प्रमिश तुम्खेवाको पहलमा मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई आर्थिक सहयोग - Naya Online

प्रमिश तुम्खेवाको पहलमा मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई आर्थिक सहयोग

काठमाडौ, ११ असोज । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको प्रदिप मगरको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । अवैधानिक रुपमा मलेसिया बस्दै आएका प्रदिपको केहि समयअघि मलेसियामा मृत्यु भएको थियो ।

मृतकका परिवारको सहयोगार्थ प्रमिश सुब्बा तुम्खेवाको पलहमा संकलन भएको पचहत्तर हजार पाँचसय नगद मृतकका श्रीमती अम्बीका मगरलाई बैँकमार्फत पठाइदिएको प्रमिश तुम्खेवाले बताए । मृतकको एक नाबालख छोरा पनि छन् ।

झापा खुदुनाबारी घर भएका ३३ वर्षीय प्रदिप रोजगारीको शिलशिलामा मलेसियामा रहँदै आएका थिए । मलेसियामै उनलाई कोरोना भाइरसले आक्रमण  । अवैधानिक रुपमा बस्दै आएकाले सुरुमै पिसिआर जाँच गराउन पाएनन् । अस्पतालमा उपचार गर्न मिलेन । उनमा मृत्युपछि मात्रै कोरोना पुष्टी भएको थियो । उनलाई घरमै होम आइसोलेशनमा राखेर औषधीउपचार गरेको प्रमिसले बताए । उनी एक्लै हुन्थे । तर बाँचिन्छ होला नै भन्ने आशा थियो । ‘म निको हुन्छु’ भन्ने गर्थे । तर खाना पुर्याउन जाँदा उनी मृत अवस्थामा भेटिए ।

उनीसँगै २ वर्षजति सँगै बसेको कारण उनलाई आफन्तको नजरले हेर्ने गरेको प्रमिश बताउछन् । “ऊ सँगै बसेको, सँगै खाएको साथी, उसको दुःखलाई हेर्न सकिन त्यहि भएर सहयोग गरेँ ।”, उनले भने ।

प्रमिश सुब्बा तुम्खेवा
प्रमिश सुब्बा तुम्खेवा

प्रमिश करिब १० वर्षदेखि मलेसियामा व्यावसाय चलाउदै आइरहेका छन् । मलेसियाको मलाकामा उनको ‘एल्जिना रेस्टुरेन्ट’ छ । प्रदिप त्यहि रेस्टुरेन्टमा काम गर्थे । उनको मृत्युपछि पनि दाहसंस्कारका लागि आवरशयक खर्च सबै उनले नै गरेका थिए । यसअघि पनि उनी उनले धेरैजनालाई सहयोग गर्दै आइरहेका छन् ।

प्रदिप मगरको परिवारको सहयोगार्थ प्रमिश सुब्बा तुम्खेवाको पहलमा सुवास राई (ईलाम), जीवन राई (धरान), सुरेश जिमी (संखुवासभा), ओम थापा (तनहु), चेतन राई (ईलाम), चन्द्रबहादुर (संखुवासभा), विजु (बारा), प्रभु चौधरी (बारा), सुदिप चौधरी (दाङ), रामकुमार बुढा (दाङ), लिला मगर (नवलपरासी), नरेश कुमार महरा (धनुषा), चन्द्र वोहोरा (गुल्मी), देवराज (कापर), मनोज राई (ईलाम), उमेश कँडेल (चितवन), कुलबहादुर राई (धनकुटा), आकाश तामाङ (काभ्रे), राजु गुरुङ (धरान), कविन्द्र लिम्बु (पाँचथर), देवेन्द्र राम (सर्लाही), राजन तुम्बा, प्रकाश कोइराला, राजु शर्मा, आनन्द पुलामी मगर, डोम मगर लगायतले सहयोग गरेका थिए ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । कांग्रेस...

फेदापको ऐतिहासिकता र स्थानीय खाम्बोङबा लुङबोङबासाहरू

राजेन्द्र सुक्वाबा फेदापको अर्थ र फेदाप राज्यको उत्पत्ति नेपालको अरुण नदी पूर्वको भूगोललाई लिम्बूवान...

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा रोक्न साहित्यिक संस्था सक्रिय

काठमाडौँ, २३ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले यही मंसिर २५ गते आयोजना गर्न लागेको ३८...

गजल: बिमल खेवाछाली सुलभ

अति उत्तम बिचार तिम्रो, मान्छे मन परिसक्यो, कस्तो सुन्दर संस्कार तिम्रो, मान्छे मन परिसक्यो...

फेरि भेटौला कार्यक्रममा गाउपालिकाका दुई कर्मचारीको बिदाई

-पदम सुखी सम्बाहाम्फे कुम्मायक, ११ फागुन । कुम्मायक गाउपालिकाको कार्यलय प्रमुख प्रशासकीय अधिकृत गणेश...

ज्योति माविमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ हुने

मकवानपुर, ३ पुस । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं...

नोगेन लिम्बुको लिम्बु भाषाको जागृतिमुलक गीत सार्वजनिक

काठमाडौ, १८ मङ्सिरलिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार ...

शुभद्रा मदन फाउण्डेशनको निम्तोमा प्रदेश १ प्रमुख खोटाङमा

खोटाङ, ९ मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङको खोटाङ यात्राको...

यात्रा संस्मरण: माइली !

यात्रा, यात्रा भन्ने वित्तिकै कति मन तरङ्गित अनि रोमान्चित हुन्छ है ? कहिले विशेष...

प्रमिश तुम्खेवाको पहलमा मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई आर्थिक सहयोग

काठमाडौ, ११ असोज । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको...