नयाँ भेट: 'एउटा सुन्दर चित्र कोर्न धैर्यतासंगै चित्रप्रति प्रेम पनि हुनुपर्छ' - Naya Online

नयाँ भेट: ‘एउटा सुन्दर चित्र कोर्न धैर्यतासंगै चित्रप्रति प्रेम पनि हुनुपर्छ’

इन्दु राई याम्फु । पछिल्लो समयका एक अब्बल चित्रकार । प्राकृतिक सुन्दरताको दृष्टिले स्वर्गको एक टुक्रा झैँ लाग्ने धनकुटाको भेडेटारमा २०५० सालमा जन्मेकी राईले कैयौँ सुन्दर चित्र कोरेका छन् भने कैयौँको पोट्रेट (मुहार चित्र) गरिसकेकी छिन् । आफु भर्खरै चित्रकारिताको क्षेत्रमा सिकारु रहेको बताउने उनको चित्रहरू कुनै दक्ष चित्रकारहरूको भन्दा कम छैन । निरन्तर चित्र कोरिरहनु र आफैलाई निखार्दै जानु उनको विषेशता हो । हालसाल पनि अर्डरका चित्रहरू कोरिरहेकी उनी दशैँमा केही किताबहरू पढ्ने तरखरमा छिन् । आजको नयाँ अनलाईनको शनिबारे परिष्टाङ्क ‘नयाँ साहित्य’मा उनै इन्दु राई याम्फुसँग गर्रिको कुराकानीको सार अंश ।

हिजोआजको दिनचर्या के कसरी बिताउदै हुनुहुन्छ ?
सारा मानव जाति महामारीबाट भर्खरै तङ्ग्रिदै गरेको यो समयमा आफ्नो सामान्य कामहरूमा आयो गयो यसरी नै बितिरहेको छ भन्नुपर्छ मेरा दिनहरू ।

कोरोना महामारीलाई कसरी सिर्जनशील बनाउनु भो ?
कोरोनाले निम्त्याएको नयाँ नियम अनुसार नै धेरै भिडभाडमा नगएई जानै परे पनि सुरक्षित तरिकाले गइयो । यो भयानक रोग हो तितो यथार्थ, तर पनि यो महामारीप्रति सकारात्मक सोचको विकास गरी आत्ममनोबल बढाउँदै सचेत हुँदै कामतिर लागियो ।

तपाइँले यो चित्र कोर्न कहिलेदेखि थाल्नु भयो ? कसको वा के को कोर्नु भयो, याद छ ?
चित्र कोर्न थालेको धेरै भएको छैन । लगभग २/३ साल मात्र भयो होला चित्र बनाउन थालेको । हजुर याद छ उ बेला मैले कार्टुनको चित्र बनाएकी थिएँ मेरै गाउको स्कुलमा ससाना भाइबहिनीहरूको लागि ।

चित्र कोर्नमा क–कसको प्रेरणा पाउनु भो ?
सबैभन्दा पहिले मलाई चित्रमा पाइला टेकाउनु हुने मार्गदर्शन देखाउनु हुने आदरणीय दाजु दर्शन चेम्जोङ हुनुहुन्छ । उहाँप्रति म सदा आभारी छु । साथै आदरणीय चित्रकार दाजु नगेन देउसाली राई, आदरणीय ख्यातिप्राप्त वरिष्ठ सहित्रीकार÷चित्रकार जीवित खड्का मगर उहाँ लाई म रङ्गहरूको गुरु मान्दछु र आदरणीय वरिष्ठ मुहार चित्रकार कृष्ण मर्सानी हुनुहुन्छ । म वहाँले बनाउनु भएका सुन्दर चित्रहरूबाट प्रभावित छु । वहाँहरूको चित्र अनि वहाँहरूले दिनुभएको सुझाव सल्लाह हौसला नै मरो निम्ति उर्जा र प्रेरणा हो ।

चित्र कोरिसकेपछिको आनन्द कस्तो हुन्छ ? बताइदिनुस् न ।
चित्र सकेपछि एउटा छुट्टै खालको खुशी मिल्छ । जुन खुशी अन्य अरुबाट प्राप्त गर्न सकिन्न जस्तो लाग्छ ।

चित्र कोर्नु भनेको के रैछ ?
प्रकृतिले सिर्जना गरेका हरेक प्राकृतिक सौन्दर्य वा मानिसको प्रतिबिम्बलाई मनभरी सजाउदै कापीका पानामा उतार्ने प्रयत्न गर्नु, त्यसमा रेखा कोर्नु रङ भर्दै आफ्ना मनका अनुभुतिहरू कागजका पानाभरी अभिव्यक्त गर्दै निश्चित आकार दिएर सिङ्गार्नु नै चित्र कोर्नु हो जस्तो लाग्छ ।

आजसम्म लगभग कति जना व्यक्तित्वहरूको आर्ट गरिसक्नु भो ?
आजसम्म केही प्राकृतिक सुन्दरताको कोरिएछ भने लगभग ८०/९० जना जति मुर्धन्य व्यक्तित्वहरूको चित्र बनाएहुँला ।

तपाईँलाई चित्रको निम्ति बनाईदिनोस् भन्दै अर्डर पनि गर्दैछन् कि रहरकै लागि मात्र कोर्दै हुनुहुन्छ ?
रहरको लागि त मैले ३/४ वटा मात्र बनाएकी छु । अरु सबै अर्डरमा आएका चित्रहरू हुन् । यसरी मजस्ता भर्खरै यो क्षेत्रमा कलम चलाउनेको निम्ति यो अहोभाग्य पनि हो ।

तपाइँले जस्तै सुन्दर आर्ट कसरी गर्न सकिएला ?
म चित्रमा एउटा नाबालक सिकारु हुँ । यसरी नै राम्रो गर्न सकिन्छ भन्ने हैसियत त म मा छैन । तर मेरो अनुभवमा भन्नुपर्दा चैं आजसम्म जति सिके यति सिक्नका लागि पहिले माइन्ड फ्रेस हुन जरुरी छ । चित्र बनाउन बस्दा मनमा थोरै पनि पीडा तनाव थकाइ हुनु भएन । मनमा इच्छा हुनु पर्छ मेहनत, त्याग, समय, धैर्यतासँगै चित्रप्रति प्रेम पनि हुनु पर्छ । यो मेरो अनुभव हो । तर पछिल्लो समय केही व्यस्तताले म आफु पनि आजभोलि भने जति चित्रको लागि समय दिन सकिरहेकी छैन ।

दशैँमा के गर्दै हुनुहुन्छ ?
दशैँमा खासै केही छैन । परिवारसँग बसेर दशै मनाउने अनि बाँकी समय चित्र बनाउँछु भनेर सोचिरहेकी छु । धेरैले चित्र कुरेर बस्नु भा’छ । बिस्तारै समय मिलाएर बनाउने कोशिसमा छु । महिना भाइसक्यो मैले चित्र नबनाएको मन हुँदा हुँदै पनि मन मारेर बस्नु पर्ने रहेछ कहिलेकाहीँ । दशैँको निम्ति भनेर २/४ वटा पुस्तक लिएको छु । पुस्तकहरू अध्ययन गर्दै दशैँ मनाउने सोचमा छु ।

भावी योजनाहरू केके छन् ?
भावी योजनाहरू त खासै मसँग यहि गर्छु भन्ने त छैन तर बाँकी दिनहरूमा यो समयलाई सहज बनाउने कोशिसमा छु । अर्डरमा आएका चित्रहरूलाई पूरा गर्ने सोचमा छु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

नयाँ भेट: ‘एउटा सुन्दर चित्र कोर्न धैर्यतासंगै चित्रप्रति प्रेम पनि हुनुपर्छ’

इन्दु राई याम्फु । पछिल्लो समयका एक अब्बल चित्रकार । प्राकृतिक सुन्दरताको दृष्टिले स्वर्गको...

‘लेखनमा भन्दा अलि बढी चित्रकलामा नै आनन्द महसुस गर्छु’ -भीम रसाईली विश्वकर्मा (चित्रकार)

भीम रसाईली विश्वकर्मा एक सुन्दर चित्रकार हुन् । मोरङको केराबारी, बिबिरेमा जन्मेका विश्वकर्मा हाल...

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...