सम्झनामा नारायणप्रसाद राई र जेफाले मुन्तिरको चियाबारी - Naya Online

सम्झनामा नारायणप्रसाद राई र जेफाले मुन्तिरको चियाबारी

युवराज ठकुरी

उन्यु र बुकी फुल्ने उत्तरी मोरङ केराबारी–२, सिंहदेवीमा रहेको पाखोबारी आज हराभरा चियाबारी भएको छ । पर्यटनको आकर्षणको केन्द्र बनेको छ । घुमन्ते फिरन्तेहरूको गन्तव्य बनेको छ । तर तिनै पाखोबारीमा पसिनाको रङ घोलेर उर्वर, हरियाली बनाउने मिहिनेती मान्छे भौतिक रूपमा हुनुहुन्न भनेर शब्दमा लेख्नुपर्दा यी हातहरू कामिरहेका छन् ।

उदाहरणीय कृषि उद्यमी नारायणप्रसाद राई अकल्पनीय रूपमा परलोक हुनुभएको खबरले स्तब्ध भएको छु । नेपालीहरूको महान् चाडहरू दशैँ र तिहार घरको संघारमै आउनै लाग्दा अस्ति असोज १४ (२०७८) गते शनिवार साँझतिर एक्कासि नारायणप्रसाद राई दाईको निधनको खबर कानमा ठोक्कियो । यो खबर सुरुमा पत्याउनै गारो भो तर सामाजिक सञ्जालै भरिको छ्यापछ्याप्ति भयो तब मैले नि माया संसार नथाम्ने रैछ भन्ने महसुस गरेँ र सञ्जालमा त्यस्तै लेखेँ । यो खबरले स्तब्ध नहुने होला र ? आज उनै नारायणप्रसाद राई दाईलाई हात कपाउँदै भए पनि सम्झदैछु । सम्झनभन्दा दाईको निम्ति अरु के नै सक्छौँ र ?

मातृभूमि टि–स्टेटलाई अझै बिस्तार गर्ने, चिया खेतीसँगसँगै पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन वरिष्ठ कलाकार विक्रम श्रीसँग डिपिआर गराउदै हुनुहुन्थ्यो । उहाँको सपना, लगनशीलताका कारण चियाबारी क्षेत्रले अर्कै रूप लिने तरखरमा थियो । “मृत्यु पनि मान्छे पिच्छे फरक हुँदो रहेछ….” भन्ने गीत वास्तविक लाग्छन् यतिखेर । साँच्चै नारायण दाइको सवालमा नि त्यस्तै भएझैँ लाग्यो । यस अर्थमा उहाँको फरक ढङ्गको मृत्यु भयो । उहाँले आफ्नो र समग्र ठाउँको एउटा सुन्दर पहिचान स्थापित गर्नुभयो । आफू बितेर गएपनि चियाका पाखाहरूमा, चियाका मुनाहरूमा, जेफालेको फेदीमा समग्र देशकै उदाहरणीय कृषकको रूपमा कृषि कर्ममा तल्लीन, लगनशील र दुरदर्शी सोच उहाँका पर्याय भएर रहिरहनेछन् ।

आफ्ना जीवनसंगिनी बिना खजुमसँग स्व.राई ।

जतिखेर मोरङमा कर्णाली झैँ लाग्ने विकट पहाड मात्रै थियो, मिहिनेती कृषकहरूको हात नपरेको उन्यु र बुकी फुल्ने पाखोबारी मात्रै थिए । साँच्चै भन्नुपर्दा यो विकट पहाडलाई सजाउने सपना बोक्ने मान्छे थिएन । सडक थिएन, बिजुली थिएन र थिएन सूचना र संचार । मोरङको साविक सिंहदेवी गा.वि.स. द्वन्द्वले आक्रान्त बनेको समय थियोे । त्यतिखेर एक दम्पति त्यहीँ पाखामा कृषि क्रान्ति गर्ने सपना देखेर तराईबाट पहाड चढ्नुभो । सधैंको भेटमा नारायण दाइ भन्नुहुन्थ्यो –“शुरूवाती दिन सम्झदा असाध्यै गम्भीर बनाउँछ । उत्साह दिनेहरू भन्दापनि हतोत्साहित बनाउनेहरू धेरै थिए त्यसबेला । यो रुखो पाखोमा के हुन्छ ? के गर्न खोजेका होलान् भन्नेहरूले झन्डै – झन्डै छाडेर हिँडु जस्तो लाग्ने बनाउँथ्यो । तर जीवन संगीनी बिना खजुमको दर्बिलो साथले गर्दा सपनाको नजिक –नजिक पुग्दैछु भाइ ।” उहाँको भनाइ जहिल्यै गुन्जिरहने भयो ।


जेफाले सिर्जना डबलीमा आफ्नो अनुभव राख्दै स्व. राई ।

यतिखेर जेफाले पुग्नेहरू जो कोही चियाबारी नपुगी फर्कदैनन् । उहाँको चिया देश विदेशमा निर्यात हुन्छ । चियाबारी पुग्नेहरू जो कोहीलाई अर्गानिक चियाले स्वागत गर्नुहुन्थ्यो । कृषि कर्मसँगसँगै साहित्य ,सिर्जनालाई असाध्यै मन पराउने उहाँ जहिल्यै उत्साह थपिदिनुहुन्थ्यो । त्यो ठाउँमा साहित्यिक गतिविधि बढाउन उत्साह थप्ने प्रेरक व्यक्तित्वहरू मध्ये एक नारायणप्रसाद राई हुनुहुन्थ्यो ।

“जेफाले सिर्जना डबली”लाई अति माया गर्नुहुने नारायण दाईले “जेफाले सिर्जना उत्सव–२०७८” भव्यतापूर्वक सम्पन्न गर्नमा पनि उत्तिकै महत्वपूर्ण सहयोग गर्नुभएको थियो, र उहाँसँगको अन्तिम भेट पनि त्यो नै थियो, त्यसपछि उहाँसँग भेट हुन पाएन । राजनीति, धर्म र अन्य विभाजनका कुनै पनि विषयले नछोएको विशुद्ध कृषि पर्यटनको विशाल सपना बोकेर हिडेका नारायण दाइले थुप्रै सम्मान तथा पुरस्कार पाउनु भएको थियो । मातृभुमि टि–स्टेट (चियाबारी)बिना जेफालेको सुन्दरता अपुर्ण भएझैं चियाबारी नारायण दाइबिना हरियो भएर पनि उजाड बनेको आभाष हुनेछ जो कोहीलाई, केही समय । अब उहाँकी जीवनसाथी बिना खजुम उहाँहरूका छोरा र छोरीहरूको काँधमा आएको छ चियाबारीलाई हराभरा बनाउने जिम्मेवारी र दिवंगत नारायण दाईले देख्नुभएको सपना पूरा गर्ने । त्यो सपना पूरा गर्न हाम्रो पनि काँध पनि उत्तिकै जाँगरिलो हुनेछन् ।

शोकलाई शक्ति बदलेर उहाँका अधुरो सपना पूरा गर्ने साहस मिलोस् शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै नारायण दाइप्रति मन नमानी नमानी भन्दैछु भावपूर्ण श्रद्धाञ्जली, अल विदा नारायाण दाई ।

जेफाले मुन्तिरको चियाबारी , जसको परिकल्पना गरेका थिए र पछि परिकल्पनालाई उनै स्व.राईले साकार पारेका थिए ।

जेफाले, केरबारी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...