अजम्मरी अक्षरहरुको बिमोचन - Naya Online

अजम्मरी अक्षरहरुको बिमोचन

इक्साहाङ चेम्जोङ

बिराटनगर, २ असोज । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन गरेर संयुक्त पुस्तकको रुपमा प्रकाशन गरिएको अजम्मरी अक्षर आज प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा बिमोचन भएको छ ।

पान्थरका स्थापित साहित्यकार सरस्वती दुमि राई र मधु केरुङ को सम्पादनमा रहेको उक्त पुस्तकमा प्रायः गरेर १ नम्बर प्रदेश भरिका नारी साहित्यकारहरुको यो अंकमा ५८ जना नारी श्रष्टाहरुको कवितालाई समेट्ने प्रयास गरिएको छ ।

नेपाली समाजमा नारी स्रष्टाहरुको उपस्थिति न्यून र कतिपय बिभेदपुर्ण भएकोले पनि उदाहरणको लागि यो कठिन समस्याहरु झेलेर प्रकाशनमा ल्याएको सम्पादक मधु केरुङले बताए । बिराट साहित्य संगमको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी १ नम्बर प्रदेशका निवर्तमान मुख्यमन्त्री सेरधन राई माननीय संसद विष्णुमाया तुम्बाहाम्फे, राष्ट्रिय सभा सदस्य खेम नेपाली लगायत साहित्यकार मिश्र बैजयन्ती, प्राध्यापक डाक्टर बद्रीविशाल, प्राध्यापक डाक्टर टंक न्यौपानेहरुले उक्त पुस्तक माथी आफ्नो धारणा राखेका थिए ।

बिराट साहित्य संगमका अध्यक्ष मधु पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारको लागि छनौट

काठमाडौं, ७ कात्तिक । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष...

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माण

काठमाडौं, ३१ असोज । नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्रवास...

अदुवाको भाउमा भारी गिरावट आएपछि किसानहरु मारमा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २७ असोज । अदुवाको भाउमा यश बर्ष भारी गिरावट आएपछि...

गोर्खा वेल्फेयर ट्रस्ट धरानले पाटीगाउँमा गर्यो लाखौ रुपैयाको सहयोग।

राजकुमार लिम्बु मोरङ, २७ असोज । केराबारी गाउँपालिका वडा नं.१,पाटीगाउँमा गोर्खा वेलफेयर ट्रष्ट धरानले...

मोरङमा लुटपाट, तीन पक्राउ

मोरङ, २६ असोज । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट...

दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिको माग

काठमाडौँ, २५ असोज । देशमा करिब २० प्रतिशत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा...

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं: अध्यक्ष रोकामगर

पोखरा, २५ असोज । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई...

नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल’ गठन

काठमाडौ २५ असोज । ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’...

‘हाम्रो नेपाल हामी नेपाली’को शुभकामना आदान प्रदान

ललितपुर २३ असोज । शनिवार हाम्रो नेपाल हामी नेपाली अन्तर्गतको युवा संगठनले वडा दशैंको...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...