नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल’ गठन - Naya Online

नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल’ गठन

काठमाडौ २५ असोज । ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ स्थापना भएको छ ।

कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका बिभिन्न विद्याहरुलाई विश्व सामु चिनाउने प्लेटफर्मको रुपमा उदाएको संस्था श्रीदेव बिएलको नेतृत्वमा काउन्सिलको नेपाल कार्यसमिति गठन भएको हो ।

काउन्सिलको उपाध्यक्षमा जीवनकुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ, सदस्यहरुमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहेका छन् ।

जर्मनीको बर्लिनमा ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’को मुख्य कार्यालय रहेको छ । यसका संस्थापक तथा सेक्रेटरी जनरल क्रिष्टियन बि.कर्ष हुन् । कर्षले नेपाल च्याप्टरलाई बधाई र सफलताको भिडियो सन्देश पठाएका थिए ।

कार्यक्रममा प्रस्तुत सन्देशमा उनले सोह्र सय बर्षदेखि शुन्य अवस्थामा रहेको डेल्फिक काउन्सिललाई तीस बर्ष अगाडी पुनः सुचारु गरेको तथा तीस बर्षमा नेपालसम्म आईपुगेकोमा खुशी व्यक्त गरे । प्राचिन समयमा ग्रीसबाट ओलम्पिकसँगै शुरु भएको डेल्फिक बिभिन्न कारणले बन्द भएको थियो ।

प्राचिन ग्रीसका शासकहरुद्वारा यि दुवैमाथी रोक लगाईएको थियो । ओलम्पिक सन् १८९४ मा पुनः शुरु भयो भने डेल्फिक त्यसको एक सय बर्ष पछि सन् १९९४ मा पुनः सुचारु भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारको लागि छनौट

काठमाडौं, ७ कात्तिक । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष...

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माण

काठमाडौं, ३१ असोज । नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्रवास...

अदुवाको भाउमा भारी गिरावट आएपछि किसानहरु मारमा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २७ असोज । अदुवाको भाउमा यश बर्ष भारी गिरावट आएपछि...

गोर्खा वेल्फेयर ट्रस्ट धरानले पाटीगाउँमा गर्यो लाखौ रुपैयाको सहयोग।

राजकुमार लिम्बु मोरङ, २७ असोज । केराबारी गाउँपालिका वडा नं.१,पाटीगाउँमा गोर्खा वेलफेयर ट्रष्ट धरानले...

मोरङमा लुटपाट, तीन पक्राउ

मोरङ, २६ असोज । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट...

दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिको माग

काठमाडौँ, २५ असोज । देशमा करिब २० प्रतिशत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा...

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं: अध्यक्ष रोकामगर

पोखरा, २५ असोज । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई...

नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल’ गठन

काठमाडौ २५ असोज । ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’...

‘हाम्रो नेपाल हामी नेपाली’को शुभकामना आदान प्रदान

ललितपुर २३ असोज । शनिवार हाम्रो नेपाल हामी नेपाली अन्तर्गतको युवा संगठनले वडा दशैंको...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...