न्युयोर्कमा तिहार लगतै ‘थेत्लङ्’ को विशेष प्रदर्शन हुने - Naya Online

न्युयोर्कमा तिहार लगतै ‘थेत्लङ्’ को विशेष प्रदर्शन हुने

न्युयोर्क, १२ असोज । किशोर सुब्बा निर्देशित लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शन मिति पछि सरेको छ ।

२०२१ अक्टोवर २ तारिक शनिबार किराँत याक्थुङ् चुम्लुङ् अमेरिकाको विशेष सहयोगमा र दिपक थेवेको संयोजकत्वमा ज्याक्सन हाईट न्युयोर्क स्थित सत्यनारायण हलमा प्रदर्शन गरिने भनि टिकट समेत विक्री, वितरण गरिसकेको भएपनि नेपालीहरुको महान चाड विजया दशमी र तिहारको तयारीसंगै सबैजना व्यस्त हुने र दशै, तिहार मनाउन अधिकांस नेपाल जाने लगायतका विभिन्न कार्यक्रम हुने भएकोले हाललाई विशेष प्रदर्शन रोक्नु परेको निर्देशक किशोर सुब्बाले जानकारी गराएका छन् । उनका अनुसार तिहार सके लगतै चलचित्र प्रदर्शन हुनेछ ।

दसैँ, तिहार भरी चलचित्रको प्रचारप्रसार र टिकटहरु धेरै भन्दा धेरै दर्शक माझ पु¥याउने र प¥याप्त मात्रामा दर्शक शुभचिन्तकहरूको सहभागिता गराउने उद्देश्य आयोजक पक्षले लिएको छ ।
परिवर्तित कार्यक्रम मिति अनुसार १४ नोभेम्बर २०२१ शनिबार दिनको ४ः३० बजे ग्यालजुङ्ग हल युएसएमा चलचित्रको विशेष प्रदर्शन हुने भएको छ ।

चलचित्रमा विशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुंड्, सुखवीर लिम्बु लगायतका कलाकार रहेको छन् भने निर्मातामा मनि ताम्लिंड् र बिराज लिम्बु रहेका छन् ।

ओपेरा क्रियशन्स प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र ‘थेत्लंङ्’ सिक्किमको विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ । चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बुको रहेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...