याक्थुङ सिङ्गक फाउन्डेसनको पहलमा क्यान्सर पीडितलाई सहयोग - Naya Online

याक्थुङ सिङ्गक फाउन्डेसनको पहलमा क्यान्सर पीडितलाई सहयोग

तेह्रथुम, ११ असोज । विगत ९ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित तेह्रथुम फेदाप गाउँपालिका–३ जलजले लक्ष्मी गाउँका स्थायी बासिन्दा ६३ वर्षिय विष्णुकुमार सिङ्गकलाई आर्थिक सहयोग गरिएको छ । ‘याक्थुङ सिङ्गक फाउन्डेसन’को पहलमा संकलन गरिएको ७ लाख ५ हजार सहयोग रकम गायक राजेश पायल राईको हातबाट हस्तान्तरण गरिएको हो ।

६ महिना अघि उनलाई उपचार गर्न धरान स्थित वि.पि.मेमोरियल स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा लगिएको थियो भने प्रतिस्ठानले थप उपचारका लागि भक्तपुर क्यान्सर हस्पिटलमा रिफर गरेको थियो ।

कृषिमा निर्भर रहेका उनको उपचारका लागि आर्थिक अभाव हुँदै गएपछि सामाजिक संस्था ‘याक्थुङ सिङ्गक फाउन्डेसन’सँग सहयोगका लागि अपिल गरेका थिए । समाजमा परिआएको अप्ठ्याराहरूमा साथ दिने उद्देश्यले खोलिएको सामाजिक संस्था याक्थुङ सिङ्गक फाउन्डेसनले सहयोगी मनहरूसँग सहयोगको अपिल गरेपछि देश तथा विदेशमा रहेका सिङ्गक संस्थाहरू लगायत अन्य संघसंस्था, व्यक्ति , आफन्त साथीभाइहरू सबैले आर्थिक सहयोग गरेका थिए ।

उनका सहयोगार्थ अभियान सुरु गरिएको एक महिनाभित्र अभियान कोषमा जम्मा १० लाख १७ हजार सहयोग संकलन भएको ‘याक्थुङ सिङ्गक फाउन्डेसन’ले जनाएको छ ।

उक्त संकलन भएको रकमले विष्णुकुमारको ५ महिनादेखिको उपचार खर्च ,कोठा भाडा, खाद्यान्न, औषधी ,भिटामिन लगायत उनलाई आवश्यक चिज र घर तेह्रथुमसम्म पुग्ने खचै सबै गरी ७ लाख ५ हजार हुन आएको पनि ‘याक्थुङ सिङ्गक फाउन्डेसन’ले जनाएको छ ।

आफू ठीक भएको बताउँदै विष्णुकुमारले बाँकी रहेको ३ लाख १२ हजार आफू जस्तै उपचारमा खर्च अभाव भएका पीडित र समस्यामा परेकाहरुका सहयोगार्थ प्रयोग गर्ने बताउदै संस्थालाई हस्तान्तरण गरेका छ्न । विष्णुकुमारको उपचारबाट बँचेको ३ लाख १२ हजार अब यो अभियान कोषबाट याक्थुङ सिङ्गक फाउन्डेसनको खातामा जम्मा गरिने र भैपरिआएको अवस्थामा बुझेर पीडितहरुलाई सहयोग गर्ने संस्थाले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...