कविता: अचेल लाग्न थालेको छ - Naya Online

कविता: अचेल लाग्न थालेको छ

दिपा मेवाहाङ राई

हिजोआज घामले पोल्नुको सट्टा
अचेल न्यानोपन दिएर उदाईरहन्छ
घरीघरी बादल लाग्ने आफ्नै मनको आकाशबाट
कसैले बादलको टुक्रालाई
टपक्क टिपेर मिल्काईदिएको धेरै टाढा..

सधैँजसो उदाश बोकेर आउने साँझ
आजभोली उत्साहको भारी बोकेर आउने गर्छ
बाटो छेउमा एक्लै बसिरहेको चौतारामा
भर्खरै कोहीले बिराजमान गरेर चौतारा खुसीले गमक्क छ
रातमा आउने सपनाका तन्द्राहरू
बडो प्रेमिलले हात समाउदै
डोराउदै लान्छ एकादेशको गाउँतिर

बिना गन्तव्य यता उता गरिरहने पैतालालाई
गन्तव्यसम्म पुग्ने यतिबेला अर्को पैताला मिलेको छ
सधै जसो एकोहोरो गमिरहने मस्तिष्क
कसैको बारेमा सोच्नमा ब्यस्त छ

कहिलै मधुमास बोकेर न आउने यो मौसम
हिजोआज जति बेलै बसन्त बोकेर आउने गर्छ
सधैँजसो सुनसान बनेर झोक्राईरहने गल्ली
अचेल श्रुतीमधुर संगीतमा झुम्न थालेको छ

उजाड बनेर उभिएको एकलासको त्यो रुख
नया पालुवा पलाए सरी उन्मुक्त हाँस्न थालेको छ
लथालिङ्गझैँ भुईमा छरिएका जिन्दगीका पानाहरू
एक एक गरेर कसैले समेटिदिएको छ
र, बनेको छ एउटा किताबको आकार

थाहा छैन कहिले बाट यो सब भयो ?
पहिला कहिलै आफुलाई बुझ्न नसक्ने “म®
कसैले जिन्दगीको महत्व
यति मज्जाले बुझाई दियो कि
त्यसै दिन देखि बुझ्न थालेको छु
आफू हुनुको बोध
आफू हुनुको अस्तित्व ।

झापा, हालः द. कोरिया

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...