कविता: हामी भेँडाहरू - Naya Online

कविता: हामी भेँडाहरू

रवि रोदन

हामीले मानेको
“ऊ” हाम्रो जब्बरे
“नेता”
चौकीबाट उठेर जब पनि ऊ केहि फलाक्छ
लाग्छ
युगले अपहरण गरेको
हाम्रो खलबलिएको बिहान
हाम्रो सपना/हाम्रो अस्तित्वको ड्राफ्ट
उसले झैँ कसैले बुझेको छैन
लाग्छ
उसले मात्र हाम्रो सपनाहरूको पोस्टर
सुकिला अक्षरहरूले लेख्न सक्छ !

हजार सूर्यको
अंधकारमय घाटीहरूबाट हामी उसलाई नै
पछ्याउँदै हिडिरहेका छौ अनवरत
हाम्रो रगत÷हाम्रो पसिना÷हाम्रो जीवनको हिस्सा सबै
उसकै नाममा हामीले सारिदिएका हौँ
हामीले उसकै लागि
आफ्नै जिन्दगी दावमा लाएका छौँ ।

पुर्खाको चिहान टेक्दै
हामीले गाएको बेसुर गीतहरू
बहिराहरूको शहरमा कहिले पुगेन
मौन आगाका लप्काहरूले
उनीहरूको शहर कहिले जलाएन
हामी हिउँ जस्तै चिसा भयौँ
हाम्रा पैतालाहरू
बालुवामाथिको हिडाइ साबित भयो ।

मृत्युको सडक भएर
हजार चोटि पछ्याउँदै हिँडेका छौँ
घुम्तीमा ऊ बहकिएर धेरैचोटि हराएको छ
तर फेरि टुपलुक्क देखा परेपछि
हामी सबै बिर्सिएर
उसलाई नै एकहोरो पछ्याउँछौ ।

एउटा मीठो तिर्खा पालेर
बगर जस्तै बनेका छन् हाम्रा आँखाहरू
सपनाको भोक पालेर
गीत बोकी हिँडेका हाम्रा छातीहरू
बेहिसाब कुल्चिएका छन्
दुखेर पनि हामी नदुखे झैँ गर्छाँै ।

हामीले मानेको
“ऊ” हाम्रो जब्बरे
“नेता”
हाम्रो नेताले जे भन्छ
जे गर्छ
हामी पत्याउँछौ
हामी बीच यदि कसैले विद्रोह गरे
हामी सिङ हानेरै त्यसलाई मार्छौ
हाम्रो नेतालाई गाली गर्न पाइन्दैन
हाम्रो नेताले उठ भन्दा हामी उठ्छौ
बस भन्दा हामी बसेछौ !

हाम्रा टाउकोमा
उनिएर राखिएको लामा तारहरू
हाम्रो ब्रेनको चिप
हाम्रै नेताको मुठ्ठीमा हुन्छ
हामी फगत कठपुतलीहरू हौँ
हामी उसकै पछि हिडिँरहन्छौ
हामी एकहोरे भेडाहरू
अब एउटा पर्खाई छ त्यस दिनको
जब उसले निधारमा बन्दुक राख्छ
वा आफैलाई जलाउछ
वा त,
जुन दिन ऊ भीरको टुप्पोमा
पुगेर फाल हान्नेछ
विस्वास गर्नुहोस्
हामी पनि फाल हान्नेछौ
हाम्रो जब्बरे नेतासित !!

सिक्किम, भारत

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

कविता: रुक्साना फूङ्

-दिलदुखी जन्तरे रुक्साना ! आसेवारो हाउ तिमीले जित्नुपर्छ ल । तिनपाते पलाउदै गरेको सानो...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

कास्की । पोखरा निवासी युवा कवि रोशन तिमिल्सिनाको नविनतम कविता कृति “चिरिएका पैताला” सार्वजनिक...

स्वर्णिम साहित्य समाजले गर्‍यो पुरस्कार र सम्मानको अक्षयकोष घोषणा

धरान । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले कला र साहित्यमा समर्पित हुने सर्जक...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...