‘लेखनमा भन्दा अलि बढी चित्रकलामा नै आनन्द महसुस गर्छु’ -भीम रसाईली विश्वकर्मा (चित्रकार) - Naya Online

‘लेखनमा भन्दा अलि बढी चित्रकलामा नै आनन्द महसुस गर्छु’ -भीम रसाईली विश्वकर्मा (चित्रकार)

भीम रसाईली विश्वकर्मा एक सुन्दर चित्रकार हुन् । मोरङको केराबारी, बिबिरेमा जन्मेका विश्वकर्मा हाल वैदेशिक रोजगारीको सिलसिलामा बराइनमा छन् । चित्रकारितासँगसँगै गजल सिर्जनामा नि उनको उत्तिकै दख्खल छ । प्रायः कलर चित्रमा रमाउने विश्वकर्माले हिजोको दिनमा रहरले चित्र कोरे पनि आजकल अर्डरमा नि उत्तिकै चित्र कोर्ने गर्छन् । अर्डरको चित्र कोर्दा उनी आनन्दित त छन् नै अर्डरको चित्रहरू कोर्नु पाउँदा आफे कलाको सम्मान भएको महसुस समेत गर्छन् उनी । आजको ‘नयाँ अनलाइन’को शनिबारे परिष्टाङ्क नयाँ साहित्यमा चित्रकारिताको नालिबेलीसहित उनै चित्रकार भीम रसाईली विश्वकर्मासँग गरिएको कुराकानीको सार अंश ।

परदेशी जीवनको हालसालको दिनचर्या के कसरी बिताउदै हुनुहुन्छ ?
परदेशी जीवनको पहिलो प्राथमिकता भनेको आफ्नो ड्युटी नै हो र बाँकी रहेको थोरै समयमा चित्रकलामा र कहिलेकाहीँ साहित्यमा, र सामाजिक संजालमा समय ब्यथित गर्दैछु ।

यो महामारीले तपाईंहरू जस्ता आर्टिस्टहरूलाई के कस्तो असर पुर्याएको छ ?
महामारीले हरेक क्षेत्रमानै असर पारेको छ । र आर्टिस्टहरू पनि यसको असर खेपि नै रहेका छन् । विशेषगरि आर्ट ग्यालेरी खोलेर बस्नु भएका आर्टिस्टहरूलाई गाह्रो होला । यसको मतलब मलाई चाहीँ असर छैन भन्ने चाहीँ कदापी हैन ।

पक्कै पनि लेखनभन्दा पेन्सिल र कुच्ची चलाउन झनै कठिन होला ? परदेशी जीवनमा समयको व्यवस्थापन के कसरी गर्नुहुन्छ ?
म साहित्यमा पनि रुचि राख्छु समय मिल्दा थोरै मात्रामा लेख्ने पनि गरेको छु र मेरो चित्रकला त मेरो रुची नै भइहाल्यो ।

आर्ट (चित्र कोर्नु) र साहित्य लेखन कुनमा आनन्दीपनको महसुस हुन्छ ?
चित्रकला र साहित्य लेखनमा अलि बढी चित्रकलामा नै आनन्द महसुस गर्छु ।

चित्र कोर्नुको मज्जा कहाँनिर छ ?
यस्को ठ्याक्कै उत्तर दिन त गाह्रो भो । चित्रकलाको पनि धेरै क्याटेगोरी र मेडियम छन् म आफू प्राय पोट्रेट बनाउने भएकोले त्यहिमा मजा लाग्छ ।

आजसम्मको आर्टलाई व्यावसायिक हिसाबले पनि गर्दै हुनुहुन्छ कि भावुक भएर अनुरोधको भरमा कोर्दै हुनुहुन्छ ?
धेरै जसो पहिले फ्रीमा नै बनाएँ तर अचेल चाहिँ हल्का लिने गरेको छु । सामान एकदमै महंगो छ र समय ,मेहनत पनि निकै खर्चिनु पर्छ ।

आजसम्म लगभग कति जना व्यक्तित्वहरूको आर्ट गरिसक्नु भो ?
आजसम्म कति बनाइयो भनेर गनेको छैन तर पनि लगभग ३/४ सय जति बनाइयो होला ।

सफल आर्टिष्ट बन्ने मन्त्र के होला ?
हाहा छ नि । मनदेखिको इच्छा , लगन, र निरन्तर अभ्यास नै आर्टिस्ट बन्नको लागि चाहिने मन्त्र हो जस्तो लाग्छ ।

अहिले कसको चित्र पेन्टिङ गर्दैहुनुहुन्छ ?
अचेल म आफ्नै केराबारी क्षेत्रका आदरणीय ब्यक्तित्वहरूको जो मेरो फेसबुकमा पनि हुनुहुन्छ उहाँहरूको बनाउँदैछु ।

लेखनमा चै के लेख्दै हुनुहुन्छ ? कि चित्रमै समर्पित हुनुहुन्छ ?
म लेखनमा चाहिँ गजल लेख्ने भएकोले गजलनै लेख्ने कोसिस गर्दैछु ।

अनि भावी योजनाहरू चै के छ ?
अब नेपाल आएर आर्टलाइ ब्यबसायिक बनाउँकी भन्ने सोंच्दैछु हेरौँ के हुन्छ ।

के यहाँको केही चित्र यहाँ राख्न सक्छु ?
अवश्य । खुब अभारी छु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

नयाँ भेट: ‘एउटा सुन्दर चित्र कोर्न धैर्यतासंगै चित्रप्रति प्रेम पनि हुनुपर्छ’

इन्दु राई याम्फु । पछिल्लो समयका एक अब्बल चित्रकार । प्राकृतिक सुन्दरताको दृष्टिले स्वर्गको...

‘लेखनमा भन्दा अलि बढी चित्रकलामा नै आनन्द महसुस गर्छु’ -भीम रसाईली विश्वकर्मा (चित्रकार)

भीम रसाईली विश्वकर्मा एक सुन्दर चित्रकार हुन् । मोरङको केराबारी, बिबिरेमा जन्मेका विश्वकर्मा हाल...

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...