‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई - Naya Online

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका छन् । यावा हिमाली बेला पत्रिकाका सम्पादक हुन् ।

पश्चिम सिक्किमको सोरेङ निवासी डम्बर खापुङ र कञ्चन फेदाप खापुङका छोरा द्वीप मुस्ताङ साहित्यप्रेमी थिए । उनका कविता सङ्ग्रहका पुस्तक पनि प्रकाशित छन् ।

नेपाली भाषा साहित्यमा काम गर्नु भएका स्व. गहर उदासी, स्व. श्याम विरही तथा स्व. दीप मुस्ताङका नाममा स्थापित स्मृति प्रेरणा पुरस्कार भाषा साहित्यमा काम गरिरहेका हस्ताक्षरहरूलाई प्रदान गर्ने गरिन्छ । यस वर्षको स्व. गहर उदासी स्मृति प्रेरणा पुरस्कार भूपाल कौशिकलाई प्रदान गरिएको छ भने स्व. श्याम विरही स्मृति प्रेरणा पुरस्कार नीरव प्रधानलाई प्रदान गरिएको छ ।

सिक्किमस्थित प्रगतिशील साहित्य संघ (प्रविसास)ले ओझेलमा परेका स्रष्टाहरूको योगदानलाई कदर गर्दै तीन स्रष्टालाई गएको ६ अक्टोबर (बुधबार) सिक्किमको जोरथाङमा आयोजित कार्यक्रममा स्मृति प्रेरणा पुरस्कार प्रदान गरेको हो ।

कुनै पनि पुरस्कार प्रायः ठूला ओहदामा पुगेका साहित्यकारलाई दिइने भए पनि वास्तविक रूपमै भाषा साहित्यका क्षेत्र काम गरिरहेका तर ओझेलमा परेका श्रष्टाहरूलाई खोजेर यो पुरस्कार दिइएकामा प्रमुख अतिथि अर्जुन पियूषले व्यक्त गरेका थिए ।

सो समारोहमा टीका गुरुङद्वारा प्रकाशित तथा गहर उदासीद्वारा लिखित उपन्यास ‘सो¥याङ’ तथा प्रविसासद्वारा प्रकाशित बुलेटिन ‘नयाँ बाटो’को तेस्रो अङ्कसमेत लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्रविसासकी अध्यक्ष श्रद्धाञ्जली दाहालले सङ्घको प्रतिवेदन प्रस्तुत गरेका थिए विशिष्ट अतिथि टीका गुरुङ, सिलगढ़ीबाट उपस्थित युवा साहित्यकार सुरज ‘रोसुरि’, उपन्यासकार छुदेन काविमो, अजान्ता सुब्बा, सगरमाथा आरोही मनिता प्रधान आदिले पनि सम्बोधन गरेका थिए ।

साहित्यकार काविमोले आफ्नो जानकारीअनुसार वर्तमान सिक्किमका विशेष पश्चिमबाट विद्यार्थीहरूले धेरै किताब पढ़िरहेको बताए। यसरी नै ‘रोसुरि’ले पाठकहरूसम्म सही र राम्रा पुस्तकहरू पु¥याउन सक्नुपर्ने बताउँदै त्यसो हुनसके हाम्रो समाजमा पनि पठन संस्कृति बढ़ेर जाने विश्वास व्यक्त गरे ।

मेरीहाङ्मा सुब्बाको स्वागत मन्तव्यबाट शुरु गरिएको सो कार्यक्रममा पुरण भण्डारी, लाक्पी तामाङ, भावना शर्मा, छेवाङ योञ्जन, महेश राई, प्रितम मैनाली, राधिका तामाङ, इसिका परियार, बविता खालिङ आदिले कविता वाचन गरेका थिएरूपा तामाङले कथा वाचन गरेकी थिइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

भारतमा तापक्रम ४९ डिग्री सेल्सियस, गर्मीले ६ जनाको मृत्यु

एजेन्सी । पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको...

रुस–युक्रेन युद्धोन्मादको क्याटालिस्ट नाटो, नोर्ड स्ट्रिम २ को स्पष्ट मुक्कोपिरा र जि–७ को धूमिल छाँया

– उदय  ‘पूर्वेली’ चोङ्बाङ्क्याक विशेषगरी अहिले गत २४ फेब्रुअरी, बिहीबार बिहान सबेरैदेखि रुसले युक्रेनको...

सन् २०२० को अमेरिकाको राष्ट्रपति चुनावलाई फर्केर हेर्दा

विरही काइँला ३ नोभेम्बर २०२० कोदिन अमेरिकी राष्ट्रपतिको चुनाव भएको थियो । चुनावमा विभिन्न...

म्यानमार सेनाद्धारा करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण, हजारौं मानिस गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मंसिर । म्यानमार सेनाले करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा...

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय राज्य उत्तराखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आइतबार...

पोर्तुगल विकसित हुनुमा आप्रवासी कामदारको हातः मार्सेलो

केश तमू पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका...

‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावालाई

सिक्किम, २३ असोज । ‘द्वीप मुस्ताङ स्मृति प्रेरणा पुरस्कार २०२१’ अर्जुन सी यावाले पाएका...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

न्यूयोर्कको बाढीमा परेका नेपाली परिवार घरबेटीलाई गुहार माग्दामाग्दै डुबे

काठमाडौ, १८ भदौ । अमेरिकाको न्यूयोर्कमा आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...