मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं: अध्यक्ष रोकामगर - Naya Online

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं: अध्यक्ष रोकामगर

पोखरा, २५ असोज । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई विभाजित गर्ने षड्यन्त्रका विरुद्ध एकजुट भएर लाग्न मगर समुदायलाई अपिल गरेका छन् ।

नेपाल मगर संघ, कास्कीले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष समेत रहेका रोकामगरले मगर जातिभित्र भाषिक, सांस्कृतिक विविधता भएपनि मगर जाति हौं भन्ने भावना सबैमा रहेको उल्लेख गरेका थिए । राष्ट्रिय जनगणना–२०७८ को सन्दर्भमा मगर जातिलाई विभाजित गर्ने दुष्प्रयास गर्न थालिएको भन्दै रोकामगरले विभाजनका विरुद्ध प्रतिवादमा उत्रिन अपिल समेत गरे ।

मगर जातिको बारेमा गहिरो अध्ययन नगरी मगर जातिका बारेमा हुने टिकाटिप्पणीको कुनै अर्थ नरहेको भन्दै रोकाले मगर जातिको एकतालाई अझै बलियो बनाउन र जातीय सद्भाव कायम राख्न मगर संघले विशेष प्राथमिकता दिएको बताए । थरका आधारमा दुनियाँमा कहीँ पनि जाति नबनेको उल्लेख गर्दै अध्यक्ष रोकामगरले थरलाई जात बनाउन खोज्नु अल्पज्ञान भएको जिकिर गरेका थिए ।

मगर जातिको मुख्य सातथरमध्येको एक थर पुनलाई मगर होइन भन्नेहरू मगरविरोधी भएको भन्दै उहाँले मगर जातिलाई विभाजित गर्ने षड्यन्त्र कदापि सफल नहुने दाबीसमेत गरेका थिए । मगर जातिभित्र भएका भाषिक, सांस्कृतिक विविधतालाई समेटेर मगर जातिलाई एकताबद्ध बनाएर लैजान मगर संघ तयार रहेको भन्दै रोकामगरले मगर जातिको एकताले समग्र नेपालीको एकतामा समेत बल पुग्ने धारणा व्यक्त गरेका थिए ।

नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले हरेक जनगणनामा राजनीति हुने गरेको जनाउँदै मगर जातिको जनसंख्या कम गराउने षड्यन्त्र भएको दाबी गरेका थिए । मगर जातिको सही तथ्याङ्क अझै आउन नसकेको भन्दै पुन मगरले जनगणनाका क्रममा जाति, भाषा र धर्मको महलमा सचेत एवं चनाखो हुनुपर्ने बताए ।

आसन्न जनगणनामा जातिमा मगर, भाषामा मगर ढूट, मगर खाम÷पाङ वा मगर काइके र धर्मको महलमा बौद्ध वा प्रकृतिपूजक लेख्न आग्रह गर्दै महासचिव पुनमगरले मगर जातिलाई विभाजन गर्ने कुनै पनि हर्कतको प्रतिवाद गर्न मगर संघ सधैं तयार रहेको चेतावनी पनि दिएका थिए । टोल टोलमा मगर समुदायलाई सचेत बनाउँदै मगर जातिलाई पुनका नाममा विभाजित गर्न खोज्नेहरूको प्रतिवाद गर्न समेत पुनले अपिल गरेका थिए ।

नेपाल मगर संघका केन्द्रीय सल्लाहकार एवं नेपाल पुन मगर समाजका अध्यक्ष हर्कबहादुर पहरे पुनमगरले पुन मगर भएको भन्दै छुट्टै जात हो भन्नु मूर्खता भएको बताए । मगर जातिको मुख्य थर मध्येको एक पुनलाई छुट्टै जात बनाउने कुनै आधार नभएको भन्दै उहाँले पुनलाई मगर जातिबाट अलग गर्न खोज्नेहरूको पुन मगर समाजले भण्डाफोर गर्ने चेतावनी दिएका थिए ।

नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर थापामगर र उपाध्यक्ष बुद्धिमाया थापामगरले स्वागत गरेका थिए भने कास्की जिल्लाभित्रका नेपाल मगर संघ, कास्की र नेपाल पुनमगर समाज, कास्की अन्तर्गतका पोखरा महानगर समिति, विभिन्न गाउँपालिका समिति, वडा समिति, एकाइ समिति एवं भ्रातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाल मगर संघले राष्ट्रिय जनगणना–२०७८ मगर जागरण राष्ट्रिय अभियान अन्तर्गत यसअघि, बागलुङ, म्याग्दी र पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारको लागि छनौट

काठमाडौं, ७ कात्तिक । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष...

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माण

काठमाडौं, ३१ असोज । नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्रवास...

अदुवाको भाउमा भारी गिरावट आएपछि किसानहरु मारमा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २७ असोज । अदुवाको भाउमा यश बर्ष भारी गिरावट आएपछि...

गोर्खा वेल्फेयर ट्रस्ट धरानले पाटीगाउँमा गर्यो लाखौ रुपैयाको सहयोग।

राजकुमार लिम्बु मोरङ, २७ असोज । केराबारी गाउँपालिका वडा नं.१,पाटीगाउँमा गोर्खा वेलफेयर ट्रष्ट धरानले...

मोरङमा लुटपाट, तीन पक्राउ

मोरङ, २६ असोज । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट...

दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिको माग

काठमाडौँ, २५ असोज । देशमा करिब २० प्रतिशत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा...

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं: अध्यक्ष रोकामगर

पोखरा, २५ असोज । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई...

नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल’ गठन

काठमाडौ २५ असोज । ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’...

‘हाम्रो नेपाल हामी नेपाली’को शुभकामना आदान प्रदान

ललितपुर २३ असोज । शनिवार हाम्रो नेपाल हामी नेपाली अन्तर्गतको युवा संगठनले वडा दशैंको...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...