प्रज्ञा–प्रतिष्ठानबाट नेपाली बालसाहित्यको इतिहास लेखिँदै - Naya Online

प्रज्ञा–प्रतिष्ठानबाट नेपाली बालसाहित्यको इतिहास लेखिँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली बालसाहित्यको समग्र इतिहास लेखन कार्यको थालनी गरेको छ । प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान परियोजनाअन्तर्गत उक्तकार्यको थालनीभएको हो । वर्तमान नेपालको सङ्घीय संरचनाअनुकूल सातप्रदेशमा भएका बालसाहित्य लेखन, प्रकाशन र बालगतिविधिहरूको समग्र चित्रआउने गरी अलगअलग सातजनाले र भारतीय र बर्मेली नेपाली बालसाहित्यको एक जनाले र अमेरिकीतथा युरोपेली देशहरूमा रहेका नेपाली स्रष्टाहरूबाट लिखित बालसाहित्यको इतिहास एक जनाले लेख्ने गरी नौ जना विज्ञहरूको समूह यस कार्यमा लागिसकेको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।

गतभदौ २९ गते बालदिवसका अवसरमा प्रज्ञा भवनमा आयोजित ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ काअवसरमाप्रज्ञा–प्रतिष्ठानका माननीयकुलपति गङ्गाप्रसादउप्रेतीले यस कुराको औपचारिक घोषणा गर्नुभएको थियो । यस अवसरमाप्रदेश नं. एकको नेपाली बालसाहित्यको इतिहास कवितथा समालोचक मिश्र वैजयन्तीले र प्रदेश नं. दुईको इतिहास बालसाहित्यका स्रष्टा तथा समालोचक नवराज रिजालले लेख्दै हुनुहुन्छ । यसरी नै कृष्ण सुवेदी (भारद्वाजमित्र) ले बाग्मती प्रदेशको, गङ्गा कर्माचार्य पौडेलले गण्डकी प्रदेशको, डा. शालिकराम पौडेलले लुम्बिनीप्रदेशको, जागेश्वर उपाध्यायले कर्णालीप्रदेशको र रामचन्द्र नेपालले सुदूरपश्चिमप्रदेशको नेपाली बालसाहित्यको इतिहास लेख्दै हुनुहुन्छ । साथै भारतको असमकी डा. दैवकीदेवी तिमसिनाले भारतीय र बर्मेली नेपाली बालसाहित्यको र हाल अमेरिकामा रहेका कवि तथा समालोचक लालगोपाल सुवेदीले डायस्पोरा (युरोप, अमेरिका आदि) को नेपाली बालसाहित्यको इतिहास लेख्दै हुनुहुन्छ ।

आगामी मङ्सिर महिनासम्ममा सबै क्षेत्रको लेखनकार्य सकिने र तीनौओटै सामग्रीलाई एकै ठाउँमा संयोजन गरी यहीआर्थिक वर्षमा ‘नेपाली बालसाहित्यको इतिहास’नामक कृतिप्रकाशनगर्ने योजना रहेको जानकारी परियोजना संयोजकतथा साहित्य (लोकवार्तार बालसाहित्य) विभागप्रमुख प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ ।

पछिल्लो समयमा बालबालिकाको प्रतिभा उद्घाटन, बालसाहित्यको अनुसन्धान र प्रकाशन जस्ता कार्यमानिकै सक्रिय देखिएको प्रज्ञा–प्रतिष्ठानले प्रज्ञाको इतिहासमा नै पहिलो पटक अर्धवार्षिक रूपमा ‘बालप्रज्ञा’ नामक बालपत्रिका प्रकाशनको थालनी गरी निरन्तर प्रकाशन गर्दै आएको छ भने यसअघि नै १०१ जनाकथाकारहरूका बालकथाहरूको सङ्ग्रह ‘प्रज्ञा नेपाली बालकथा’ र १०७ जना गजलकारहरूका बालगजलहरूको सङ्ग्रह‘प्रज्ञा नेपाली बालगजल’ कृतिहरू प्रकाशन गरिसकेको छ । यही मङ्सिर महिनाभित्रमा ‘प्रज्ञा नेपालीबालनिबन्ध’ र ‘प्रज्ञा नेपालीबालगीत’ प्रकाशनकार्यमा जुटेको प्रज्ञाले नेपालीबालकाव्य, बालउपन्यास र बालकथासँग सम्बन्धितविभिन्न अनुसन्धानकार्यहरूपनि गराइरहेको जानकारी प्राज्ञ डा. नेपालले दिनुभएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ज्योति माविमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ हुने

मकवानपुर, ३ पुस । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५ औं...

नोगेन लिम्बुको लिम्बु भाषाको जागृतिमुलक गीत सार्वजनिक

काठमाडौ, १८ मङ्सिरलिम्बु भाषाको जागृतिमुलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार ...

शुभद्रा मदन फाउण्डेशनको निम्तोमा प्रदेश १ प्रमुख खोटाङमा

खोटाङ, ९ मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङको खोटाङ यात्राको...

यात्रा संस्मरण: माइली !

यात्रा, यात्रा भन्ने वित्तिकै कति मन तरङ्गित अनि रोमान्चित हुन्छ है ? कहिले विशेष...

प्रमिश तुम्खेवाको पहलमा मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई आर्थिक सहयोग

काठमाडौ, ११ असोज । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको...

राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्तीमा व्यक्तित्व चर्चा र रचनावाचन

२०७८ असोज ७ गते, काठमाडौँ । यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ हाँसी हिँड्छन्...

प्रज्ञा–प्रतिष्ठानबाट नेपाली बालसाहित्यको इतिहास लेखिँदै

नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली बालसाहित्यको समग्र इतिहास लेखन कार्यको थालनी गरेको छ । प्रतिष्ठानको साहित्य...

हुलास चौकबाट लागूऔषध सहित १ जना पक्राउ

मोरङ, ०५ बैशाख । मोरङ बिराटनगर १६ हुलास चौक स्थितबाट शनिबार बेलुका ४ बजे...

पापोहाङ लाओती सयङको पाँचौ महाअधिबेशन पान्थरमा हुने

  बैशाख ४ शनिबार २०७८ सुबास केरुङ ‘नुनाम’ पापोहाङ लाओती सयङको पाचौ केन्द्रीय महाअधिबेशन...

नालीफूङ्वा मुजोलुङ् पान्जुम्भोको महासम्मेलनमा गजलकार हृदय लिम्बु र दुई व्यक्तित्व सम्मानित हुने ।

  प्रकाश दिप्साली राई /नडाहा किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली साझा छाता संगठन किरात...