‘नेपालमा आरक्षण' बहस कार्यक्रम सम्पन्न - Naya Online

‘नेपालमा आरक्षण’ बहस कार्यक्रम सम्पन्न

काठमाडौ, १० असोज । ‘नेपालमा आरक्षणः अवस्था, आवश्यकता र चुनौती’ शीर्षकमा बहस कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति साहित्यकार÷लेखक महासङ्घ, नेपालको आयोजनामा अनामनगरस्थित मण्डला थिएटरमा कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा वक्ताको रुपमा राजनीतिक विश्लेषक तुलानारायण शाह, समावेशीकरण विज्ञ डा.यामबहादुर किसान र अनुसन्धाता कैलाश राई प्रस्तुत भएका थिए ।

वक्ताका रुपमा प्रस्तुत भएका तुलानारायण शाहले आरक्षणको मुद्दा राजनीतिक मुद्दा भएको जिकिर गरे । हाल नेपालमा विद्यमान आरक्षण नीतिले पहिल्यैदेखि संरचनाको लाभ लिइरहेका खसआर्य समुदायकै कोटा थप्न मदत गरेको उनको तर्क थियो । उनले भने, ’खुलाका लागि भनिएको ५५ प्रतिशत कोटा खसआर्य समुदायले एकलौटी रुपमा उपयोग गरिरहेको छ ।’ उत्पीडित समुदायका लागि आरक्षण भनिएता पनि ६५ प्रतिशत बराबर कोटा खसआर्य समुदायका लागि वैधानिक रुपमा सुरक्षित गरिएको उनले बताए । आरक्षणविरोधीहरुले गलत तर्क अगाडी ल्याएर यसको विरोध गरिरहेको पनि उनको भनाई थियो । आरक्षणको सवालमा अरु देशको तुलनामा नेपालमा थोरैमात्रै अनुसन्धानमूलक काम भएको उनले बताए । आरक्षणमाथि राज्यले निर्माण गरिरहेको भाष्यलाई चुनौती दिन नयाँ भाष्य निर्माणका लागि साहित्यकार, लेखकहरु लाग्नुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा बोल्दै डा.यामबहादुर किसानले आरक्षणको नीतिलाई असफल बनाउन राज्यको सिंगो संरचना नै लागि परेको बताए । ’रुल अफ गेम’ खेल्दै राज्यले हरेक तहमा आरक्षणलाई असफल पार्न खोजिहेको उनको भनाई थियो । बाहिरबाट हेर्दा कुनै गल्ती भेट्टाउनै नसकिने गरी संस्थागत रुपमै आरक्षणमाथि प्रहार भइरहेको उनको जिकिर थियो । अहिले दिइँदै आएको आरक्षणको कोटालाई अझ घटाउने नियतका साथ राज्यले तयारी गरिरहेको उनले बताए ।

अनुसन्धाता कैलाश राईले समावेशीकरणको मुद्दालाई राज्यले अपव्याख्या गरेको बताइन् । उनले भनिन्, ’आरक्षण नीति कुनै कोणबाट पनि संरचनाको लाभ लिइरहेको समुदायका लागि होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी छ ।’ आरक्षणको नीति समाजमा विद्यमान नकारात्मक विभेदलाई प्रतिस्थापन गर्न ल्याइएको सकारात्मक विभेद भएको उनले बताइन् । नेपालको परिप्रेक्ष्यमा आरक्षणको व्यवस्थालाई अझै लम्ब्याउनुपर्ने उनको तर्क थियो । आरक्षण नीति कार्यान्वयनको क्रममा राज्यले नियोजित रुपमै उत्पीडित समुदायको कोटालाई सिमित गर्न खोजेको उनले बताइन् । आरक्षण नीतिको कार्यान्वयनलाई पुनरावोलकन गरिनुपर्ने उनको जिकिर थियो ।

आरक्षणमाथि कार्यक्रम आयोजनाको औचित्यबारे बोल्दै महासङ्घका अध्यक्ष राजन मुकारुङले राज्यका तर्फबाट भइरहेका सबै खाले उत्पीडनहरुका मुद्दामा गम्भीर बहस गर्ने उद्देश्यका साथ यसैको निरन्तरतास्वरुप कार्यक्रम आयोजना गरिएको बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...