विचार: सभ्य र स्वस्थ समाज निर्माणमा सबैको साझा भावना - Naya Online

विचार: सभ्य र स्वस्थ समाज निर्माणमा सबैको साझा भावना

लक्ष्मण कटुवाल

एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह तथा सज्जनहरू भेला भई बस्ने ठाउँ नै समाज हो । यही समाजमा बहुजाति,बहुभाषी र बहुसंस्कृतिका मानिसहरू बसोबास गर्ने गर्दछन् ।बच्चादेखि वृद्धसम्मका मानिसहरू एकआपसमा मेलमिलापको भावना राखेर बाँच्न सके एउटा उदाहरणीय समाज बन्न सक्छ । कुनै प्रकारको रोगव्याधा नलागेको, तन्दुरुस्त, निरोगी तथा विकार नभएको समाज निर्माण गर्नका निम्ति जातीय तथा राजनीतिको हस्तक्षेप नभई सबै वर्ण, जात, धर्म, संस्कृति र वर्ग आदिका मानिसहरूको साझा भावना, ऐक्यवद्धता र एकअर्काप्रतिको सम्मान र सदभावबाट मात्र सम्भव छ ।

सभ्य र स्वस्थ समाज निर्माणमा राजनीतिले केही हदसम्म प्रभाव पक्कै पार्छ, जब समाजका हरेक गतिविधिमा राजनीति घुस्छ तब त्यो समाज कुजो र अस्वस्थ बन्न पुग्छ । नेपालको परिप्रेक्षमा हेर्ने हो भने राजनीतिक दलहरूका आ–आफ्ना सिद्धान्त र विचारलाई प्राथमिकतामा राख्छन्, एकअर्कामा हानाछाप हुन थाल्छ र विकासका कामहरूमा बाधा आउन थाल्छन्, जसले गर्दा समाजमा नकरात्मक प्रभाव पर्न जान्छ,जता मल्खु उतै ढल्कुभनेझै जनता पनि यसप्रति सचेत हुनु जरुरी छ ,पार्टिप्रति आस्था राख्नु स्वभाविक हो तर पार्टिको पुच्छर नै बनेर समाज खलबल्याउने, अनैतिक कार्यमा संलग्न हुने जस्ता खराब क्रियाकलापले समाजलाई रोगी बनाउँछ त्यसकारण आवाश्यकीय कामकाज तथा उन्नतिका मार्गतिर उन्मुख गराउने कार्यप्रति समन्वय गरि अघि बढ्न सक्नु पर्छ भने विकासात्मक कार्यमा कुनै राजनीति दल वा जातीको बढी हस्तक्षेप हुन खोजिएमा खबरदारी गर्न तैनाथ झैँ भएर जुर्मुराउनु पर्छ नत्र समुदाय, समाजको सुमधुर सम्बन्धमा धमिरा लाग्न कुनै समय लाग्दैन । अत्यधिक मात्रमा भ्रष्ट्रचार, अन्याय अत्यचार, जातीय, धार्मिक तथा संस्कृतिप्रति विभेद शोषक र सामन्तिहरूको बर्चस्व कायम रहिरने जस्ता अनैतिक क्रियाकलापहरू भित्रीन गई समाज दुर्गन्धित बन्न जान्छ,त्यसअगावै गाउँ, टोल छरछिमेकलाई जागरूक गराई सबैको एउटै आवाज बन्न सकेको खण्डमा सभ्य समाज निर्माण गर्न सहयोग पुग्छ । एउटा सम्प्रदायले मात्र बढी वर्चस्व देखाउने, आफ्नै धर्म, संस्कृति मूल्यमान्यताको मात्र चासो देखाउने, आफ्नै विकास र वृद्धिका निम्ति बढी लालयित हुने होइन, सबै जात, धर्म, संस्कृति, रहनसहन आदिको सम्मान गर्न सक्नुपर्छ ।

मानिस विचार तथा आस्थाका आधारमा फरक पर्ने होइन, जुनसुकै धर्म, वर्ण, लिङ्ग तथा सम्प्रदायको भएपनि ऊ मानिस नै हो कुनै खराब प्रवृत्तिको मानिसले एकअर्काप्रतिको निकट तथा प्रगाढ सम्बन्धमा विभाजनको रेखा खिच्ने, धर्म र जातलाई लिने गर्दछन्, यो मानवता बिरोधी कार्य मात्र हो । सभ्य र स्वस्थ समाज निर्माणमा मानवतावादी भाव हुन अति जरुरी हुन्छ, जसले मान्छेलाई दरिलो बनाउँछर समाज पनि मजबुद बन्दै जान्छ । मानवतावादी बिरोधीहरूले त्यस समाजबाट प्रशस्त लाभ कमाउन सक्ने हुँदा धर्म, वर्ण, लिङ्ग र जातका आधारमा विभेद गर्न हुँदैन । धर्म, जात आदिका नाममा अभिव्यक्ति दिदाँ पनि अत्यन्त सचेत हुनु पर्छ जसले समाजमा रहने मानिसहरूको विचार र आस्थामा खलल नपुगोस् । कही कसैले उच्छृङ्खल रूपमा सद्भाव खलबल्याउने अभिव्यक्ति दिनु हुँदैन, मान्छेको विचार सहअस्तित्वमा आधारित हुनुपर्छ । यस्तो विचारले नै सभ्य र स्वस्थ समाज निर्माण गर्न मद्दत गर्छ, सहिष्णुता कायम राख्छ ।

मान्छेका आधारभूत आवश्यकता मध्ये शिक्षा,स्वास्थ्य, यातायात,रोजगार जस्ता कार्यमा जनसहभागिताको आवश्यक पर्दछ जब समाजलाई समृद्ध बनाउन शिक्षाको झनै महत्वपूर्ण भूमिका रहन्छ, शिक्षाबाट बञ्चित बालबालिकाहरूलाई शिक्षा प्रदान गराउने, दुःखमा सहारा बन्ने, विकासात्मक कार्यमा एक जुट हुने जस्ता सत्मार्ग कार्यले प्रगाढ सम्बन्ध कायम राख्छ र त्यही प्रगाढ सम्बन्धले नै सभ्य र स्वस्थ समाज निर्माण गर्नमा टेवा दिन्छ । विशेषगरी युवा जनशक्तिलाई सहि तरिकाले परिचालन गर्ने, बौद्धिक जनशक्तिको स्तर बढाउने, युवा जोश र जागरणलाई गाउँ, समाज र राष्ट्रनिर्माणमा सहभागी गराउने जस्ता विविध कार्यले एकताको विकास सिर्जना हुन्छ साथै शारीरिक र मानसिक दुबै रूपले दत्तचित्त भएर समाज निर्माणमा जुट्न मद्दत मिल्छ, यसरी साझा एकता, भावना र विचारबाट मात्रै सभ्य र स्वस्थ समाज निर्माणको परिकल्पना गर्न सकिन्छ । रिस, राग ,द्धन्द्ध, हिंसां, कलह जस्ता कूविचार मन र मस्तिष्कबाट हटाएर सुविचारलाई आत्मसाथ गरि स्वस्थ वातावरण सिर्जना गर्न सक्नु पदर्छ । व्यवसायिक रूपमा भन्दा पनि व्यक्तिगत रूपमा समाजमा को ठूलो बन्ने भन्ने प्रतिस्पर्धा र अहम भावनाले मानिसलाई स्वार्थी बनाउँछ र समाजमा सहकार्यको भाव टुट्न थाल्छ ।

सभ्य, स्वस्थ र समृद्ध समाज निर्माण गर्नका निम्ति निम्न किसिमका कुराहरूलाई अवलम्बन गर्न जरुरी देखिन्छः

राजनीति तथा जातीय हस्तक्षेप हुन नदिनेः
एउटै जातिको बढी बहुल्यता हुदाँ समाजलाई झनै सुदृढ गर्दै लैजान सक्नु पर्छ अन्य जातिका मुल्यमान्यतालाई आत्मसाथ र सम्मान गर्दै जानुपर्छ र राजनीतिको बढी हावि हुदाँ कतिपय नागरिकहरूको विचार र आवाजको सुनुवाइ पनि हुन सक्दैन त्यसकारण जातीय र राजनीतिय दृष्टिकोण भन्दा पनि समुदायमा रहेका सबै वर्गका मान्छेसित समन्वय गर्न सक्नु पर्छ ।

धर्म, वर्ण, लिङ्ग र सम्प्रदायबीच सुमधुर सम्बन्ध कायम राख्नेः
जातीय, धार्मिक, लैङ्गिक तथा वर्गीयका आधारमा कसैले कसैलाई पनि विभेद गर्नु हुन्न, धार्मिक सहिष्णुतामाथि खलल पुर्याउने, दमन र शोषण गर्ने प्रवृतिमाथि घोर विरोध गर्नु पर्छ । हामी एउटै हौँ भन्ने भावना लिएर अघि बढ्न सक्नु पर्छ । विकासात्मक कार्यका निम्ति एउटाको मात्र सोच, विचारमा लाग्नु भन्दा पनि एकताबद्ध भएर सङ्गठनात्मकरूपले अघि बढ्दा सबैको साझा भावना रहन्छ र त्यो कार्य स्फुर्तरूपमा अघि बढ्छ । सबैको सहभागिता रहँदा मनमुटाव रहँदैन । मभन्दा पनि हामीको भाव रहने विकासको सुरुवात हुन्छ ।

सिर्जनात्मक कार्यप्रति उन्मुख हुनेः
खाली दिमाख लिएर बस्दा विभिन्न किसिमका नकरात्मक भावना पैदा हुने र नकरात्मक कार्यतिर नै अग्रसर हुन जुट्ने भावनाको विकास हुँदा समाजमा खलल पुग्छ त्यसकारण सकेसम्म सिर्जनात्मक, कार्यात्मक जस्ता कार्यमा लाग्ने, कर्म गर्न थाल्ने साहित्यिक विधामा लेख रचना लेख्ने, समाजका विकासात्मक कार्यमा जुट्ने, विभिन्न किसिमका कार्यक्रममा सहभागी हुने गर्नुपर्दछ । युवा जनशक्तिलाई प्राविधिक तथा व्यावसायिक कार्यतिर अग्रज व्यक्तिले परिचालन गर्न सक्नु पर्छ ।

जुनसुकै कामलाई सम्मान गर्न सिक्नु पर्ने:
कामलाई सानो ठूलो भनेर विभाद गर्ने हेप्ने,गालीगोलज गर्ने भन्दा पनि आफ्नो क्षमता अनुसारको काम पाउने हो त्यसकारण एकले अर्कोलाई सम्मान गर्न सक्नु पर्छ ।

लागुऔषध, दुर्व्यसनी जस्ता विकृति र विसङ्गतिको जरैदेखि उखेल्नेः
गाउँ समाजमा कुनै किसिमका विकृति फैलिन दिनु हुँदैन यदि कोहि दुर्व्यसनीमा संलग्घन भएमा उनीहरूलाई सचेत गराउनु पर्छ र समुन्नत परिवार, समाज र राष्ट्र निर्माणमा जुट्नु पर्छ ।

“म नै समाज हूँ,म नै असल बन्नु पर्छ” भन्ने भाव जगाउनेः
समाज वास्तवमा व्यक्ति हो, ऊ आफैमा समाजको असल व्यक्ति बन्न सक्नु पर्छ आफू नै पहिले परिवर्तन बन्न सकेमा अरुलाई पनि सुधार्न सकिन्छ अनि समाज र राष्ट्रलाई पनि परिवर्तन गर्न सकिन्छ । एकअर्काप्रति सम्मान र सद्भाव राख्ने,सत्कर्मतिर लाग्ने गर्नु पर्छ ।

“जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्” भन्ने भाव राख्नेः
जबसम्म जन्म दिने आमा र जन्मभूमिलाई सम्मान गर्न सकिँदैन तबसम्म उसले केही फेरबदल गर्न सक्दैन, स्वर्गभन्दा पनि महान् चिज भने कै आमा र आफू बसेको हुर्केको ठाउँ नै हो ,पहिले यी दुई कुरालाई सम्मान र सद्भाव गर्न जान्नु पर्छ ।

दुव्र्यवहार गर्ने, लाञ्छना लगाउने र ढाँटछल गर्ने जस्ता खराब कार्य त्याग्नेः
झुटको खेति गर्नु महापाप हो, विनाकारण कसैलाई दोष देखाएर, लाञ्छना लगाएर आफू महान् बन्ने प्रयास कदापि गर्नु हुँदैन, बरु अन्यायमा परेकालाई न्याय दिने काममा जुट्नु पर्छ, दोषीलाई सजाय र निर्दोषीलाई हौसला दिने काम गर्नु पर्छ । आफू पहिले सम्मान अरुलाई सत्कार गर्न सिकेको खण्डमा आफुप्रति पनि सम्मान मिल्नेमा दुई मत नहुन सक्छ ।

मित्रता र परस्पर मेलमिलापको भाव राख्ने:
सानालाई माया र ठूलालाई आदर गर्ने बानीको विकास गर्नु पर्छ, सानातिना कुरामा मनमुटाब राख्ने हैन, समस्याको हल र्गदै सुमधुर सम्बन्ध बनाउदै मित्रताको भाव राख्नु पर्छ । तब मात्र हामीले सोचे जस्तो र खोजे जस्तो समाज निर्माण गर्न सकिन्छ ।

अन्ततः
साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि निश्चित भौगोलिक क्षेत्रमा एकीकृत भई बसोबास गर्ने मानव नै समाज हो । व्यक्ति व्यक्तिबिचको सम्बन्धको सञ्जाल भएकाले व्यक्ति आफै पहिले सकरात्मक, सचेत, इमानदारी हुन आवश्यक छ तब मात्र हामीले खोजे र सोचे जस्तो समाज निर्माण गर्न सक्छौँ । समाजविना व्यक्ति रहन सक्दैन भने व्यक्तिविना समाजको कल्पना गर्न पनि सकिँदैन । व्यक्ति र समाज एकअर्काका परिपूरक हुन् । पारस्परिक सम्बन्ध, अन्तरक्रिया, जागरूप र एकताबद्ध भएर जुट्न सकेमा स्वस्थ समाज निर्माण पक्कै गर्न सकिन्छ जब समाज बन्छ तब मात्र राष्ट्र पनि बन्न सक्छ । समाजमा सकरात्मक साझा भावना सहकार्य, एकता चाहिन्छ । समाज सरलबाट जटिलतिर, समानताबाट असमानतातिर, एकताबाट विविधतातिर, असभ्यबाट सभ्यतिर र प्राचीनबाट आधुनिकतातिर अगाडि बढेको देखिन्छ सोही अनुरूप मानव पनि समय, स्थान र परिस्थिति अनुसार चल्न सक्नु पर्छ, समाजको विकास गति समान नहुने र यसको भविष्यवाणी पनि गर्न नसकिने हुँदा सबैको साझा मेलमिलापबाट समाज परिवर्तन पक्कै गर्न सकिन्छ ।

आफूलाई पहिले सकरात्मक बनाउन सकेको खण्डमा अरु पनि सकरात्मक बन्ने छन् । त्यही सकरात्मक र उच्च विचारबाट नै सभ्य र स्वस्थ समाजको निर्माण गर्न सकिन्छ । जबसम्म विचारलाई परिवर्तन गर्न सकिँदैन तबसम्म हामीले केही कुरालाई पनि बदल्न सक्दैनौँ । श्रेणीबद्ध समाजवाद सिद्धान्तलाई आत्मसाथ गरि त्यसलाई व्यवहारमा उतार्ने काममा एकजुट भई लाग्नु पर्छ । सामाजिक, भौतिक र आध्यात्मिक आदि अवस्थाको उन्नति प्रगति चाहानु पर्छ र त्यस असल कार्यमा सबैको साथ र सहयोग हुन अति जरुरी हुन्छ । समाजप्रति जो कोहीको असल भावना, विचार र योजना रहेमा आत्मसाथ गर्दै अघि बढ्न सक्नु पर्छ । हरेक कुरालाई सकरात्मक रूपले सोच्न सक्नुपर्छ तबमात्र सभ्य र स्वस्थ समाज निर्माण गर्न सकिन्छ । यसमा एउटाको मात्र होइन सबैको साझा मत, साझा भावना हुनु चाहिँ सबैभन्दा मुख्य कुरा रहन्छ ।

बराहक्षेत्र ५ सुनसरी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...