सागर चेम्जोङ
धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट लगानी कर्ताहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कुनको कति लाभांश ?
अपी पावर कम्पनी लिमिटेड (API): अपी पावर कम्पनीले लिमिटेडले १ः३९ बराबरको हकप्रदको प्रस्ताव संगै गत आर्थिक वर्षको ०७७/७८ को मुनाफा बाट चुक्ता पुँजीको १०.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका ०.५५ प्रतिशत गरी कुल ११.०५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
ङादी ग्रुप पावर कम्पनी (NHL): कम्पनीले गत आर्थिक वर्षको ०७७/७८ को मुनाफा बाट चुक्ता पुँजीको २० प्रतिशतले बोनस शेयर र १.०५ नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने १ः२ को अनुपातमा हुन आउने २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL): आर्थिक वर्ष ०७७/७८ को नाफाबाट पहिलोपटक चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
अरुण काबेली पावर (AKPL): अरुण काबेलीले आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश साथै उक्त प्रस्तावित लाभांश र बोनस शेयरपछि हुन आउने पुँजीमा १ः१ बराबर हकप्रद शेयरदिने प्रस्ताव पारित गरेको छ ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (RHPC): कम्पनीले गत आर्थिक वर्ष ०७७/०७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
रुरु जलविद्युत परियोजना(RURU): रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC): कम्पनीले वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड (SHPC): कम्पनिले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।