घुन्सा हेलिकप्टर दुर्घट्नामा ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण र दिपप्रज्वलन - Naya Online

घुन्सा हेलिकप्टर दुर्घट्नामा ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण र दिपप्रज्वलन

काठमाडौ, ७ असोज। जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालको आयोजनामा ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना परी ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण र दिपप्रज्वलन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई सहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए ।

विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो ।

ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।

माल्यार्पण र दिपप्रज्वलन कार्यक्रम समाजसेवी दिपेन्द्र बिष्ट प्रमुख अतिथि, कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौको रामकोट स्थित दुर्घटनामा मृत्यु भएका २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले पर्याप्त रकम विनियोजन नगरेका कारण दुई वर्षदेखि ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यले गति लिन नसकेको कुरा कोषका अध्यक्ष पाण्डेले कार्यक्रममा जानकारी गराए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारको लागि छनौट

काठमाडौं, ७ कात्तिक । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष...

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माण

काठमाडौं, ३१ असोज । नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्रवास...

अदुवाको भाउमा भारी गिरावट आएपछि किसानहरु मारमा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २७ असोज । अदुवाको भाउमा यश बर्ष भारी गिरावट आएपछि...

गोर्खा वेल्फेयर ट्रस्ट धरानले पाटीगाउँमा गर्यो लाखौ रुपैयाको सहयोग।

राजकुमार लिम्बु मोरङ, २७ असोज । केराबारी गाउँपालिका वडा नं.१,पाटीगाउँमा गोर्खा वेलफेयर ट्रष्ट धरानले...

मोरङमा लुटपाट, तीन पक्राउ

मोरङ, २६ असोज । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट...

दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिको माग

काठमाडौँ, २५ असोज । देशमा करिब २० प्रतिशत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा...

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं: अध्यक्ष रोकामगर

पोखरा, २५ असोज । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई...

नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल’ गठन

काठमाडौ २५ असोज । ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’...

‘हाम्रो नेपाल हामी नेपाली’को शुभकामना आदान प्रदान

ललितपुर २३ असोज । शनिवार हाम्रो नेपाल हामी नेपाली अन्तर्गतको युवा संगठनले वडा दशैंको...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...