वजनिक

काठमाडौ ६ कार्तिक । मोफसलमा रहेर पनि नेपाली चलचित्र निर्माण र भाषिक गीत संगीतलाई...

‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो

२०७४ सालमा निशाम तुम्बापोको आफ्नै घरमा एउटा चलचित्रको छायांकन भयो । त्यसअघि चलचित्र हेरेको...

अब गायक मोनी ताम्लिङ मोडल पनि

काठमाडौँ, ३ असोज । गायक मोनी ताम्लिङ मोडल पनि भएका छन् । गायक, एरेन्जर,...

फुलारा लिटरेचर फाउण्डेशनद्वारा ‘राष्ट्रिय मानार्थ सम्मान –२०७८’ सार्वजनिक

काडमाण्डौं, २६ आश्विन । ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य–नेपाली मौलिक कला, संस्कृति र...

‘आँखाकै परेलीमा गाजल पोतेकी’

काठमाडौ २६ असोज । दशैं छेको पारेर ‘आँखाकै परेलीमा गाजल पोतेकी’ बोलको म्युजिक भिडियो...

‘यो माया कस्तो माया’को शिर्ष गीत सार्वजनिक

काठमाडौ २६ असोज । नेपाली कथानक चलचित्र ‘यो माया कस्तो माया’ गीत सार्वजनिक भएको...